Thursday, January 26, 2017

Monk

                                                       Monk# Basantapur,Kathmandu#
                                                       Picture- Lalit

Tuesday, January 24, 2017

STORY- NIYATI

                                                          कथा -नियति  !
                                                                                                                                       ललित खड्का
                      साईबरको सुरुवाती दिन थियो I राजधानीमा साइबर केन्द्रहरु यत्रतत्र खुलेका थिए I युवा युवती
हरुको इन्टरनेट प्रतिको लगाब बढ्दो थियो I समाज परिबर्तन सिल छ I जमाना अनुशार केहि न केहि परिबर्तन भैरहन्छ I मानिस समय अनुसार हिडेन भने पछाडी धकेलिन्छ र युग अनुसार चल्नु पर्छ भन्ने हेक्का प्रतापलाई थियो I प्रताप अफिस समय पछि इन्टरनेट चलाउन साइबर जान थालेको थियो I गूगलको सर्च इन्जिनमा नेपाली हस्तकलाको अवस्था  विश्व बजारमा के छ भनेर सर्च गर्दै थियो I सर्बर जाम … रिलोड गर्छ I टिरिङ्ग … टिरिङ्ग … मोबाइलको घन्टी बज्छ। सुची दर्ता नभएको नम्बर थियो। नेपालमा मोबाइल बोक्नेको संख्या निकै कम थियो। पोस्टपेड सेवा मात्र उपलब्ध थियो। मोबाइलमा घन्टी बज्दा दायाँ बायाँका मान्छेले हेर्थे , मोबाइल बोक्नेको फुर्ति बेग्लै थियो। प्रतापले फोन नउठाउने प्रश्नै थिएन। हेल्लो…महिलाको आवाज थियो। महिला… को बोलेको ?  प्रताप हो ? हजुर म प्रताप बोल्दै छु.… तर को बोल्नु भो, मैले चिनिन ! के हो.….म निता बोलेको … के जिस्किराको ! प्रताप - कति नम्बरमा गर्नु भाको ? निता -तपाइँ प्रताप शाही होइन। म त प्रताप थापा परे निताजी। ला.… सरी है। प्रताप - केहि छैन.। प्रतापले फोन काट्छ । धेरैबेर कुरा गर्नु पैसा गुमाउनु थियो आगमन कलको पनि पैसा लाग्थ्यो।
  प्रतापलाइ मन परेको केटिको अन्तै बिहे हुदै थियो।कोपिलाको हतारो र चटारोमा बिहे होला भनेर प्रतापले सपनामा पनि सोचेको थिएन।  उमेर नै कहा पुगेको थियो र पन्ध्र पुगेर सोह्र टेकेकी थिई। प्रताप र कोपिला बीच पांच बर्ष को भिन्नता थियो।कोपिलाको पढाइ लेखाईमा कम्जोर थिइ,पढाईलाइ निरन्तरता दिन सकिन। घरको धन्दा सबै गर्थी, आफु भन्दा मुनिका दुई बहिनि र एउटा भाईलाई सम्हाल्थिई र भ्याएको समयमा नेपाली  कागज  कारखानामा लोक्ता सफा गर्न जान्थी। प्रताप त्यहि कारखानाको मालिक थियो। कोपिलालाइ देखे देखिनै आकर्षित भएको थियो। अव्यक्त प्रेम प्रतापले कोपिलाको आखाको भाव बुझिसकेको थियो। दुबैको आखा आखा  बोलिरहेको  थियो। कोपिलाको ओठमा हास्ने र आखामा नाच्ने रहर.…रहर मै सिमित हुदै थियो.। कोपिला फक्रे पछि घरजमको सोच बनाएको थियो प्रतापले …एकाएक परिस्थिति फेरियो। तपाई जसरी नि आउनु  पर्छ है सर ,प्रतापलाई  बिहेको निम्तो फोन बाट  आउछ। कोपिलाको बिशेष आग्रह  थियो। बिबाह बनेपाको चंडेशोरी मन्दिरमा थियो। कोपिलाको सिउदो अरुले रङगाएको हेर्ने साहस प्रतापमा थिएन।  बिबाहको दिन बिहानै दुलहीको घर पुग्छ , बिबाह घर सामान्य थियो कुनै झकिझकाउ र सजावट थिएन।  छेवैमा एउटा माइक्क्रो बस अडिएको थियो।  सयद… दुलही लिएर बनेपा जादै थियो। प्रताप सरासर दुलहीको कोठामा पुग्छ। दुलहीलाइ सजाउने काम हुदै थियो। दुलहीको भेषमा कोपिला धपक्कै बलेकी थिइ। कोपिला … ढोकाबाट बोलाउछ। हातमा भएको खाम तेर्साउदै भनछ… बधाई छ है.…  कोपिलाले खाम समाउदै भन्छे धन्यबाद बासु न! अब एक छिनमा जाने … मा त भ्याउदिन पछि भेटौला नि …. कहा हुन्छ …कोपिलाको जवाफ पुरा नहुदै प्रताप त्यहाबाट निस्कंछा। कोपिला उठेर ढोका बाहिर सम्म प्रतापलाई बोलाउदै निस्किन्छे।  प्रताप ओझेल परिसकेको थियो।
