Saturday, July 6, 2024

आज त छ ,भोलि नहुन सक्छ।

  1.  आज त छ ,भोलि नहुन सक्छ।


पुर्ब प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सामाजिक संजालमा प्रधानमन्त्री प्रचण्डलाई इंगीत गर्दै  लेखेका थिए-  चर्चित भनाई छ- केहिलाई सधैं भरी ठग्न सक्न्छ ,सबैलाई केही बेर ठग्न सकिन्छ तर सबैलाई सधैं भरी ठग्न सकिन्न। सन्दर्भ बुझौ। त्यसको दुई दिन पछि अर्को व्यंग्य गरेका थिए- सम्राटको नया लुगा कथाको बादसाह त नाङ्गै छन। सन्दर्भ उल्लेख गरेका थिए। लगातार एक पछि अर्को व्यंग्य गर्दै पुनः  असार बीस गते ट्विट गरे- कसैलाई माया गर्नु.... हैन ( कुर्सी ) लाई माया गर्नु एउटा भुल गरे मैले भन्ने तथ्यपरक होला ।  डा. भट्टराई असन्तुष्टि पनि  तथ्यपरक नै छ। परिवर्तनका खातिर प्रचण्ड संग काधमा काध मिलाएर ,ज्यान हत्केलामा राखेर हिडेका सहयात्रीहरु मध्य एक जना पटक पटक सत्तामा आसिन हुन डा. भट्टराई  भर्र्याङ् बनेका थिए। स्वार्थपूर्ति पश्चात् गलहत्याइए। सत्ता मोहले गर्दा जनयुद्धका सहकर्मीहरुलाई पखा लाग्न बाद्य पारे र एकलौटी राज गरे। मोहन बैद्य,सिपि गजुरेल समूह, डा. भट्टराई,नेत्र बिक्रम चन्द,गोपाल किराँती,जस्ता अगुवा नेताहरु प्रचण्डबाट ठगिएको मान्न सकिन्छ। 

संसदमा आफ्नो दलको बत्तीस अंकको जादुई नम्बर रहेको हुदा पाचै बर्ष प्रधानमन्त्री हुने सम्भावना देखेका चाटुकार क्षणभंगुर भए। जादुई नम्बरले अब काम गर्दैन । जादुई नम्बर खोटो सिक्कामा परिणत हुन पुग्यो। जादु गर्ने नम्बर मावोबादी संग छदै थिएन र  छैन पनि । प्रचण्डले आफ्नै पिठ थप्थपएका थिए। कार्यकर्ताको मनोभावनालाई दिग्भ्रमित गराएका मात्र थिए। प्रचण्ड सहित अन्य साना दलको उदेश्य एउटै मात्र थियो सत्ता सत्ता अनि सत्ता । साना दल पनि सत्ता मोहको चास्नीमा चुर्लुम्म डुबे। सत्ता लिप्साले मुल बाटो छाडी बिनासको बाटो पहिल्याउदाको परिणाम अहिले भोग्दै छन।

आफू रहुन्जेल राजनीतिमा उथलपुथल भइरहने अभिव्यक्ति  प्रचण्डले भन्दै आए अन्तत: चोक्टा खान गाको बुढी झोलामा डुबेर मरि भन्ने उखान अहिले माओबादी पार्टी ,रास्वपा, असोक राई को पार्टी ,,नाउपा र जनमत पार्टी माथी लागू भएको छ। जनताले दिएको अभिमतलाई लत्याएर च्याखे थाप्दै पटक पटक सत्ता हत्याउदाको परिणाम हो अहिले को अवस्था।

सैद्धान्तिक राजनितीलाई पछ्याउनेले  पार्टी गन्तब्यहिन वा समाप्तीको बाटो रोज्दैन। माओबादि , राष्ट्रिय स्वतन्त्र पार्टी  र अन्य साना दलले पार्टीको अस्तित्व जोगाउन भरमगदुर प्रयास गर्छन , गर्नु पनि पर्छ । नेताकार्यकर्ता हरु माझ सक्षम छौ भनी आश्वासन दिनु नेताको धर्म हो। रबि लामिछानेले के गर्छन भन्न सकिन्न तर प्रचण्ड चुपचाप बस्न सक्दैनन। अस्थिर मनले केही न केहीको प्रयास जरुर गर्लान। सत्तासिन हुन राप्रपाले बोकेको एजेन्डा  राजसस्था प्रचण्डले बोके भने अन्यथा मान्नु पर्दैन। कुनै बेला राष्ट्रपति भन्दा त बरु राजा नै ठिक थिए पनि भनेकै हुन।

