Sunday, August 4, 2024

पिडाको समयमा त्यहाँ कुनै हिरो हुदैन।

 


पिडाको समयमा त्यहाँ कुनै हिरो भन्ने हुदैन ।


दार्शनिक प्लेटोले भनेका थिए- यदि तिमि सरकारको चालचलन प्रति कुनै महत्व राख्दैनौ भने तिमि मूर्खहरुद्वारा शासित हुन बाध्य हुनेछौ । 

हाम्रो यो समयमा ‘राजिनिती भन्दा बाहिर रहने’  भन्ने कुनै चिज हुदैन । हरेक विषयहरु राजनितिक विषय हुन्, र राजनीति आफैमा झुट, कपट, मुर्खता, घृणा अनि पागलपनको थुप्रो हो ।  असिमित शक्तिको  प्रयोगबाट   नागरिक माथी  हुकुमी शासन लादेको  यथार्थ हो। जनताले प्रतिपक्षमा बसेर सरकारलाई सहि मार्ग निर्देश गर्ने मत पाएका साना दलहरु चास्निमा झिंगा भन्भने झैं सधै सत्ताकै वरिपरि भन्भनिरहे। झिंगाले सधै चास्नीको रसस्वादन गर्न सक्दैन ,कुनै दिन चास्निमै डुबेर मर्छन । सत्ता मोहले राजनीतिक पार्टीका नेताहरुको अवस्था पनि उस्तै उस्तै छ। पीडाबाट मुक्त हुन प्रयासरत नेपाली समाजलाई उन्मुक्ति दिनुको साटो साशकहरु शासन गर्न लिप्त भए। पीडाको समयमा त्यहा कोहि हिरो हुदैन तर शासक हिरो भई दिदा राजनीतिमा अपराधिकरण हाबी भयो। यो समाज अनि देशको लागिघातक र हानिकारक छ।

संविधानसभा मार्फत नागरिकलाई अग्रगामी निकासको खाका  परिकल्पना सहित प्रमुख राजनीतिक दलहरु मिलेर  आमूल परिवर्तन गरेका  थिए।  अठार बर्षमा मुलुकमा चौध वटा सरकार बने यता पार्टीहरुले आफू अनुकुल निर्माण गरेका  संविधानलाई गिजोल्ने कार्य गरे। जताबाट जसरी पनि ब्याख्या गर्न सकिने छिद्रहरु राखेर बनाईएको तदर्थ  संविधान नौ बर्ष पछि गलपासो बन्न पुग्यो। एकै ब्यक्ति दोहोर्‍याई तेहर्याई सरकारमा बिराजमान हुने उत्कट चाहना  प्रमुख पार्टिको उद्देश्यले आर्थिक स्थिति धरासायी बन्यो। नागरिकको थाप्लोमा तेईस खर्ब वैदेशिक ऋण थोपर्ने दुस्साहस गरे। थाप्लोमा जन्मदै चौरासी हजार ऋणको भारी बोक्नु पर्ने अवस्था आयो।  राजनीति  स्थिर नहुदाको परिणाम भन्दा अत्युक्ति नहोला ।

आफ्नै जन्मभुमीमा बस्न नागरिकलाई भय,डर उत्पन्न भएको छ। गाँस बास र कपास को प्रत्याभूति नहुनु, धर्म ,सस्कृती अनि  भुमीको सुरक्षा नहुनु जस्ता यावत कारणले गर्दा नागरिक पीडामा बाच्न बाध्य भए। नेपाललाई पिडितै पिडितको देश भन्दा फरक पर्छ र? उखु किसान पिडित, दूध किसान पिडित, चिया किसान पिडित, अदुवा किसान पिडित, तरकारी किसान पिडित, सहकारी पीडित ,लघुबित्त पिडित ,सुकुम्बासी पिडित, भुमिहिन पिडित,बेरोजगारी पिडित अन्य कयौं पीडितहरु चर्चामा छैनन।  घाम पानी भोक प्यास नभनी  सडकबाट राज्य संग याचना गरिरहेका छन। नेताहरुबाट सत्ता र शक्तिको अनुचित प्रयोग भएकै करण नागरिकले कष्टकर जीवन जिउन बाध्य छन। पीडितको माग सम्बोधन   गर्न विभिन्न समिती बनाइन्छ । समितिले प्रतिबेदन बुझाउन नपाउदै सरकार परिबर्तन भैसक्छ। सरकारले न्याय देला भनेर बसेका पिडितको इहलिला समाप्त भैइ सक्छ। मै खाउ मै लाउ, मै सुख सयलमा रहु भन्ने ध्यय दलहरुमा रहेको प्रष्ट छ। मुख्यतः तीन पार्टी माझ भागबण्डा र मिलिजुली खाने प्रवृत्ति रहेको देखिन्छ। एक आपसमा मिले झै गरेता पनि भित्र भित्र अर्कोलाई  सिध्याउन लागिपरेका छन। यथार्थमा आफै सिद्धिरहेको पत्तो छैन। यसै प्रसङमा एउटा पौराणिक कथा राख्दा उचित होला।