कोपिलाको बिहे हुदै थियो। कोपिला प्रतापको पर्खाइमा आखा बिछ्याएर बसेकी थिई …तर प्रताप आएन। बिहे सकियो। नमिठो सम्झना बोकेर कोपिला अन्मी। काठमाण्डौमा हुर्केकी केटि ढुङ्ग्खर्क गाउमा भित्रिएकी थिई। पहिलो पटक पाइला टेकेको गाउ.…. देखेरै कोपिलालाई उदेक लाग्यो। काचो ईटा र माटोले बनेको सानो घर… आगनमा एउटा गाई ,दुइटा बाख्रा बाधिएका थिए। दुख जेलो गरेर मुस्किलले आधा पेट खान पुग्ने खेतीपाती थियो। बिहे अघि भनेका सबै कुरा झुठा साबित भएको थियो ।
            प्रताप र निताको फोनमा कुरा कानी बाक्लो हुदै थियो। म भित्र आउन सक्छु ? अचानक …. प्रतापको अफिसमा निताको प्रबेस हुन्छ। नितालाई आफु अघिल्तिर देखेर प्रताप अव्ह्म्मित हुन्छ। … ओहो।…  ….कस्तो सर्प्राइज , एक्कासि खबरै   नगरी  ? प्रतापको नजर नितामा अडिएको थियो। हल्का निलो रंगको कुर्था , सर्लक्क परेका लामा केश ,गुलाबी ओठ , छिनेका कम्मर, पुष्ट देखिने नितम्ब न अग्ली न होची आकर्षक बनावट जो कोहि लट्ठ पार्ने रुप। निता- भित्र आउन मिल्छ सर?ओ सरि ! प्रताप कुर्सिबाट उठेर निताको नजिक पुग्छ। प्लिज….. अफिस कोठा सानो भए पनि आकर्षक र चिट्टिक्क मिलेका थिए। आगन्तुक बस्ने लचकदार लेदरका सोफासेट र कुर्सीहरू राखिएका थिए। सोफामा आसन जमाए पछि , निताको आखा वरी परि नाच्न थाल्छ। भित्तामा बुद्ध र साइबाबाका तस्बिर टागिएका थिए। टेबलमा सामानहरु असरल्ल छरिएका थिए। खबरै नगरी एक्कासि आउनु भयो, अफिस कसरि पत्ता लाग्यो , के छ हालखबर ? प्रतापले एकतर्फी प्रश्न गरिरह्यो तर निताको ध्यान गुम थियो। निताजी ! नजर प्रताप् तिर घुमाउदै मसिनो स्वरमा बोल्छे … हजुर ! निताको नजर प्रतापको आखामा अडिनछ। निताको हेराइमा मादकता मिसिएको थियो ,प्रताप मदहोस बन्यो। पहिलो भेटमै मन्त्रमुग्ध भयो। ढक -ढक …प्रतापको ध्यान भंग हुन्छ, निता एकोहोरिरहेकी थिई। .ढोकामा कार्यालय सहयोगी महिला ट्रे मा चिया बोकेर उभिएकी थिईन। सहयोगीलाई चिया टेबलमा राखेर जाने आदेश दिन्छ। पाखुरामा च्याप्प समाउदै प्रताप बोल्छ  चिया लिनुस निताजी। निताको ध्यान भंग हुन्छ , झस्किन्छे। हजुर  हस …पहिले हजुर लिनुस न। मैले भर्खर पिएको, मा चिया कमै पिउछु। निता लाडिदै बोल्छे। . जुठो खायो भने माया बढ्छ क्या ! कपलाइ प्रतापको ओठमा जोड्छे। प्रताप मुसुक्क मुस्कुराउदै एक सुर्को पिउछ। अब माया बढ्यो त? निता चियाको सुर्को लिदै मुन्टो हल्लाउछे।
   कोपिलाको बिहे भएको बर्षदिन बितिसकेको थियो। बर्षदिन सम्म कोपिला र प्रतापको भेटघाट भएको थिएन। माघको अन्तिम दिन, मध्यान्ह प्रताप अफिस बाहिर घामको तापमा पत्रिका पढेर बसेको थियो। नमस्कार !आवाज नजिकै बाट आएकोले प्रतापको नजर मोडिन्छ। नमस्कार गर्ने कोपिला थिइ। कोपिलाको साथमा एउटा केटा पनि थियो। खिरिलो शरीर ,श्यामबर्ण रंग उछिट्टेका दात , तोरीको तेल दलेर चप्चिल्लो बनाएको कपाल भएको केटा लाई मेरो पति श्याममणि … नमस्कार गर्नु पर्दैन सरलाई ! प्रताप आफैले नमस्ते भनि बस्न आग्रह गर्यो। प्रताप र कोपिला बिच घर व्यवहारका लामै कुराकानी भए। श्याममणिको मुखबाट कुनै शब्द निस्किएन  गाउमा बस्न कठिन भएर शहर पसेका रे. बाकि जिबन यतै बिताउने सल्लाहले गाउ छाडेका थिए। श्याम्मणी लाई कुनै काममा लगाइदिनु पारयो भनेर प्रतापलाई आग्रह गरी। प्रतापले आस्वासन दियो।
