Tuesday, July 4, 2017

                          अकबर हिन्दु बन्न चाहन्थे (पौराणिक कथा )
                                                                                                       - ललित ध्वज खड्का 
       अकबर एक कुसल र परमवीर राजा थिए । उनको चर्चा संसारै भरी थियो तर उनमा ज्ञानको कमी थियो। अकबरले आफ्नो दरवारमा राजकाज चलाउन नौ रत्न जस्लाई मन्त्रि भनिन्थियो । नौरत्न मध्य एक थिए , बीरबल ।वीरबल ज्ञानका ज्ञाता थिए ,वुद्धिमान थिए ।सबै समस्याको हल सहज तरिकाले समाधान गर्दथे। अकबर, वीरबललाई  दरबारी सभामा होच्याउन सक्दो प्रयास गरिरहन्थे तर अकवर आफै निचो हुन्थे । अकबर भन्ने गर्थे बिद्द्वान सँग हार्नु पनि ज्ञान प्राप्त हुन्छ । एक दिन  अकबरलाई भगवान राम र कृष्ण गाथा सुन्न मन लागेछ । बीरबलले राम ,कृष्ण ,अर्जुन ,भीम को निकै रोचक ढंगले कथा सुनाए । बर्सौ लगाएर गीता र वेदको सार सुनाए ।सबै हिन्दु ग्रन्थ सुनिसके पछि अकबर एकाएक शान्त रहन थाले । सधै सभामा हसी मजाक गर्ने राजा सभामा उपस्थित हुनै छाडे । राजकाजको काममा पनि कम रुचि राख्न थाले ।
    अकबरमा देखिएको परिवर्तनले रानी सहित सबै चिन्तित भए । कारण के हुन सक्छ भनी बुझ्न रानी बीरबलको घर पूग्ग्छिन ।रानीको कुरा सुनेर बीरबल भन्छन - म आफै अनभिज्ञ छु हजुर । 
केहीदिन पछि दरवारमा उपस्थित हुन सिपाहि वीरबलको घर पुग्छ । वीरबल अकबरको वोलावट आए पछि तुरून्त दरवार पुग्छन । वीरबललाई देख्ने वित्तिकै अकबर भन्छन - तिमी सँगै एउटा कुरा गर्नु थियो । अकबरको कुरा सुने पछि वीरबलले भने - हजुर मेरो पनि कुरा गर्नु छ । के हो तिमी नै भन पहिला ! अकबरले वीरबलको कुरा सुन्न चाहे । वीरबल -हजुर महारानी ,मन्त्री लगाएत सबै जना हजुरको व्यवहार देखेर चिन्तित छन , यसको कारण जान्न चाहन्छन । बीरबल मैले यसै विषयम कुरा गर्न तिमिलाई बोलाएको हो । अकबर भावुक हुदै भन्छन - बीरबल , तिमीले हिन्दु ग्रन्थको बारे वर्णन गरे पछि मेरो ज्ञान प्राप्त गरे ,हिन्दु धर्म नै सबै भन्दा उत्कृट धर्म रहेछ ।
बीरबल गर्वका साथ भन्छन  - यो त सोर्है आना सही हो हजुर ।
त्यसैले म हिन्दु बन्न चाहन्छु ,अकबर भन्दै जान्छन ,तिमी म हिन्दु हुने उपाए बताउ । अकबरको कुरा सुनेर बीरबल तीन छ्क  परे । एउटा मुसलमान राजालाई कसरी हिन्दु बनाउने ... हुन्न भन्न नि नहुने सोच मग्न भए । निकै बेर पछि बुद्धिमता प्रयोग गर्दै बीरबलले भने - यस्को लागि हजुरले दुई वटा काम गर्नु पर्छ ।
अकबर हौसिदै भन्छन - म जे गर्न नि तयार छु ।
बीरबल - पहिलो ,हजुर पहिलेकै जस्तो हुनु पर्यो । दोश्रो कुरा केही समय लाग्छ ,धैर्य गर्नु पर्छ ।
केही दिन पछि अकबर पहिलेकै जस्तो भए । दरबारमा सबै खुशी भए तर बीरबल उपाए पत्ता नलागेर चिन्तित थिए ।समय खट्किदै थियो । एक दिन अकबरले सोधी हाले - मलाई हिन्दु हुन अझै कती दिन  लाग्छ ? 
बीरबल - हजुर अब समय आयो । चार दिन सम्म सूर्य उदाउनु अघि नै उठेर महलको बार्दलीमा उभिएर सूर्यको ध्यान पूर्वक दर्शन गर्नुस त्यहीबाट हुजुर्कौ हिन्दु वन्ने बाटो खुल्छ ।हुन्छ ,भोलि देखि त्यसै गर्छु । अकबरले  खुशी हुदै भने ।
बीरबलले भने बमोजिम सबेरै उठेर ध्यान लगाएर सूर्य हेर्न लागे त्यसै बेला नदीमा एउटा धोवी गधालाई जबर्जस्ती नुहाउँदै थियो ।गधा भाग्न खोज्दै थियो तै पनि कुटी कुटी नुहाइ दिने प्रयास गर्दै थियो । अकबर नदेखे जसरी जसो तसो पहिलो दिनको कार्य सके । दोश्रो दिन पनि धोवीको उही प्रकृया दोहोरियो ।अकबर सहेरै बसे । तेश्रो दिन पनि धोवीले  त्यसै गरी रहेको देखेर अकबर रीस उठ्यो । अकबर - ए ,धोवी !त के गरिराको छस ?
अकबरको कड्किएको आवाज सुनेर नम्र हुदै धोवी भन्छ -  रिसानी माफ होस जाहपना ... यो गधालाई नुहाएर राम्रो घोडा बनाउन खोजेको हजुर ।
धोबीको कुरा सुने पछि बीरबलको कुरा अकबरले बुझे ।

स्वयम्बर

 देवता र दानव बिच युद्ध पश्चात् यौटा सम्झौता हुन्छ समुन्द्र मन्थन बाट प्राप्त अमृत बराबर बाड्ने। समुन्द्र मन्थनको लागि बिष्णु भग्वानले गरुड ...