कुनै समयमा कुनै एक जंगलमा चार जना चोरहरु बस्थे। चार जना नै स्वार्थी र दुष्ट ,कपटी चरीत्रका भएता पनि एकले अर्कालाई निकै माया प्रेम देखाउने गर्थे। मनमा चाहिँ  इर्ष्या राख्थे। एक दिन चारै जनाले ठुलो धनराशि चोर्ने योजना बनाउछ्न। त्यस्को लागि धनी  महाजनको खोजी गर्न थाले। धेरै दिनको प्रयास पछि धनी महाजनको घर पत्त लगाए । बडो होशियारपूर्वक महाजनको घरबाट हिरा ,मोती,सुन ज्वाहरत चोर्न सफल भए। चोरीको माल लुकाउन जंगल पसे। यता महाजन चोरिएको सम्पत्ति खोजी गर्न लागे। महाजनको प्रभाब शहरमा राम्रो भएकोले प्रहरीले पनि चोर समाउन सक्रियता बढायो । प्रहरीको डरले गर्दा चोरहरु जंगल बाहिर निस्कन पाएनन। हप्तौ सम्म लुकेर बसेका चोरहरुसंग भएका खानेकुरा सकिए । भोकले इन्तु न चिन्तु भए अनि एउटा सल्लाह गरे, दुई जना साथी सम्पत्ति कुरेर बस्ने दुई जना साथी बजार गएर खाना ल्याउने कुरामा सहमती भयो। दुई जना जसो तसो बजार पुगे र पेट भर खाना खाए। जंगलमा भएका साथीहरुलाई पनि लिए। बजारबाट जंगलतर्फ लाग्दै गर्दा एकले भन्यो- यो खानामा बिष हालेर लगौ जंगलमा भएका बिष खाएर मर्छन अनि त्यो ज्वाहरत हामी बराबर बाडेर लिउ ! अर्कोले तुरुन्तै सहमती जनायो र मन मनै त्यसलाई पनि मारेर सबै आफ्नै बनाउने सोच बनायो। यता जंगलमा बसेकाहरु पनि बजारबाट खाना ल्याउने बित्तिकै दुबैलाई मार्ने योजना बनाएर बसेका थिए। जब बजारबाट दुई जना खाना लिएर जंगलमा भएका साथी भेटे ,तिनिहरु तत्काल पानी भन्न नपाई मारिए।सम्पत्तिको लोभले  दुईजना मारे पछि खुशी हुँदै  साथीले ल्याएको खाना खाए तर त्यो खानामा बिष थियो। बाकी दुई पनि तड्पिएर मरे। लोभले लाप लापले बिलाप भयो। 

राजनीतिमा इमान्दारिता र मानब मानब बिच हुने भेदभाव को अन्त्य गरि मानबिय समाज , मानबिय सस्कृति निर्माण गरिनु पर्छ !  जनतालाई भ्रष्टाचार रहित, इमान्दारितामा आधारित , ढिलासुस्ती बिहिन, सरकारी सेवा सुबिधा र न्याय दिने बाताबरण हुनु पर्छ! शुसासन को निमित्त स्वचालित पद्धति को बिकास अत्यन्त महत्त्वपूर्ण छ ! 

मुलुक आर्थीक सबलिकरणमा अघि बढ्न प्रत्येक वडाका स्थानिय प्रतिनिधिले शिक्षा ,स्वास्थ, कृषि , पशुपालन  घरेलु उत्पादन ,जडिबुटीलाई उच्च प्राथमिकता दिईनु पर्छ! गरिब घर परिवार को पहिचान गरेर गाउमै बसि आय आर्जन का काम गर्न प्रेरित गर्नु पर्छ! दलगत स्वार्थ त्यागेर राष्ट्र निर्माणमा प्रेरित हुन सबै राजनीतिकर्मीलाई सद्बुद्दी प्राप्त होस भन्ने कामना छ।

ललित ध्वज खड्का 


No comments:

Post a Comment

पिडाको समयमा त्यहाँ कुनै हिरो हुदैन।

  पिडाको समयमा त्यहाँ कुनै हिरो भन्ने हुदैन । दार्शनिक प्लेटोले भनेका थिए- यदि तिमि सरकारको चालचलन प्रति कुनै महत्व राख्दैनौ भने तिमि मूर्खह...