  प्रताप र निताको सम्बन्ध झाँगिदै थियो। भेटघाट कम हुन्थ्यो भने फोनमा कुराकानी बाक्लो थियो। पति पत्नी झैँ गफ गर्थे। नीताले सधै भन्ने गर्थी …. मेरो बिगत कहाली छ।  सुन्नु भयो भने बोल्नै   होला ?भन्न कर गर्यो। प्रतापले निताको कुरालाई हल्का रुपमा लिएको थियो।प्रतापको जिद्दी गराई पछी आफ्नो बिगत सबै बेलिबिस्तार लाई ,निताको बिहे भइसकेको थियो। बिबाह गर्नु पर्ने बाध्यता थियो। सशस्त्र द्वन्द ताका शंकाको भरमा प्रहरीले हिरासतमा राखेको थियो।  हिरासतमै रहेको बेला प्रहरी हवल्दार र एक जना जवानले बलात्कार प्रयास गरे। एउटाले मेरो खुट्टा समायो, अर्कोले कपडा खोल्ने प्रयास गर्द्थियो। म तिनीहरुको चुङ्गलबाट फुत्किने प्रयत्न खोज्दै थिए। चिच्याएर गुहार माग्नु ज्यान गुमाउनु थियो। उनीहरुकै हा मा हा मिलाएको जस्तो अभिनय गरे।  मैले लगाएको कमिज उतारे। हवल्दार को टाउको मेरो दाहिने गर्दनमा थियो।बेग संग स्वास फेर्दै थियो। उसको हातले छाती मुसार्दै थियो।  मेरो आखा बन्द थिए भने हात दाया-बाया बस्तु छाम्दै थिए। जवानको हात मेरो जाँघमा सल्बलाउदै थिए। यो भन्दा अघि कुनै पुरुषले मेरो अंग यसरी  खेलाएका थिएन। मेरो अस्मिता जसरी पनि बचाउनु थियो।  समय बित्दै थियो। एकाएक मेरो औलाले कुनै बस्तु छोयो। त्यो फलामे छड थियो। मनले केहि सोचेन छड च्याप्प समाते र औला गुप्ताङ्गमा ल्याउदै गरेको जवानको टाउकोमा छड प्रहार गरे।  जवान आइया गर्दै ढल्यो। गर्दनमा ओठ खेलाउदै गरेको   थियो।  घुडा ले त्यसको कम्मर मुनिको संबेदनसिल अंगमा हाने। हवल्दारको अंग समाएर थुचुक्क बस्यो। म त्यहाबाट उम्के।त्यो घटना पछि सुरक्षा कर्मीले  खोजि तिब्र पारे।  गाउमा बस्ने अवस्था भएन। जति सक्दो चाडो गाउबाट उम्कन घरबाट खबर आयो।  फुपुको छोरा दाई लाई पनि गाउमा सुरक्षा थिएन।  कमल दाई पनि काठ्मान्डु जाने तयारीमा थिए।  बाबाले उहा संगै जाने ब्यबस्था मिलाउनु भएको रहेछ।  दाई र म भेष बदलेर राता-रात काठमान्डू खाल्डो छिर्यो।
  कोपिला पति सहित माइतीमै बसेकी थिइ। ज्वाई ससुरालीमा बेरोजगार बसेको कोपिलाको पितालाई चित्त बुझेको थिएन। ज्वाईलाई महिनौ घरमा राख्नु भनेको जोरी पारी हसाउनु हो भन्ने हेक्का भएर ज्वाईलाई एउटा निर्माण सामाग्री बिक्रि कक्षमा साधारण काममा लगाई दिए। त्यस पछि कोठा खोजेर छोरी ज्वाईलाई काम गर्ने ठाऊ छेउमै सारिदिए। नयाँ कोठामा सरे देखि कोपिला बिरामी परी, छोरी थला परेको खबर सुन्ना साथ् आमा छोरी भेट्न पुगिन।  अस्पतालमा लगेर जचाईन। कोपिलाले गर्बधारण गरेकी थिइ। चिकित्सकले शाररिक अवस्था कम्जोर भएकोले बच्चा जन्माउन नहुने सल्लाह दिए। पहिलो सन्तान भएकोले बच्चा फाल्न कोपिलाको आमा तयार भईनन। कोपिलालाई आफूसंगै लिएर गईन। स्याहार गरी पोषिलो आहार खुवाईन।  केहि महिना मै कोपिला तन्दुरुस्त बनी।
     निता र दाई कमलेश इन्द्रचोकको एउटा गल्लीमा कोठा लिएर बस्थे। कमलेश वटु बहालमा कपडाको थोक बिक्रेतामा काम गर्दथ्यो।  निता बिहान बेलुकीको गरे धन्दा गर्दथी। कमलेश सधै राति मात्र कोठा आउदथ्यो। अन्जान शहर , अपरिचित अनुहारहरु …खुला आकाश मुनि खेलेर हुर्केकी निता … आठ फिटको मात्र आकाशलाई हेरेर खुम्चिनु पर्ने बाध्यता थियो। पुरानो नेवारी शैली बनेका घर, सानो कोठा ,आखि झ्यालबाटबाट मुन्तिर हेर्दा देखिने अनगिन्ती टाउकाहरु …  निताको समय दिनभर झ्यालबाट मुन्तिरको गल्लि निहारेर बित्ने गर्दथ्यो।धन्दा सकेर झ्यालबाट बाहिर हेर्ने बितिकै पहिलो नजर सामुन्नेको घरमा पर्यो। एउटा युवक नितालाई नै हेरिरहेको थियो। नितालाई लाग्यो युवकको नजर पहिले देखिने आफूतिर थियो। युवक मुसुक्क हास्यो।  