माता लक्ष्मी चिन्तित हुँदै भन्नू हुन्छ - हे नाथ अब फेरि हजुर संग बियोग हुने भयो।अब कति समय एक्लै बस्न पर्ने हो प्रभु? भगवान भन्नू हुन्छ - हे प्रिया ! यो बिछोड पछि को हाम्रो मिलन अत्यन्त आनन्दित र सुखमय हुनेछ। तत्पश्चात लक्ष्मीलाई आफ्नो पाखुरामा समाहित गरि कछुवा अवतार लिई मन्दराचल पर्बतलाई आफ्नो ढाड्मा बोक्नुहुन्छ। पर्बतलाई तान्नको लागि बाशुकि नाग डोरी बनेका हुन्छन। मन्थन प्रारम्भ हुनु पुर्ब शेष नागको शिर र पुच्छर कता पट्टी कस्ले तान्ने बिषयमा देवता र दानव बिच बिबाद हुन्छ। दुबै पक्ष पुच्छर तान्न होड चल्छ। दानव पक्ष आफुले भने जस्तो नभए युद्ध लड्ने र सहमती भंग गर्ने निर्णयमा पुगे पछि नारद मुनि उपस्थित हुन्छन। नारदजी दुबैको बिबाद सुने पछि भन्नू हुन्छ- देब राज शरीरको शिर श्रेष्ठ हुन्छ कि पाउ? अवस्य शिर श्रेष्ठ हुन्छ इन्द्र भन्छन। नारदजी भन्छन -दानव राज काल्केतु जसरी शरीर को शिर श्रेष्ठ हुन्छ श्रीष्टिमा पनि देवाताहरु श्रेष्ठ छन तेसैले देवाताको मागलाई मान्नु सहि हुन्छ। क्षमा गर्नुस नारद्जी देवराज इन्द्रलाई त मैले युद्धमा हराइसके तसर्थ देवता भन्दा श्रेष्ठ म हु। काल्केतुको कुरा सुने पछि नारद्जी भन्नू हुन्छ- काल्केतु तिमी युद्ध जिते पश्चात् सर्ब श्रेष्ठ मान्छौ भने नागको श्रेष्ठ भाग तिम्रो भयो। नारदजीको तर्क दुबै पक्षलाई स्विकार्य भयो र समुन्द्र मन्थनलाई आरम्भ गरे।
समुन्द्र मन्थन गर्दा पहिलो पटक काल्कुट बीष प्रकट हुन्छ। काल्कुट बिषको असर भयावह हुन्छ । देवता र दानवको भागाभाग हुन्छ। दानबहरु दैत्य गुरु सुक्रचार्यको आश्रममा पुग्छन भने देवताहरु बैकुण्ठ धाममा भने धर्तीमा मानव हरु मरिरहेका थिए। देवताहरु बिष्णुलाई पुकार गर्दै थिए। भगवान पनि काल्कुट बिषको असर देखेर चिन्तित हुनुन्थ्यो। बिष्णु भग्वान बाट पनि समाधान निस्केन । यस्को निराकरण देबादिदेब महादेबले मात्र सक्नु हुन्छ भनी ब्रम्हा सहित सबै देवतालाई लिएर कैलास लाग्नु भयो। ब्रम्हा बिष्णु इन्द्र सहित सबै को अनुरोध पछि महादेबले काल्कुट बिष पिउनु भयो त्यस पर्यन्त महादेबलाई निल्कण्ठ पनि भनिन्छ। महादेवको बिषपान पछि पुन मन्थन हुन्छ ।दोश्रो मन्थनमा समुन्द्र बाट अत्यन्तै सुन्दर नारी निस्किन्छ जो माता लक्ष्मी हुनुन्थ्यो। माताको सुन्दरताले काल्केतु मन्त्र मुग्ध हुन्छ र आफ्नो सम्पत्ति भएको घोषणा गर्छ। यो कुरा इन्द्रलाई चित्त बुझ्दैन र भन्छन यिनी देबि भएको ले देवताकै समिपमा बस्छिन भनी दाबी गर्छन। लामो बिबादले पनि टुंगो नलागे पछि दुबै युद्ध गर्न सहमत हुन्छन। माता लक्ष्मी अचम्मित हुनुका साथै चिन्तित हुनुभो।