Monday, May 25, 2020

द्रब्य

द्रब्य

पुसको महिना ........! बिहानको सात बजेको थियो ।तुसारोले सेताम्य थिए....... शंखमूलको सुकुम्बासी बस्ती । त्यही बस्ती छेवैमावाग्मती किनारमा नदी लाइ ढल मुक्त गरी सफा अनि पहिलेकै अवस्थाको स्वरुप निर्माण  गर्ने हेतु कामको थालनी र सुभारम्भ हुदै थियो।मनोहरा दोभान देखि थापाथली पुलको दुवै तर्फको निर्माणको जिम्मा हाम्रो कम्पनिले पाएको थियो। शिलन्यासको साइत आठ बजेकोथियो तर तारताम्य मिलाउँन पर्ने भएकोले हामी अगाडिनै भेला भएका थियौ। कम्पनीका निर्देशक पनि आइसकेका थिए ! बाकि थिए तपण्डित मात्र । सानो खौलौ खनिएको थियो । दुई चार किलो फलफूल , दुई प्याकेट जति लड्डु र पूजा सामग्री तयार थियो ।

          म नया थिए , कसैलाइ चिन्दैनथे । निर्देशकलाई पनि पहिलो पटक देखेको । अघिल्लो दिन मेरो धर्म पिताले भोलि देखि काममाजानु ...खाने बस्ने सबै उतै ब्यवस्था हुन्छ। म अवाक भए ...केही बोल्न सकिन निहुरो झुकाएर मुन्टो हल्लाए ।

पाल्पाको एउटा सानो गाउँबाट सानैमा ल्याउनु भा थ्यो मलाई , काठमाण्डौमा परिवार सँगै बसेर हुर्के ,परिवार र सरले औधि माया गर्नुहुन्थ्यो। दश जोड दुई सम्म पढाउनु भयो ।सर निजामती सेवाबाट अवकास हुनुभएको थियो। सायद मेरो खर्च धान्न गार्हो पर्यो होला र त...म सँग बोल्दा भावुक हुनु भाथ्यो । जे होस उँहा प्रति आभारी छु ।

         डान्सबारमा मेरो पहिलो पाइला थियो । मदनले अवसर जुटाइदिएको हुदा मौका मिल्यो ।मदनले पनि भर्खरै नाच्न शुरु गरेको थियो। मदनले डान्सरको उपमा पाइसकेको थियो ,खुब राम्रो नाच्छ मदन। सामान्य परिवारमा हुर्केको मदनका पिता गाउँमा ऋण लागेर शहरपसेका थिए। कोटेश्वरमा तरकारी पसल चलाएर बसेका थिए ।जसो तसो चार जनाको परिवार पालेका थिए । हामी लगौटिया यारथियौं। उसले नृत्यलाई पेशा बनायो मेरो कुनै शिप नभएकोले नै सानो तिनो नोकरीमा अल्झिए । मदनमा कुनै खोट थिएन,भित्री र बाहिरीदुवै रूप सुन्दर थिए। सबैलाई ....ठूलालाई आदर र सानालाई औधी माया गर्थ्यो। सबैको प्रिय पात्र हुन मदन ।
  

          झिसमिसेमै साइट पुगेर खाल्डोको पानी तान्न अरहाउने एक्साभेटरहरुलाई तेल नापेर भरिदिने र कुन साइटमा काम गर्नेअपरेटरलाई जिम्मा लगाउने मुख्य काम थियो । एघार बजे खाना खाने समय ...एक घण्टा ब्रेक ,त्यस पछि तेल लिन हलचोक पुग्थे।काम युद्ध स्तरमा चलेको थियो। खोलै भरी मान्छे -मान्छे। कार्य क्षेत्र रमाइलो भए पनि मेरो मन चाहि आत्तीरहन्थ्यो । आफू भन्दा माथिकोहाकिम देखि सार्है डर लाथ्यो । मलाई अरहाउने हाकिम परसुराम थे। बाइकबाट ओर्लन सार्है गार्हो । आयो ..करायो अनि कता हो कताअदृश्य भैहाल्थे । बेला बेलामा फोन गरेर सोध्थे फलानो फलानो सर आउनु भो भने खबर गर्नु ....आई हाले भने भर्खर एतै हुनुन्थ्यो भन्नु ।उनले भने जस्तै गर्नु मेरो ड्युटी थियो । सबैलाई गाली मात्रै गरिरहन्थे । आफै आत्तिरहने रुखो बोली बोल्थे। 