निताले अप्ठेरो महसुस गरि र झ्यालबाट ओझेल परि। केहि समय पछि पुन झ्यालमा पुगी , युवक त्यसै गरि एकटकले हेरिरहेको थियो। नीताले अघिल्लै तरिका पछ्याई । दिनभरी लुकामारीको खेल चलिरह्यो। नितालाई निन्द्रा परेन। आखा वरी परि युवक नाचिरहयो। शहर चकमन्न भैसकेको थियो। कोलाहल थिएन। कुकुरहरु भुकेको आवाज आइरहेको थियो।  एक पटक युवकको घर तिर नहेरी निताको मन मानेन।  बिरालाको चालमा झ्यालमा पुगी , अघिल्तिरको झ्याल बन्द थियो। निताको मन खिन्न भयो। एकछिन टोलाएर बसिरही।कोपिलाको छोरा बर्ष दिन पुगेको अवसरमा माइती मा सानो कार्यक्रम आयोजना गरेका थिए प्रताप पनि बोलाइएको थियो। बर्ष दिन देखि प्रताप र कोपिलाको सम्पर्क थिएन। कोपिलामा निकै परिबर्तन देखिन्थ्यो। खिरिलो शरीर पोटिलो भएछ। जिउ डाल मिलेको देखिन्थ्यो ।बोलिचाली र हाउभाउमा पनि भिन्नता थियो। तपाईं सङ कुरा गर्नु छ ... खाना भित्रै बसेर खाउ। कोपिलाले प्रतापलाई कोठामा लिएर गई। कोठा सनो भए पनि चिट्टिक्क परेको थियो। प्रताप बस्ने ठाउँ खोज्छ। कोपिलाले भेउ भुझी र खाट्मै बसाई । आफू पनि सङै बसि। कोठामा मौनता थियो। कुराको थालनी कहाँ बाट र कस्ले गर्ने ... अन्योल्ता.. । कता हराएकी ... प्रतापले कुराको शुरुआत गर्यो। हुजुरलाई कति भेट्न खोजे.. नम्बर पनि चेन्ज गर्नु भएछ। शिर झुक्याएर बसेकी कोपिला बोली । प्रताप ..के थ्यो र तेस्तो .. नभेटि नहुने ? कोपिला..के के भो ... के के नि। प्रताप-  के भयो र? बुढा सङ खट्पट पर्‍यो ? हजुर मलाई भोलि भेट्नुस न । भ्याए भने भेटौला । कोपिला - सल्लाह गर्नु छ। 
कोपिलाको कुराले प्रतापको मनमा अनेक प्रस्न उब्ज्यायो। भेट्न उचित ठानेन। नदुखेको कपाल डोरी लगाएर किन दुखाउनु ..। 
निताले सार्‍है कर गेरेर प्रताप भेट्न राजी भयो। भोटेबहालमा बस्छु भन्थी ... भेट्न बोहराटारमा बोलाइ ... किन त्यहा बोलाएको यतै भेटौ न .. यहाँ कोहि छैन हजुर र म मात्रै ... मजाले....! निताको कुरा सुने पछि .. प्रतापको आङ जिरिन्ङग गर्यो। स्वास बढ्यो। मुटुको चाल बढ्यो। फोनमा दुई बिच भएको कुरा सम्झन थाल्यो। प्रताप र निता बिच सबै कुरा फोन सम्बादमा भएको थियो। प्यास मेटाउने रहर ...समयको प्रतीक्षामा थिए। पाँच किलोमीटरको बाटो तय गर्न प्रतापलाई हम्मेहम्मे पर्‍यो। निक्कै टाढा भएको महसुस गर्‍यो। पहिले- पहिले नि हिडेको बाटो .. यशपाली लामो लाग्यो। निताले फोनमा दिएको घरको लोकेसन अनुसार प्रताप ठ्याक्कै पुग्छ। बाइक साइड च्यापेर राख्छ.. फोन गरेर आएको जानकारी दिन्छ। नुहाउदै छु.. माथी कौसीमा आउनु न। माथी जानू अघि बाइकको साइड ऎनामा अनुहार हेर्छ.. हेल्मेटले थिचेको कपाल दुबै हातले मिलाउछ। मुसुक्क मुस्काउछ। माघ महिनाको अन्त्य.. कौसीमा पारिलो घाम लागेको थियो। भर्‍याङ उक्लदैको बायाँ पट्टी दुइटा कोठा थिए ।प्रतापलाई लाग्यो निता त्यही बस्छे। निता भिजेका कपाललाई स्याहर्दै प्रताप छेउ आई... निताको भिजेका कपाल र अर्धनग्न शरीर ... बृक्ष स्थल देखि तिघ्रासम्म रुमालले बेरिएका थिए । कामुक रुप देखेर प्रताप मदहोश भयो। के हेरेको खाउला जसरी ? खान मन लागेर हेरेको नि...एक टकले हेरिरहेको प्रतापले जवाफ फर्कायो। एक छिन कपाल सुकाउछु है ..प्रताप मुन्टो हल्लाउछ। भर्‍याङबाट कोहि आउदै थियो। रुपेश...निता झस्की... प्रताप दाइ मेरो हस्बेन्ड . .  रुपेश ! उहाँ मेरो दाइ । प्रतापको रहर ... रहरमै सिमित भयो। निताले रुपेशको भावना बुझी .. म लुगा फेरेर आउछु तपाईं हरु गफ गर्दै गर्नुस भन्दै अघिल्तिरजो कोठामा पसि। रुपेश पनि पछि पछि पस्यो। कोठाको ढोका बन्द भयो। प्रतापको मनमा कौतुहलता बढ्यो। ढोकामा उभिएर भित्रको आवाज सुन्ने प्रयास गर्छ । चकमन्न ... आवाज बिहिन। दस मिनेट बितिसक्दा पनि कोहि निस्केन। प्रतापको मनमा इर्स्या.. आक्रोश बड्दै थियो। निता..! प्रतापको आवाज निताले सुनिन। उत्सुकता र मनको रहर बोकेर गएको मान्छे निराश भएर फर्क्यो।  