Monday, January 22, 2024

समाजमा नदेखिने अपराध: भ्रष्टाचार

 समाजमा नदेखिने अपराध: भ्रष्टाचार 

                    

नेपाल एकीकरणका नायक पृथ्वीनारायण शाहले घुस लिन्या र दिन्या दुबै राष्ट्रका शत्रु हुन भनेका थिए। नेपालका प्रथम प्रधानमन्त्री भिम्सेन थापाले घुस प्रथाको बिरोध गर्दै -दूध खाने,घ्यु खाने चलनलाई बन्द गरि कुनै अधिकार प्राप्त ब्यक्तिले घुस लिने र कसैले आफ्नो कामको सिलसिलामा घुस दिन नपाउने ब्यबस्था गरे। माना पाथी र बजार भाउमा एकरुपता कायम गर्दै ब्याजदर निश्चित गरे।

 उनी राष्ट्र प्रती बफादर थिए,राष्ट्र भक्त थिए। जनता प्रती उदार हुनु नै उनको पतनको कारण मान्न सकिन्छ । एक कुशल प्रशाशक भ्रष्ट शासकको चुङलमा पर्दा भिम्सेन थापा राष्ट्रका लागि सहिद भए। नेपालको इतिहासमै चतुर प्रधानमन्त्री कहलिएका जंगबहादुरको पाला देखि भ्रष्टाचार मौलाउदै गएको पाइन्छ। त्यसैको निरन्तरता हाल सम्म चली आएको छ । आज कुनै क्षेत्र भ्रष्टाचारबाट अछुतो छैन। जताततै भ्रष्टाचार ब्याप्त छ।भ्रष्टाचार मुलुककै भाइरस हो,  भ्रष्टाचारी ले देश लाइ खोक्रो बनाइसके । स्थानीय तह ,मन्त्रालय देखि लिएर राजनैनिक तह सम्म व्यापक भ्रष्टाचार मौलाउदा नागरिकको भान्सामा चुलो बल्न छाडिसक्यो। पद्मा पुगे पछि आर्थिक लाभ  अनिबार्य जुट्ने र जुटाउने मनस्थिति बोकेको पार्टीका नेताहरु आफ्ना कार्यकर्ताहरुलाई विभिन्न आर्थिक लाभ हुने यातायात ,निर्माण ,भन्सार  बिभाग ,विद्युत प्राधिकरण , टेलिकम,साल्ट्ट्रेडिङ,राजस्व अनुसन्धान ,कोष तथा लेखा नियन्त्रण ,जिल्ला प्रशासन कार्यालाय, माल्पोत,स्वास्थ्य कार्यलय,शिक्षा कार्यालय ,सडक बिभाग,सिचाई बिभाग जहाँ बजेट को करिब पैतिस प्रतिसत रकम बिनियोजन हुन्छ। साधारण जनताले यसलाई कसरी बुझेका छन अध्ययन बाकी छ।

तर राजनीति गर्नेहरुले यसलाई अनेकन अर्थ लगाएर चतुर्‍याइँका साथ शब्दको जन्जाल द्वारा जनताको मन मस्तिष्कमा अल्मलिने किसिमका गलत व्याख्या गरेर अवसर छोपी रहेका हुन्छन। एकाध राष्ट्र भक्त कर्मचारी नेता ब्यापारीले सहि ढंगले आफ्नो कर्तव्यका साथ ब्यबसाय गरी राज्यलाई टेवा पुर्याएका छन।यसमा दुई मत छैन तर जस्को शक्ति उस्को भक्ति , मै खाउ मै लाउ भन्ने भावना बोकेका सिमित कर्मचारी ,ब्यापारी र राजनीतिज्ञ भनौदाहरुकै कारण देश आज ऋणमा चुर्लुम्म डुबेको यथार्थ छ। देश बिकास नहुनु मध्य प्रमुख  कारण कर्मचारीतन्त्र मा हुने भ्रष्टाचार हो। जसरि पानी माथि बाट तल झर्छ भ्रष्टाचार पनि माथि बाटै शुरु हुन्छ!  पानीको मुल सफा नभैइ शुद्ध हुन्न।  भ्रष्टाचार नियन्त्रण को जड माथि नै भएको ले माथिल्लो पद धारण गरेका नेता ,कार्यकता र कर्मचारी बाट गरिनु पर्छ। कर्मचारी तन्त्र को भ्रष्टाचार रोक्न सकियो र कर्मचारी लाई जनता को सेवक मात्रै हु भन्ने भावना जगाउन सक्नु ठुलो उपलब्धि हुनेछ। भ्रष्टाचारीहरु कमिसनलाई भ्रष्टाचार मान्न तयार छैनन। एकले भन्छ- कमिसन खानु भ्रष्टाचार हो। अर्कोले भन्छ - यो बिश्वब्यापी रुपमा स्विकार्य भएको हुदा भ्रष्टाचार हैन। यो विवादको टुंगो चाडो नलगाएमा भोलि गएर कमिसनको गलत ब्याख्या लगाएर नेताहरुले भोलि मुलुकलाई नै बिलय गराउन बेर लाउदैनन। यसबारे आम नागरिकले गम्भीरता पुर्बक चिन्तन गर्नु पर्ने भएको छ।

 बिश्वका बिकासोन्मुख मुलुकहरु भ्रष्टाचार जस्तो संक्रामक रोगले ग्रसित भएका उदाहरणहरु हामी सामु छर्लङ्गै छ।यसको निधान नभएमा बिकास रोकिने छ भन्ने बुझेर नै आज यसको निधानको लागि जागरुकता देखिएको छ। भ्रस्टाचार समाजको नदेखिने अपराध हो र यसबाट राज्य आतंकित बन्छ। भ्रष्टाचारलाई जरै देखि उखेलेर नफाले सम्म निर्मुल हुँदै हुदैन। सरकार नागरिकको अभिभावक भएको हुदा भ्रष्टाचार नियन्त्रण र निर्मुलिकरण गर्ने अभिभाराबाट पन्छिन पाइन्न। कडा भन्दा कडा कानुन् बनाई लागू गर्नु पर्छ। सम्पत्ति शुद्धीकरण र अख्तियार अनुशन्धान आयोगमा कर्मठ इमानदार ब्यक्तिलाई स्वतन्त्र ढंगले काम गर्ने बाताबरण बनाई सहजीकरण सरकारले गर्नु पर्छ। अबैध सम्पत्ति सरकारको मातहत ल्याई शिक्षा र स्वास्थ निशुल्क गरिनु पर्छ र बेरोजगार युवाहरूलाई आत्मनिर्भर हुने शिपमुलक तालिम दिई युवा बिदेश पलायन हुन बाट रोक्नु पर्छ। सुचना दिने ब्यक्ति र संचारकर्मीलाई जफत गरिएको सम्पत्ति बाट निश्चित प्रतिशत दिई सम्मानित गरिनु पर्छ।अतिले खती हुन्छ तसर्थ प्रतेक तह तप्काबाट भ्रष्टाचार निर्मुलिकरणमा सबै जनता एकजुट हुने बेला भएको छ।


No comments:

Post a Comment

जबसम्म राज्य संयन्त्र उत्तरदायी हुदैन, मानवअधिकारको रक्षा संम्बभ छैन।

  जबसम्म राज्य संयन्त्र उत्तरदायी हुदैन, मानवअधिकारको रक्षा संम्बभ छैन। आत्मसम्मानका साथ बाच्न पाउने अधिकारनै मानव अधिकार हो। मानवअधिकार प्र...