Thursday, February 13, 2025

 समाजको अस्तित्व बचेकै धर्मले हो।

राजनीतिमा भ्रष्टाचार, स्वार्थपरता, र संघर्षको जोखिम पनि छ। तसर्थ, नैतिकता र जनसेवाको भावना नभएको राजनीति समस्याको कारण बन्न सक्छ।

२००४ साल देखि २०६३ सम्म नेपाली जनताले परिबर्तनको लागि कैयौ आन्दोलन गरे ।  सम्बिधानसभाको निर्बाचन पश्चात् पनि जातिय क्षेत्रीय लगायतका अनेकन आन्दोलन भए।सयौंले सहादत प्राप्त गरे भने हजारौं नागरिक अपांग भए। कयौं घर परिबार बिहिन बने। हजारौ परिवार आफ्नो थातथलो छाडेर छाड्न बाध्य भए। बेपत्ता पारिएका र बेपत्ताको सुचिमा भएकाहरुको त तथ्यांक नै छैन, भएकाको आफन्त पनि बिबश र मौन छन। आफू र आफ्ना सन्ततिको भबिष्य सुनिश्चित होला, मुलुकले काचुली फेर्ला  भनेर जीवन समर्पित गरेका सहिदहरुको बलिदान आज खेर गएको छ। बर्षको एक पटक सहिद दिवस मनाएर बिर्सन्छौ। 

पचहत्तर  बर्षको अबधिमा हुनु पर्ने राजनीतिक ,सामाजिक र आर्थिक परिबर्तन प्रतिशतमा हेर्दा दस देखि पन्ध्रको हराहारीमा भयो होला। ठ्याम्मै भएन भन्न खोजिएको चाहिँ होइन। संचार र यातायात र थोरै स्वास्थमा केही उपलब्धी भए। बिनासले बिकास ल्याउछ भने झै बिकासले पनि बिनास निम्त्याउछ।जस्तो आज प्राय हरेक नेपालीको हातमा मोबाइल छ। यस्को सहि प्रयोग गर्नेलाई त राम्रै होला। ब्यापार ब्यबसाय संचालन गर्न,आफन्त,साथी सङी सङ भनेको समयमा सम्पर्क गर्न सहज भएको छ भने विश्व परिवेशलाई हातमै समेट्न सकिएको छ।तर ठिक बिपरित  युवापुस्ताले सामाजिक संजाललाई गलत तरिकाले प्रयोग गरिरहेकाछ्न। कोहि कसैको जीवन सुरक्षित छ भन्न सकिने अवस्था रहेन।कस्ले कहाँ कहिले के पोस्ट गर्दिने हो अनि नानाभाती गालीको वर्षा बर्षिने हो कसैलाई थाहा हुन्न। गाली गलौजको वर्षानै ओइरिन्छ ।उस्तै परे जिउदो मान्छेलाई सिधै रिप लेखेर  मसान घाट पुर्याइन्छ।सहन गर्न सक्ने क्षमता हुनेले सहला नसक्नेले त आत्म हत्याको बाटो नै  रोज्छन। दिनानुदिन मानशिक रोगिको सख्या बढिरहेको छ। हजारौको घर परिवार तहसनहस भएको छ। सामाजिक संजालबाट उदाएका रबि,बालेन र हर्कहरुलाई यसैले स्थापित बनायो। यी पात्रहरुको विरुद्ध लेख्यो भने खपिनसक्नु गाली खाइने डर सबैलाई छ। तर कालान्तरमा  यिनिहरु पनि अछुतो होलान भन्ने लाग्दैन।  लक्षण देखिन थलिसक्यो। 

कुरा गरौ यातायातको,यात्रुलाई गन्तब्यमा छिटो पुर्याउने माध्यम हो हवाई  र सडक मार्ग। हवाई मार्ग बाट यात्रा गर्दा सबै भन्दा सुरक्षित मानिन्छ तर पनि दुर्घटनामा न्युनिकरण भएको छैन। नेपाल प्रहरीको तथ्यांकअनुशार दस बर्षमा नेपालमा बिभिन्न खाले दुर्घटनामा परेर चौबिस हजार भन्दा बढिले ज्यान गुमाएका छन भने पचास हजार मानिस घाइते भएका छन।   २०८०/८१  मा सडक दुर्घटनामा घाइते हुने को संख्या करिब चौध हजार  थिए भने २३६९ जनाको ज्यान गयो। यसरी बर्षिने दुर्घटनाबाट मृत्यु हुनु, घाइते भई अंगभङ्ग हुनु परिवार ,समाज र राष्ट्रलाई ठुलो नोक्सान हुनु हो। मानवले मानवको बिनास गर्ने हतियारको बिकास गरिरहेको छ भन्दा अत्युक्ति नहोला। दुर्घटना न्यूनीकरण गर्न सडक संजाललाई चुस्त दुरुस्त राख्नु पर्छ।मर्मत सम्भार र सुरक्षाको नीति अबलम्बन गरिनु पर्छ। दुई बर्षमा सम्पन्न गर्छु भनेर सम्झौता गरेको आयोजना निर्माण व्यावसायिले दसकौ सम्म काम सक्दैनन। नेपालमा सार्बजनिक खरिद नियमावलीको नीतिनै समय सापेक्ष छैन। गुणस्तर हिन निर्माण सामग्री प्रयोग गरि बनाइएका आयोजना सम्पन्न भएको बर्ष दिन पनि टिक्दैन। ३५-५० प्रतिशत बिलो (कम मुल्य ) मा पेरेको आयोजना त्यस माथि पियन देखि मन्त्रीसम्म व्यावसायिले प्रतिशतको आधारमा भाग पुर्याउनु पर्छ।