       च्यासलको सांघुरो गल्ली भित्र एउटा पुरानो घरमा हाम्रो कोठा थियो। हामी पांच जना बस्थेउ। बिहान बेलुकीको खाना थापाथलीपुल छेउ मा काभ्रेली भोजनालयमा खाने गर्थेउ। काभ्रेली दिदी मेहनती थिइन । व्यापार कसरी चलाउनु पर्छ र को मान्छे लाई कस्तोव्यवहार गर्नु पर्छ भन्ने ज्ञान उनी संग थियो। उनी पति र छोरा छोरी सहित व्यापार गरेर बसेकी थिइन। पति अति सोझो ..ऋण मा ट्याक्सीकिनेर रोजगार दिएकी थिइन। छोरा छोरीलाई राम्रै स्कुलमा पढाएकी थिइन।अलि अलि छुची थिइन।व्यापारमा नरम करम भएन भनेटिक्न दिदैनन हौ सर भन्थिन ,जे होस हामीलाई राम्रै व्यवहार गर्थिन ।


             मदनको जिन्दगीमा एउटा अनौठो मोड आयो । डान्स बारमा आइरहने एक महिलाले बिहेको प्रस्ताव राखिन । उमेरले तीसकोहाराहारी थिइन ,बिछट्टै राम्री र सम्पन्न परिवार की थिइन । यस्तो मौका जीवनमा बारबार आउँदैन ,मौकामा चौका हान्नै पर्छ !मदन मनमनैगुन्दै थियो । महिलाले एक दिनको समय दिएकी थिइन । रातभर कोल्टे फेर्दै अनेक तर्कनाबाट एउटा निर्णय गर्यो । आखिर ऊसँग भएकोसम्पत्तिमा मेरो पनि हक लाग्छ...नि ..। समय खटकिदै थियो । नाम ,थर ठेगाना पनि पत्तो थिएन ।मदनलाई छटपटी हुनथाल्छ। नआउ नेपो हुन की , कतै जाडको सुरमा पो ...नाना थरीका कुरा खेलाउदै उनले भनेको स्थानमा पर्खी रहन्छ ।

क्याफेबाट बाटोको दुरी नापेर बसेको पनि घन्टौ बित्छ ,वेटरले सर के ल्याउ ?     

 एकछिन मान्छे आउदै छ ....उफ ...लाजै भैसक्यो ।

अब मात्र पाचँ मिनेट ...त्यस पछि एक सेकेण्ड बसे पो ! बाटो भरी आँखा ओछ्याएर उनको स्वागतमा बसेको मदन हतोत्साही हुदै थियो ।एउटा सानो चिटिक्क परेको कालो कार क्याफेको गेटमा रोकियो। मदनको आँखा चनाखो भयो।पक्कै उनै हुनुपर्छ ...चालक सिटबाटमहिला निस्कीई ...रातो टिसर्ट,आकासे रंगको जिन प्यान्ट ,हाई हिल र आँखामा कालो चस्मा अनि सर्लक्क छाडेको लामो कपाल ...मन्त्रमुग्ध पार्ने रूप कुनै सेलिब्रिटी भन्दा कम चाहि होइन ।


      उनको आगमनले मनमा एक किसिमको उत्साह र तरँग भरिंदै थियो । उनी मेरै समुन्ने थिइन। 

मदन ..के अर्डर गरौं ।

 ह ...हजुर ! जे भए नि हुन्छ । 

मदन अलि नर्भस हुन्छ । मलाई अलि हतार छ,कफी मगाई है ? दुई वटा क्यापीचीनो ..अलि छिटो है भाइ । 