चौरासीमा हुने चुनावको थ्रेट रोक्नका लागि पनि काङ्ग्रेस एमाले गठबन्धन गरिएको मापन गर्न सकिन्छ। खुद्रे र झिना मसिना पार्टीहरुलाई निस्तेज गरेर दुई दलिय ब्यबस्था लागू गर्ने लाइनमा  एमाले काङ्ग्रेस छन। अभिष्ट पूरा होला नहोला समयले निर्धारण गर्छ। आलो पालो प्रधानमन्त्री पद बाड्फाड र संविधान संशोधन गर्ने सहमती गरेका दुई प्रमुख दल बिच सहकार्य सहज तवरले अघि बढ्नेमा बिस्वस्त हुने आधार देखिदैन। ओलिले सहजै देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्लान र ? प्रश्न जनमानस माझ रहेको छ।नेपाली राजनितिमा ओलि चतुर खेलाडी हुन । देउवालाई सत्ता हस्तान्तरण गर्नु अगाबै कम्युनिस्ट एकता गरेर पुरै अबधी सत्तामा बस्ने ध्यय हुन सक्छ। ओलिको नेतृत्वमा राष्ट्रिय सरकार निर्माण गरि  पुर्ब प्रधानन्यायाधीश कल्याण श्रेष्ठको संयोजकत्वमा संविधान संशोधन  सुझाव आयोग गठन हुने सहमती दुई दल बिच भएको छ। संविधान संशोधनको बिकल्प पनि छैन। यो संविधानले मुलुक अघि नबढ्ने प्रष्ट छ। संशोधन गर्नु पर्ने प्रमुख बिषय मध्य पहिलो-  मिश्रित  निर्बाचनलाई प्रणाली मध्य समानुपातिक  निर्वाचन प्रणाली होस। यसो गर्दा योग्य ब्यक्ति पैसा नभएर उम्मेदवार हुनबाट  बन्चित हुन पाउदैन। उम्मेदवारले चुनाव ताका पाँच देखि पन्ध्र करोड सम्म खर्च गरेको सुनेकै हो। दोश्रो -सनातन  हिन्दु अधिराज्य र राजसस्था होस। बयासी प्रतिशत सनातन बाहुल्यता रहेको नेपाल र सास्कृतिक परम्परा र धरोहरको पहिचान हो राजसस्था । राष्ट्रप्रमुख संबैधानिक राजा हुदा बिदेशी शक्ति को क्रिडास्थल बन्द हुनेछ। तेश्रो-  प्रधानमन्त्रीको पद प्रत्यक्ष निर्बाचित प्रणाली उपयुक्त हुनेछ। प्रदेशमा सख्या घटाइ  पुर्ण समानुपातिक  प्रतिनिधित्व हुनु पर्छ संघबाट अधिकार प्रत्यायोजन गरिनु उपयुक्त हुनेछ । बाकी रहेका अन्य  बिषयहरु संसदबाटै कानुन निर्माण गरेर टुङ्ग्याउदा नागरिकमा  राम्रै सन्देश जान्छ। 

अन्तमा समय सान्दर्भिक अकबर बिरबलको  एउटा रोचक कथा यहाँ उल्लेख गर्न उपयुक्त लाग्यो।  बिषय- हिजो आज र भोलि .... अकबरको दरबारमा सभा चलिरहेको थियो। अकबरले  सभामा आफ्नो जिज्ञासा घोषणा गरे जस्ले मेरो प्रश्नको उत्तर दिन्छ उसले ठूलो रकम पुरस्कार स्वरूप पाउनेछ। पहिलो प्रश्न - यस्तो के हो , जो आज पनि छ र भोलि पनि रहनेछ? दोश्रो प्रश्न- यस्तो के हो- जो आज पनि छैन भोलि नि हुदैन? तेश्रो प्रश्न - यस्तो के हो - आज त छ भोलि हुदैन?