प्रताप निताको फोनको पर्खाइमा थियो। सातौ दिनमा घण्टी बज्यो ...  खुशी हुदै प्रताप बोल्यो.. हेल्लो... दाइ नमस्ते, निता तपाइको मा छे? चार दिन भयो.. खोजेको । प्रतापको गला अबरुद्द भयो। टेबुलमा भएको पानी पिउछ। सम्पर्क नभएको निकै भयो रुपेश जी। त्यहा आईन भने खबर गर्नुस है दाइ। हुन्छ .....। प्रतापको भित्री मनले बोल्यो.. अब निता भेट्टिन्न.. । हप्ता ,महिना, बर्ष बिते रुपेश सङ निताको बारे जानकारी लिन प्रयास गरेको। रुपेश पागल हुन मात्रै बाकी थ्यो ... कहाँ मात्र भौतारेन। रुपेशको क्षमताले भ्याए सम्म भर मग्दुर प्रयास गर्‍यो ... केही सीप लागेन। अन्ततोगत्वा .. रुपेश थला पर्‍यो ... निता बेखबर र बेपत्ता भई।
प्रतापको धेरै केटिसाथी थिए .. दुई चारवटी सङ प्रेमको रफु चक्कर पनि चले ... प्रेम सफल भएन । बिबाहको लागि घर परिवारबाट दवाब दिइए .. बिबाह प्रस्ताव अस्विकार गर्‍दथ्यो। परिवारलाई सधैं एउटै उत्तर दिन्थ्यो ... आजिवन बिहे नगर्ने।
पशुपतिनाथ मन्दिरमा ..धेरै समय पछि कोपिला आमासङ प्रतापको भेट हुन्छ। कोपिलाको हालखबर जान्न खोज्छ। आमा भावुक बन्छिन.. । सबै भताभुङग भयो प्रताप बाबू.. के भो र त्यस्तो। तपाईंलाई भेट्न निक्कै कोसिश गरि... हो र आमा .. म त बाहिर गाको थिए। आमा .. एक कप तातो चिया खादै गफ गरौ न हुन्न? हुन्छ बाबू ...। अनि आमा भाको के हो... कोपिला ठिक छिन् नि ..? अहिले त ठिक छे। ... दोष त त्यस्को पनि हो.. के गरिन र.. बच्चा भए पछि प्राय माइती तिरै बस्थी ... त्यतैको काजी भन्ने केटो शीत पिरेम गरिछ। कोठामा दुई जना ढोका लाएर बसिरहेका बेला ज्वाइँ पुगेछन। कोठा बाहिर अपरिचित ब्यक्तिको जुत्ता देखेछन। ज्वाईंले हाम्रा बुढालाइ बोलाए ... बुढाको रीस बाबूलाई नि थाहा छ नि .. कोपिला लाई कुट्नु कुटे ... यति कुटे कि कोपिला बेहो भई... अनि तपाइले रोक्नु भएन त त्यसरी कुट्न पाइन्छ... अपराधी बुढा। म भाको भए त छुनै दिन्नथे नि। मलाइ खबरै गरेनन। अनि... ...
त्यस पछि पुलिसकोमा मिलाउने प्रयास भयो। बरु मर्छु ... त्यो (ज्वाइँ) सङ बस्दिन भनेर अडान कसि। ज्वाइँ पनि राम्रो मान्छे त होईन बाबू ...। हाम्रोलाई मात्रै राम्रो लागेको। सोझो छ रे.. कम्ताको घुस्घुसे छ.. हामी आमा छोरीले चिन्या छौ। छोरी नै ज्वाइँ सङ नबस्ने भए पछि पारपाचुके गर्ने निधो भयो। बाबू... त्यो ज्वाइँ भनाउदो कस्तो साप भएर निस्क्यो भने.. त्यस्का बाउ र काकाहरु लिएर एका बिहानै घरमा आए.. मेरी माइली छोरीको हात माग्न... मैले आँखा देखिन र प्रतिबाद गरे। गल्ती हाम्रो रे ... उस्को नाति हेर्न माइली दिनु पर्‍यो रे।  माइलीसित नाति झ्याम्मिन्थ्यो। माइली पनि माया गर्थी। बाउ चाहिले हुन्छ भन्दे.. मैले एक पटक छोरीलाइ सोध्नु पर्छ भनेर टार्ने प्रयत्न गरे। ज्वाईं बिचमा बोले .. सोध्नै पर्दैन ,हामी बिच प्रेम सम्बन्ध छ। उसैले सल्लाह देकि हो। हाम्रो मुखमस बुझो लाग्यो। लाजमर्दो भयौ।  कोपिलाको बाउ जुरुक्क उठे.. पुजाथाली लिएर आए त्यही माइलीलाई टिको टालो गरेर मारे पस्प पाले पुन्य भनेर बिदा गरि  दियौ । 
अनि कोपिला नि आमा.. कोपिलालाइ काजीले लग्यो बाबू। अहिले दुबैको राम्रो छ.. काजीले सुख सङ राखेको छ। बाबुलाइ सधै सम्झिन्छे.. भेट्नु भयो भने फोन नम्बर मागेर राख्नुस भन्थी .. म फोन बोक्दिन आमा ।                                                                                  -lalit khadka