अनि ... के विचार गर्यौ त ....मदनले यति छिटो प्रश्न आउला भन्ने हेक्का थिएन । 

जवाफ मदन संग तयार थियो ।केहीबेर रमाइलो कुरा गरौं भन्ने लग्या थ्यो ,सायद उनी संग समय कम थ्यो । 

                           यँहाको शुभ नाम जान्न पाए ...कुरा नसकिदै ..ओह ..आई एम रिना। 

केही बेर हामी मौन बस्यौं।कफी हामीबीच आइसकेको थियो।कुराको सुरुवात कँहाबाट गर्ने ..मदन गम्दै थ्यो। 

किन मौन भाको तिमी ...रिना झिनो आवाजमा बोल्छे। 



खै भनौ कि नभनौ ..हुन त हजुरलाई आफ्नै ठानी सके ...त्यति बताउँजेल मदनको स्वर हल्का कापेका थिए।मुहारको रंग राता भएकाथिए। उसैमाथि रिनाको हात मदनको हातमा थियो। कोमल हातले मजबुत संग समाएकी थिई। 

मदन तरंगित र उत्साहित हुदै थियो। हामी एक अर्काको पूरक हुदै छौ। तिम्रो दुख सुखमा म पनि हिस्सेदार बन्न चाहन्छु मदन भन के भन्नचाहन्छौ । 

        धक मान्दै मदन बोल्छ ! बुवाको पन्ध्रलाख ऋण छ .... कसरी बिहेको कुरा गर्नु । पीर नगर ...म संग भएको तिम्रो पनि हो ..भोलिलगेर ऋण तिर्देउ । 

     रिना सङ को अपेक्षा तेहि थियो मदन को ...धन्यबाद । मदन को अभिब्यक्त्ति पुरा नहुदै पुरा नाम के हो ... रिना चेक लेख्नथालिसकेकि थिइ। 

      कफि को कप टेबल म राख्दै उत्साह का साथ भन्छ ... मदन राइ । ख्यास्।।।ख्यास नाम र रकम लेखेर चेक मदन को हात मा दिन्छे। मदन मुसुक्क हास्दै... चेक ग्रहण गर्छ्। 

       रिना बिल को भुक्त्तानि गर्न काउन्टर मा पुइसक्छे ... मदन पछ्याउदै पुग्छ । छुट्ने समय थियो । ल म जान्छु तिमि ब्यबहार मिलाउएक हप्ता भित्र हामि बिबाह गर्छौ भन्दै रिना बाहिरिइ। मदन अवाक् हुन्छ! ... रिना ओझेल नहुन्जेल हेरिबस्छ।


               मेरो दिन चर्या परिबर्तन हुदै थियो । मन मा उत्साह , केहि गरु झै लागिरहने उमङ बढ्दै थियो । त्यसै डराइ रहने , कसै सङबोल्न नरुचाउने मेरो स्वभाब बद्लिएको थियो । एक जना नया सर को आगमन भयो । सन्सार बद्ल्नु छ शुरुवात आफै बाट गर्नु छ भन्नुहुन्थ्यो । काम मा लगाब मिठो बचन काम गराउने तौतरिका ले सबै प्रभाबित हुन्थे। बिहान सात बजे देखि बेलुका सात बजे सम्म हामी सबैकाम मै रमाउने , समय मिलाएर बाहिर घुम्न पनि जाने गर्थेयोउ। 


             बाग्मति मा पानी धेरै बगे .. हिउद मा कुलो र बर्खा मा बिसाल बाढि देखियो । उपत्यका को फोहर , गाइ बस्तु, कुखुरा , हासकहिले काहि मान्छे पनि बगेर आउथे। मान्छे हिड्नै डराउने बाग्मति किनार बिस्तारै चहल पहल बढ्दै थियो । बिस महिना मा सोचे अनुशारकै काम भएको थियो। नदीतट बसेर काम गर्दा नजिकै सुकुम्बसि बस्ति मा आउ जाउ भैरह्न्थ्यो। 

