लघु कथा
दुईजना विद्धान डुङ्गामा सयर गर्दै थिए। माझि डुङ्गा खियाउदै थियो। दुई मध्ये एक विद्धान
ले माझीलाई सोध्यो -तिमीलाई यो पानीको बारेमा के थाहा छ , पानीमा के-के तत्व हुन्छ? माझीले भन्यो खै हजुर, के थाहा मा जस्तो अनपढलाई ! पानीमा हिडिरहनेलाइ त्यति पनि थाहा छैन ?
अर्को विद्धानले सोध्यो - तिमीलाई पानि जहाजको बारे के थाहा छ ?
थाहा छैन हजुर -माझीले जवाफ दियो।
विद्धान - डुङ्गा चलाउने माझि रे, त्यति पनि थाहा छैन ?
डुङ्गा नदीको बीच तिर सयर गर्दै थियो , अचानक हुरी बतास चल्यो। कुइरी मण्डल भएर आकाश पुरै ढाक्यो। डुङ्गा ढलपल गर्न थाल्यो।दुई बिद्धान आत्तिन थाले। माझीले ति दुईलाई सोध्यो -तपाइहरुलाइ पौडी खेल्न आउछ ? बिद्धान द्द्वले भने - आउदैन
माझीले भन्यो - त्यति नि आउदैन , अब आफै तैरिनुस।
- ललित (lalit khadka)
No comments:
Post a Comment