Kalbhairab

                                          Kathmandu#Kalbhairab Temple#Historic Place
                                          picture-Lalit

Saturday, January 21, 2017

basantapur# gaijatra#thirdgender


                                         festival# gaijatra# basantapur#kathmandu
                                         photo- lalit

Thursday, January 19, 2017

Third Gender


मानव सभ्यताको लिखित ईतिहास पाँच हजार बर्ष र त्यो भन्दा अघिको पाँच हजार बर्ष गरि जम्मा दश हजार बर्ष हो I मानिसले जीबनमा खुशी हुने उपाय खोज्ने क्रममा धर्मलाई रोजे I धर्मले सिमित मान्छेलाई मात्र खुशी दियो ,कार्ल मार्क्सले राजनीतिक सिद्धान्त प्रतिपादन गरे ,मानिस राजनैतिक दर्शनले मात्रै खुशी रहन्छन भनिएता पनि हुन सकेन I त्यसपछि विज्ञानले मान्छेको सबै सपना पूरा गर्छ र मानिस हासी खुशी रहनेछ I

   दुई देखि तीन सय बर्षको समयमा विज्ञानले चमत्कार गरयो तर मान्छेलाई झन तनाब बनायो , मानिस खुशी रहन अनेक बाद दर्शन को खोजिमा रुमलियौ ,अब नयाँ तथ्य बाहिर आयो ,खुशी रहने एउटै उपाए हो नकारात्मक सोच त्यागौ I दबाबबाट टाढा बसौ I सकारात्मक सोचले खुशी अवस्य प्राप्त हुन्छ I
                                                                                                                   --ललित (lalit khadka)

Wednesday, January 18, 2017

diving

                                          pond# kumveshor# temple
                                          photo - Lalit

Symbol Of Peace - Swayambhunath Stupa

     

     Photo by - Ankeet Dhoj Khadka

Story-Palayan

                                                                   कथा


     २०५७ माघ महिना नयाँ कम्पनीमा जागिर को पहिलो दिन। कठ्याङृने जाडो, तुसारो परेर सेताम्मे भएका थिए खाली जमिनको झारहरु... अपिललाई जाडोको प्रवाह थिएन मौसम चिसो भए नि उ तातिएको थियो । निकै उत्साहित ,उमङ बोकेर..सकेसम्म अन्य भन्दा अघि पुग्ने हतारो।
समयअगाडि नै कम्पनी को गेट बाहिर एक घन्टा  उभिएर बस्यो। पालेले नौ बजे को जनाउ दिएको थियो।
कम्पनी भरी डोजर , एक्साभेटर, रोलर,ट्रक जस्ता निर्माणका मेसिनहरु यत्रतत्र थिए! यति धेरै हेभी इकुप्मेन्ट कहिल्यै उस्ले देखेको थिएन ! आफूलाई के काम जिम्मा दिने हो, राजनिती र समाज्सास्त्र मा स्नातक ... पढेको विषय र कार्यछेत्र अ्मिल्दो।अचम्मित भएर मनमनै सोच्यो! 
   टीइ...ट! अपिलको नजर छेवै मा अडेको गाडीमा अडियो , गेटखुल्यो.. पालेले धुलो उड्ने गरि खुट्टा बजारेर सलाम ठोक्यो। बिस्तारै एक पछि अर्को मोटरसाइकल भित्र पसे। पैदल आउने हरु सानो गेट बाट जाने रहेछन् ,अपिल पस्न लाग्दा पालेले रोक्यो।
भण्डारी सरले बोलाएर आएको भनेपछी जाने अनुमती पायो। भण्डारी सर तिनै रहेछन् जो सबै भन्दा पहिले गेट भित्र पसेका थिए । भण्डारी सर लाई अभिबादन टक्र्यायो।
टेबलमा रहेको फोन उठाए.... गरुड ! एउटा भाइ आउउछ भेट है! भण्डारी सर को आदेश मानेर अपिल गरुड को कोठा तिर लाग्यो। 
अपिल: सर भण्डारी सरले .... वाक्य पूरा नहुदै गरुड : ए एकै छिन है सर... गरुड सामनाको लिस्ट चेक गर्न ब्यस्त थिय। अपिल नजर घुमाउन थल्यो मेसिनरी पार्ट्सहरु तखता मा मिलाएर राखिएका ,अपिलले सहजै अनुमान लगायो गरुड जिले स्टोर सम्हालेका रहेछन् । गरुड... त्यो पि सि १०० को पार्ट्स आयो? मोटो र भद्दा आवाज, चिल्लो कालो बर्ण, लगभग ८०/९० किलो वजन, र ५ फिट९ इन्च जति उचाई भएको मान्छे गरुड को कुर्सीमा गएर थचच्क बस्यो।
उस्को ब्यक्तित्व हेर्दा डरलाग्दो देखिन्थियो। मुहार चाहिँ कालो अनुहारमा सेता दात मुस्काइ रहने!
पार्ट्स आयो सर! गरुडले उत्तर दिए। गुड...भोलि फिट गराउला, गोबिन्दलाइ बिहानै बोलाउ... अजङ्गको शरीरले कुर्सी छाड्दै हिड्यो। हस! गरुड्ले उत्तर दियो।
   सर आज यसो कम्पनी घुमौ, भोलि अमीर सर आउनु हुन्छ उहाँ ले साइट देखाइदिनु हुनेछ ... अपिल तिर हेर्दै गरुड्ले भन्यो। साइटमा काम चाहिँ के हो ? अपिल ले प्रश्न गर्यो। 
गरुड - साइट्को रेखदेख गर्ने सर।
  अपिल स्टोर बाट डोजर मर्मत भएको स्थान तिर लाग्छ । अपरिचित अनुहारहरू ... नजर घुमाउदै अपिल टहलिन्छ। मिस्त्रीहरु आआफ्नो काममा तल्लीन थिए ।सबैले गाढा रंग को एउटै पोसाक लगाएका थिए , ठुलो कम्पनी कर्मचारीहरु शान्त र अनुसासित थिए। स्टोरमा देखेको काले हातमा कालो बकस लिएर अपिलको छेवै बाट क्रस भयो। अपिल फिस्स हास्यो ..! बाग्मती नदि किनारमा कम्पनी भएकाले चिसो सिरेटो बहिरहेको थियो, सन्ध्याकाल हुँदै थियो अपिल ज्याकेट पछाडी रहेको हुड टाउकोमा लगायो..... कर्मचारीहरु कपडा फुकालेर हातगोडा धुन लागे मौसम चिसिदै थियो... मध्य जाडो को महिना पुस महिना। अपिल रिसेप्सन तिर छिर्यो, भित्तामा टागिएको घडीमा सवा पाँच हुँदै थियो... कर्मचारी र हाकिमहरु एक एक गर्दै बाहिरिदै गए। केही बेर अघिसम्म भरिभराउ स्थान सुन्सान र चकमन्न हुँदै थियो। महेश्वर सर.... भित्र बाट चर्को आवाज सुनियो, के भो.....धोक्रो आवाज को प्रतिउत्तर आयो। धोक्रो आवाज उहीँ अजङ शरीर भएको मान्छे थियो। महेश्वर रिसेप्सन भित्र पस्यो... भन किन बोलाइस.. ! रिसेप्सनमा बस्ने ब्यक्तीलाई सोध्यो। भण्डारी सरलाई फोन गर्नुस रे सर । महेश्वर टेबलमा भएको हेल्मेट उठाउदै.... कुनै प्रतिक्रिया नजनाइ आफ्नो बाटो लाग्यो। अपिलले सबै बस्तुस्थिती नियालेर बसेको थियो। सोच्यो..... कस्तो मान्छे हाकिमलाई पनि वास्ता नगर्ने! कौतुलता हुनु सोभाबिक थियो अपिलले रिसेप्सनिस्ट लाई सोध्यो.. को हो भाइ उहाँ ..? यस कम्पनिको हेड मेकानिकल इन्जिनियर हुन.. सबै जानेका छन तर घमण्ड छ । दुई बिच केहिबेर सम्बाद हुन्छ , गौतम रहेछ्न सबैका मध्यस्थता ... दिनभर फोन मा झुन्डिएर बस्ने काम ,मेसिनहरु कता छ, कहाँ पठाउने ... हेर्दा सहज लाग्ने तर निकै जिम्मेवारी कार्य। साझ छिपिदै थियो त्यतिकै चिसो पनि .. बिहान भेटने गरि दुबै आ- आफ्नो गन्तब्य तर्फ लागे।
बिहान सबेरै साइट जानुपर्ने हुँदा अपिल तयार भएर घरबाट निस्कन्छ । बाटोमा गाडी एकाध चलेको थिए , सुन्सान सडक ... बाक्लो कुहिरो लागेको थियोे । नाकबाट निस्केने तातो सास बाफ जस्तै देखिन्थियो।
   गाडी पर्खनु भन्दा हिडेरै जाने निर्णय गर्यो । लामा लामा पाइला नाप्दै एक घन्टा मा अपिल कम्पनी पुग्छ । 
गेटमा अधबैसे ब्याक्ती चुरोटको सर्को लिदै उभिरहेको थियो। अपिलले अनुमान लगोयो त्यो ब्याक्ती अमीर सर हुनुपर्छ .. छेवैमा पुग्छ । अपिल - नमस्कार सर! हजुर अमीर सर.... चुरोटको ठुटो जमिनमा फ्याकेर जुत्ताले थिचेर निभायो र बोल्यो हो । जाउ अब भन्दै भट्भटे तिर लम्क्यो। अपिल पछि लाग्यो। यामाहा एस्कर्ट रङ कालो । ढुर.... र..र ! अपिल पछाडी बस्छ। भट्भटे गेट बाहिर निस्कन्छ ....!