   बिना तेहि बस्ति भित्र एउटा सानो झुप्रो मा एक्लै बस्थिन्। कहिले कहि गाउ बाट आमा आउने रहिछिन्। दिउसो ब्युटि पार्लर मा काम माजान्थिन ।छुटिको दिन लत्ता कपडा धोएर बस्थिन । उन को कृया कलाप म प्राय हेरिरहन्थे । मागि बिबाह गरेर गाउ देखि सुखद भबिस्यको खोजि मा आका रहेछन । पति को काम सन्तोषप्रद नभए का ले मलेसिया गाको केहि महिना पछि उतै देहान्त भएछ सत्र बर्स कोकलिलै उमेर मा बिना पति बाट सधै का लागि अलग भैइ।कसै बाट सहयोग र ढाड्स पाउनु त पर को कुरा उल्टै अलक्षिना को उपमापाएकि थिइन ।

    आमा बाहेक सबै तिर बाट तिरस्कृत भएकि थिइ।मेरो उनि प्रति अनौठो लगाब झागिदै थियो । उनिलाइ देख्ने बित्तिकै रोमाञ्चित  रतरङ्गित हुन्थे।सायद माया को टुसो अङ्कुरित हुदै थियो। आफु  लजाउने स्वभाव को हुदा बोल्न धक लाग्ने,  सामिप्य मा पुग्नु त कहा होकहा।अब्यक्त्त प्रेम् झागिदै थियो।


    नदी किनारा का बुट्यान रुख बिरुवा ले नया पालुवा हाल्दै थिए। बाक्ला ज्याकेट शरिर बाट फुक्लेर थन्किसके का थिए।सुर्य लेधर्तिलाइ दिने समय बढाइ दिएको थियो । आहा ... रमणिय वातावरण  ।

अघिल्लो दिन नया साल को छुट्टि भएको ले अबेर उठिएछ। हतारो मा कार्य स्थल जादै गर्दा युएन पार्क मा मान्छेको भिड देखे । के भएछ!  हतारिदै त्यतै लम्के , फर्कदै गरेका बटुवालाइ बुझ्न खोज्या ।।।ए ।। केटिले धोका देकोले झुन्डेछ। झुन्डेर मरेको मैले कहिल्यै देखेकोथिइन । हतारिदै ...   पुगे पार्क भित्र।

 घट्ना स्थल बाट फर्कने र हेर्न जाने उत्तिनै थिए। कोहि बिचरा भन्दै थे कोहि यस्तालाइ हेर्यो भने अगति परिन्छ भन्दै थे भने कोहि केटिलाइगालि दिदै थे ! नदि किनार छेवैको पन्ध्र फिट जति उचाइको रुखमा मान्छे झुन्डिएको देखे! प्रहरी हरु सोध्खोज र रिपोर्ट बनाउदै थिए !  नजिकै पुगेर झुन्डिएको मान्छेको अनुहार देखे !  मनमा चिसो पस्यो... !  चिनजानको ब्यक्त्ति जस्तो लाग्यो। प्रहरीले डोरी ले घट्ना स्थललाइ सिल गरेकोले एकिन गर्न सकिरहेको थिइन। मदन जस्तो लागिरहेको थियो खल्ति बाट मोबाइल झिके ... मदनको नम्बर  मा डाइलगरे ... मोबाइल स्विच अफ गरिएको छ भन्यो ।

    केहि बेर पछि झुन्डिएको सबलाइ रुख बाट जमिनमा झारियो ... !  सब देखे पछि म भाउन्निय ... मेरो शंका साबित भो ... त्यो ब्यक्त्ति मदन थियो । क्रमश।।। 

-Lalit Dhoj Khadka

No comments:

Post a Comment

स्वयम्बर

 देवता र दानव बिच युद्ध पश्चात् यौटा सम्झौता हुन्छ समुन्द्र मन्थन बाट प्राप्त अमृत बराबर बाड्ने। समुन्द्र मन्थनको लागि बिष्णु भग्वानले गरुड ...