राज्य जनताले तिरेको करबाट चल्छ, राज्य संचालन गर्ने नेता त्यही करबाट पालिएका छन। जताका दास हुन भन्दा फरक नपर्ला तर बिडम्बना जनता दास भएका छन।भ्रष्टाचारका कारण निहत्था, निर्दोष नागरिकले अनाहकमा  मुल्यहिन ज्यान गुमाई रहेका छन। यहाँ एउटा प्रसङ्ग उल्लेख गर्न उपयुक्त होला। पुर्ब प्रम स्व.  डा के. आई सिंहले भनेका थिए रे लथालिङ्ग देशको भताभुङ्ग चाला,ज-जस्ले सक्ला उ-उसैले खाला! देशको परिस्थिति यस्तै छ अहिले। छोटे राजाहरु बिच लुट्ने प्रतिस्पर्धा छ। पटक पटक सत्ताको बागडोर सम्हालेका पुर्ब प्रधानमन्त्रीहरु गिरिजा ,लोकेन्द्र,देउवा ,सुशील,ओलि,माकुने,बाबुरामहरुले त  भ्रष्टाचारीलाई कारबाही गर्नु त कता हो कता  नाम समेत लिएनन। अर्थात सिन्को भाचेनन। सत्ताको जोड घटाउमै कार्यकाल सकाए र कार्यकर्तालाई पक्ष पोषण गरे। प्रचण्डले पनि तिन पटक प्रम हुँदा मन्त्रालयमा फोटो झुण्ड्याउने काम मात्रै गरे। तेस्रोपटक बहाल भए पछि चुनाबी प्रतिबद्धता  मुताबिक अन्तिम कार्यकालमा केही हिम्मत गरे तर सत्ता टिकाउन आफ्नाको संरक्षणमा लागे र आफै माथी लागेको लडाकु समायोजन मुद्दा निस्तेज बनाए । अर्थतन्त्र अस्तब्यस्त छ,व्यावसायि पलायन हुँदै छन,महँगीले जनताको चुलो बल्न छाडिसक्यो। नागरिकका समस्यालाई नजरअन्दाज गरेर बसेका छन।  एउटा उखान छ नि काम कुरो एका तिर कुम्लो बोकि ठिमी तिर भएको छ।

राजनीतिक परिबर्तन भएता पनि प्रतिफल र उपलब्धि नेताहरुमै सिमित भयो।आर्थिक परिबर्तनको प्रयास भए पनि नेता तथा कार्यकर्ता बिलासी भए भने सामजिक र सास्कृतिक परिबर्तन कस्का लागि भयो ? नेता तथा कार्यकर्ताले बुझेका छैनन जनताले के बुझुन। समाजमा बिकृती बिसङतीको आकडा बढ्दो रफ्तारमा  पुग्या छ। कसैलाई कसैको बिस्वास छैन। सरकार नागरिकको अभिभावक हो ।सरकारले बनाएको कानुन सबैले मान्नु पर्ने हो तर जनतालाई सरकार पनि छ है भन्नेनै लादैन। एउटा न एउटा पार्टीको कार्यकर्ता , त भन्दा म के कम भन्ने छ। मानिसमा डर भन्ने चिज हुनै पर्छ नत्र समाज समाज रहदैन। 

अन्तमा:अहिले सम्म समाजको अस्तित्व बचेकै धर्मले हो। भनिन्छ नि धर्मो रक्षती: रक्षित:  नेपालका एकाध ब्यक्तिले धर्मको बारेमा खरो टिप्पणी गरेका छन। बिज्ञानको अगाडि धर्म? देशको धर्म हुदैन आदि ...।  यहाँ के बुझ्न् आवस्यक छ भने बेद र गिताको अध्ययनपछि नै बिज्ञानले आबिस्कार गरेकोमा आबिस्कारकहरुले नै स्वीकार्छन् । देशको धर्म हुदैन भन्ने हो भने बिश्वको ४५ भन्दा बढी मुलुकले आफ्नो राष्ट्रिय धर्मलाई अंगिकार गरेका छन। अरु त अरु कहिले सुर्यास्त नहुने देश भनेर चिनिएको बेलायतको पनि आफ्नो राष्ट्रिय धर्म छ। एक अर्ब पच्चीस करोडको आस्थाको केन्द्र  नेपाललाई बिश्वको एक मात्र  हिन्दु राष्ट्र बनाउदा हानी भन्दा ज्यादा फाइदा त हुन्छ नै ८२ प्रतिशत सनातन धर्मावलम्बीको पनि शिर उचो हुनेछ। सबैलाई चेताना भया।

No comments:

Post a Comment

 समाजको अस्तित्व बचेकै धर्मले हो। राजनीतिमा भ्रष्टाचार, स्वार्थपरता, र संघर्षको जोखिम पनि छ। तसर्थ, नैतिकता र जनसेवाको भावना नभएको राजनीति स...