   कम्पनी बाट सय मिटरको दुरीमा दुइटा बाइक आम्ने सामने रोकिन्छ अपिल चढेको सामनेको बाइकमा महेश्वर रहेछ। सर एका बिहानै अमीर प्रस्न गर्छ ... अमीर महेश्वर भन्दा पाको देखिन्छ । सम्बोधन पद्को लागि हुनुपर्छ । महेश्वरको बाइक साइड लाग्छ .. बाइकले धन्न वजन धानेको ... बाइकलाई मान्छे र मान्छेलाई बाइक नसुहाउने। बाइकको स्ट्यान्ड जमिनमा टेकाउदै .. महेश्वर - आउ एक कप  चिया खाउ । अमीरले चियाको प्रस्ताव सहर्ष स्वीकार गर्छ । जाडो छ चिया खाएर जाउ है। अपिल ले हुन्छ भन्नू को विकल्प थिएन ... तिनैजना मिठाई पसलमा छिर्छन। चियाको त बहाना मात्रै थियो । चिया अर्डर हुने बित्तिकै  महेश्वरले सुर्य चुरोटको बट्टा अमीरतिर तेर्सायो, बट्टाबाट एक खिल्ली निस्क्यो.. अपिलको पालो ! म पिउदिन सर.. महेश्वर फिस्स हास्दै खिल्ली ओठ मा च्यापेर सल्काउछ । अमीरले सल्केको चुरोटले आफ्नो चुरोटमा ठोस्छ। वरिपरि चुरोटको सर्कोले धुवा फैलिएको थियो । पसलेले टस्स ..टस्स अघिल्तिर चिया राखेर जान्छ ।  एक घुट चिया एक सर्को धुवाँ.. अपिल तिर हेर्दै महेश्वरबोल्छ ... तिम्रो नाम के हो? 