आफ्नो कारण् ले देब र दानव एकापसमा लड्न तयार भए। यो सबै बिष्णु भगवानकै खेल हो भन्ने ज्ञात थियो र स्तुति गर्न थाल्नु भो। भग्वान प्रकट हुनु भो। माता भगवानलाई देखेर भन्नू हुन्छ नाथ यो कस्तो मिलन ? मेरो कारणले रक्तपात हुदैछ। मेरो उद्धार गर्नुस प्रभु। भगवान भन्नू हुन्छ यस्को समाधान ब्रम्हाजीले गर्नुहुन्छ प्रिय भनी जानुहुन्छ। ब्रम्हाजी को स्तुति गर्नु हुन्छ। देवता र दानव युद्ध गर्न सुरु मात्र के गर्दै थे ब्रम्हा प्रकट भैइ रोक्नु हुन्छ। ब्रह्मा भन्छन - हे देबराज इन्द्र हे दानबराज काल्कुट तपाईहरुको दाबी गलत र तर्कहिन छ । समस्त नारी शक्ति कि देबि हुन । यिनी मेरि बहिनी हुन । कस्लाई वर रोज्ने अधिकार सिर्फ नारीलाई मात्र छ। म आज घोषणा गर्छु । भोलि ब्रम्हालोकमा स्वयम्बरको आयोजना हुन्छ तपाईहरुलाई निमन्त्रणामा छ पाल्नु होला भनी ब्रम्हालोक प्रस्थान गर्नु हुन्छ। लक्ष्मी मातालाई आपत पर्छ । सोही बखत नारद आई माता किन निराश भनी सोद्धा भए। माता आज्ञा हुन्छ हे मुनि भोलि ब्रम्हाले मेरो स्वयम्बर आयोजना गरेका छन । बिष्णु स्वामीलाई निमन्त्रणा छैन ,म मेरो स्वामी बाहेक अरुलाई कसरी बरमाला पहिर्याउन सक्छु? हे मुनि तिमी जाउ र श्री बिष्णु समक्ष मेरो आर्तनाद राखिदेउ। नारद्जी भन्दा भए - म खबर मात्र गर्न सक्छु तर निमन्त्रणा नभएको हुदा भन्न सकिन्न माता भनी जादा भए।
ब्रम्हालोकमा धुम्धाम संग स्वयंवर चलिरहेको थियो। माता लक्ष्मी बरमाला लिई देब गण र दानव गण सामुन्ने धिमा गतिमा पाइला चाल्दै श्री बिष्णुको पर्खाईमा बस्दा भए। नजर मुख्य द्वारमा अडिएको थियो। समयले नेटो काटिसक्या थ्यो। ढड्कन बढिरहेको थ्यो।आखाबाट बलिन्द्र आशु बगिरहेको थ्यो।श्वास अड्केला जस्तो महसुस माताले गर्दा भए। काल्केतु बरमाला आफुलाई लाउन दबाब दिदै थिए! अचानक माताको कर्णमा प्रिया ... आवाज पर्छ। द्वारमा श्री बिष्णुको आगमन हुदा भए! माता हर्ष बिभोर भैइ दौडिदै श्री बिष्णुको गलामा बरमाला पहिर्याई दिनुहुन्छ। कस्तो महसुस भयो प्रिया ? अन्यन्त सुखद र आनन्दमय स्वामी । ब्रम्हा सहित देब गण कर्तलध्वनीले ताली बजाउदा भए! ब्रम्हाबाट घोषणा हुन्छ , आजपर्यन्त यस सृष्टिमा वर रोज्ने अधिकार केबल नारीलाई मात्र हुनेछ । स्वयम् वर छान्ने हुदा स्वयम्बर मानिनेछ।