परिणाम
कुनै एक समय एकै गाउका चार जना ब्राम्हण एकै पटक ज्ञान प्राप्त गर्न हिडेछन। गाउबाट केहि परको घना जंगल सबैले पार गरे। चार जना ब्राम्हण ले एउटा सल्लाह गरे । हामि आआफ्नो गन्तब्य मालाग्दै छौ , तसर्थ पाच बर्स पछि सबै जना आफुले जानेको ज्ञान यहि जङ्गल मा भेटेर बताउने भनि चारै दिशा तिर लागेछन्।
पाच बर्स पछि सबै त्यहि जङ्गल मा जम्मा भए।आफुले जानेको ज्ञान एक अर्कालाइ बताउनेशर्त बमोजिम चारै जना तयार भए। त्यतिकैमा पहिलो ब्राम्हण ले एउटा बाघको हड्डि देख्यो , उस्ले हौसिदै भन्यो! म यो हड्डिलाइ बाघ को अस्तिपन्जर बनाउन सक्छु भन्दै बनाई दिए। दोश्रो ब्राम्हण ले भने- म यस्मा मासु छाला, रगत भर्न सक्छु भन्दै बाघको आकार बनाई दिए। तेश्रो ले म यसलाइ जिवन ( प्राण ) भर्न सक्छु । त्यत्तिकैमा चौथो ब्राम्हण ले भन्यो - हामिलाइ तिम्रो दक्षता माथि पुर्णबिस्वास छ , यसलाई नभरौ, नत्र हामि सबै सकिन्छौ । पहिलो र दोश्रोले चौथोको कुरालाइनकार्दै भने - आफुले जानेको ज्ञान नदेखाइ कहा हुन्छ! बाघलाइ जिवन देउ! तेश्रोले प्राण भर्यो। बाघ बिस्तारै चल्मलायो। उसलाई खानाको आवश्यकता थ्यो ।चौथो ब्राम्हण हत्तपत्त रुखमा चढ्यो । बाघले तल भएका तिनै जनालाई आहारा बनायो। कार्य गर्नु पुर्बको परिणाम थियो । आफुले हासिल गरेको शिप र ज्ञान लाई सहि ठाउँ र समय मा सदुपयोग गरेमा त्यस्को प्रतिफल प्राप्त हुन्छ।
No comments:
Post a Comment