यी तीन प्रश्नको उत्तर उदाहरण सहित दिन सभामा भएका विद्वानहरुलाई मुस्किल पर्यो ,सबै मौन बसे । यसै बखत बीरबलले भने - हजुर ! सरकारको प्रस्नको  उत्तर म दिन सक्छु, तर यसको लागि हजुर म संग शहर जानू पर्छ। अनि मात्र सहि ढंगले जवाफ पाइन्छ। अकबर बीरबलको कुरामा सहमत भए। अकबर र बीरबल दुबैले दरबारी ठाँट छाडि साधारण सुफि भेषमा शहर तिर लागे। घुम्दै जादा एउटा पसलमा छिरे। पसले साहुलाई बीरबलले भने- हामीलाई बच्चाहरु पढाउन स्कुल बनाउनु छ तसर्थ एक हजार सहयोग गर। पसलको साहुले तुरुन्तै कामदारलाई एक हजार दिन भने। साहुको कुरा सुनेर बीरबल भन्छन - जब तिम्रो एक हजार लिन्छु तब तिम्रो टाउकोमा एक रुपैया बराबर एक जुत्ता हान्छु, भन तयार छौ? बीरबलको कुराले कामदार रिसायो र आक्रमण गर्न खोज्यो। साहुले कामदारलाई रोक्दै भन्यो। म तयार छु तर एउटा शर्त छ। तपाई मलाई बिस्वस्त बनाउनुस मेरो यो पैसा नेक कार्यमा लगाउने छौ। यत्ति भने पछि पसले साहु टाउको झुकाएर बस्यो र जुत्ता हान्न भन्यो। अकबर- बीरबल केही नबोली पसलबाट निस्के।

अकबर- बीरबल चुपचाप हिडिरहेका थिए। मौनता तोड्दै बीरबलले भने-जहापना!पसलमा जे भयो,त्यस्को मतलब हो- पसले साहु संग आज जे छ त्यो पुण्य कार्यमा लगायो भने भोलि नाम रहन्छ। पुण्य कार्य गरे बापत स्वर्गमा आफ्नो स्थान सुरक्षित राख्न चाहन्छ।उसको साथमा आज जे छ भोलि पनि साथै रहन्छ। यो हजुरको पहिलो उत्तर हो जहापना। घुदै जादा दुई जना एक जना भिकारी कहाँ पुगे। एकजना दानी भिकारीलाई आवस्यकता भन्दा बढी खानेकुरा दिदै थ्यो। त्यो देखेर बीरबलले आफुहरु भोकै भएको हुदा केही खाने कुरा दिन भिकारी समक्ष अनुरोध गरे। भिकारी दिन इन्कार गर्छ । अकबर र बीरबललाई त्यहा बाट लखेट्छ। बीरबलले  अकबरलाई भने - जहापना यो हजुरको दोश्रो उत्तर हो। यो भिकारी भगवानलाई खुशी राख्न जान्दैन। यसको मतलब हो।  यो संग आज ज छ भोलि हुदैन। तेश्रो प्रश्नको जवाफ खोज्दै जाने क्रममा दुबैले एकजना तपस्वी रुख मुनि बसेर ध्यान गरेको देखे। तपस्बीको नजिक ओउगेर केही पैसा राखे। पैसा देखेर तपस्बीले भने यो पैसा मेरो अगाडि बाट हटाउ। मेरो लागि यो बेईमानको पैसा हो। यस्तो पैसा मलाई चाहिदैन। 

बीरबलले भने -जहापना यसको मतलब तपस्बी संग अहिले छैन तर भोलि हुनसक्छ । तपस्वी सबै सुख त्यागिरहेको छ। तर भोलि सबै सुख प्राप्त हुनेछ।

जहापना चौथो मिसाल हजुर हुनुहुन्छ।पुर्बजन्ममा हजुरले गर्नु भएको पुण्य कर्मकै कारण आज सान सौकतले जीवन यापन गरिरहनु भएकोछ।कुनै बस्तुको कमि छैन। यदि हजुरबाट यसै गरि इमानदारीता र न्यायप्रीयताका साथ शासन संचालन जारी राख्नु भयो भने भोलि पनि हजुर सङै रहन्छ।तर हजुरले बाटो बिराउनु भयो भने भोलि साथमा केहि रहदैन। नेपाली राजनितीमा बाटो बिराएका नेताहरुले मनन गरून् - आज जे छ भोलि केही नहुन सक्छ। चेतना भया।



ललित ध्वज खड्का

२०८१/०३/२०

No comments:

Post a Comment

पिडाको समयमा त्यहाँ कुनै हिरो हुदैन।

  पिडाको समयमा त्यहाँ कुनै हिरो भन्ने हुदैन । दार्शनिक प्लेटोले भनेका थिए- यदि तिमि सरकारको चालचलन प्रति कुनै महत्व राख्दैनौ भने तिमि मूर्खह...