अपिल- मेरो नाम अपिल के सि हो सर... हिजो देखि काम मा लागेको। चुरोटको ठुटो  छ्वैमा भएको एस्ट्रेमा राख्छ .. पुन :महेश्वर प्रश्न गर्छ.. कहाँ बस्छौ?
   अपिल- पुरानो बानेश्वर मा घर छ। जुरुक्क उठ्छ , अघिल्लो खल्ती बाट सय को नोट निकाल्छ । अमिर पैसा देउ। अमिर चियाको पैसा तिर्छ महेश्वर फिर्ता आएको पैसा नलिइकन बाइक तिर लम्किन्छ। नमस्ते ... छेवै बाट आवाज आउँछ। ओ... नमस्ते, अमीरले हात तेर्साएर गणेश सङ मिलाउछ। हाम्रो सर लाई साइटमा राम्रो शीत सिकाइदिनुस है अमीर सर... हा...हा..हा फिकर नगर्नुस् गणेशजी । हैन त ... ल सर शुभकामना हजुरलाई , एक अर्काको हात मिलाउदै छुट्टिन्छन । 
  गणेशजी .... हमेशा प्रफुल्ल रहन्छन्। कुनै शुभ कार्ये गर्नुपर्दा श्रीगणेश गरिन्छ .. त्यस्तै ! बिहान सबेरै कम्पनी  पुग्ने र बेलुकी सबैभन्दा अन्तिममा निस्कने , बिरामी परेर थलिए भने मात्र आराम गर्दथे । आराम र छुट्टी त उनको शब्दकोषमै थिएन । एक हिसाबले कम्पनीको चाबी थिए । कम्पनीका मालिकहरु सबैलाई रिझाउन सफल थिए । महेश्वरको त गणेश नभए हातै भाचिन्थियो । यो चाहियो र त्यो चाहियो गणेश ... हस सर... म गरिहाल्छु नि सर... यी शब्द बाहेक बोल्न जानेन । गणेशको पनि स्वार्थ थियो , महेश्वरसङ काम सिक्ने । महेश्वर बिहान आएको बेला गणेशको कोठामा खाना खान्थ्यो । गणेशको परिवार पनि महेश्वरलाई परिवारको सदस्य सरह मान्दथे। गणेशको पत्नीलाई भाउजु भनी सम्बोधन गर्दथियो भने छोराछोरीलाई बाबू नानी । महेश्वरको बिबाह भएको थिएन । घरमा बाउ आमा मात्रै थिए । बिहे गर्ने उमेर बितिसकेको थियो, बिहेको प्रस्ताव पनि आएका थिए तर कानमा तेल हालेर बस्यो। कम्पनिका एक जना डाइरेक्टरले सिभिल इन्जिनियर पास गरेकी केटीसङ बिहेको कुरा गरेछन। केटी पट्टीबाट महेश्वरको घर परिवार र पेशा थाहा लागे पछि कुरा अघि बढाउने संकेत आयो। केटी हेर्न महेश्वर गणेशलाई साथै लिएर गयो। दुबैबिच केही मिनेट सम्बाद भयो । महेश्वरलाई केटी चित्त बुझेन । घर सल्लाह गरि खबर गर्छु भन्दै महेश्वर निस्कियो। गणेशले अनुहार पढ्यो, सधैं हासिरहने मुहारमा खुशी झल्केको थिएन । महेश्वर गणेशको नजिक पुग्छ ! हिड.... !गणेश नबोली बाइक पछाडि सिट्मा बस्छ। बाइकले सानेपा देखि तिनकुने सम्मको दुरि तय गर्छ । बाइकमा सवार चालक र यात्री दुवै मौन। 
   अफिसको पार्किङमा बाइक रोकिन्छ। दुई बिच मौनता कायम थियो। सरासर स्टोर तिर लाग्छन् .... स्टोरको  रयाकमा हेल्मेट राख्छ... आबेगमा महेश्वर बोल्छ ...! गणेश त्यो केटीसङ तिमी बिहे गर ! त्यो शब्द सुन्ने बितिक्कै गणेश छक्क पर्छ , अनुहारमा रीस प्रष्ट झल्किएको थियो। थुइक्क बुद्धि ...! मनमनै गाली गर्छ ।  रीस नियन्त्रणमा राख्छ। सरले के कुरा गर्नु भा.. मेरो परिवार देख्नु भाको छ। आइन्दा यस्तो कुरा नगरौ सर। महेश्वर - हे..  नरिसान ..जोक गरेको।
महेश्वर काठमाडौको रैथाने... नेवार समुदाएको  प्रतिनिधि पात्र। एक्लो छोरा । बाउले बनाएको पुर्खेउली घर बेचेर चक्रपथ बाहिर              भैसेपाटीमा आधुनिक भवन किनेर बसेको थियो।  एउटै घरमा रहेर  पनि पारिवारी सम्बन्ध एक आपसमा प्रगाढ थिएन । बाउलाई  काम गर्नेले पकाएर कोठामै खाना पुर्याइदिन्थियो। महेश्वर प्राय बाहिरै खान्थ्यो। अफिस छुटे पछि रेस्टुरेन्ट र बार तिर बढी समय बिताउथ्यो। घरमा बास कमै थियो । कम्पनीको मेसिनहरु उपत्यका बाहिर भाडामा जान्थे। मेसिनको चेक जाँच र मर्मतसम्भार गर्न समय -समयमा जानुपर्ने महेश्वरको जिम्मेवारी थियो भने सिङापुर, जापान र भारत जस्ता मुलुकमा मेसिन र पार्ट्स को लागि जान्नै पर्दथ्यो।  घरको कुनै समस्या आइपरे महेश्वरको लागि गणेश ढाल बनेर खडा हुन्थ्यो। बिरामी बाउलाइ अस्पताल भर्ना गरिएको थियो। गणेश... म ब्यस्त छु, बाउको रेख देख गरिदेउ है... । महेश्वरको वचन गणेशले पुरापुर पालना गरेको थियो। छोरालाई भेट्न पर्यो भने गणेश मार्फत खबर पठाउथे । बाउ छोरा बीच चिसो सम्बन्ध। सर बुबालाई भेट्नु भो ? महेश्वर - भेटिसके ... सुधार भैराको छ। बिएन्ड्बी अस्पतालमा बाउ राखेको महिनौ बितिसक्दा पनि परिवारका सदस्यलाई रोगको जान्कारी थिएन,खर्च पानी को त के कुरा चासो पनि राखेनन। अचम्म लाग्दो परिस्थिति। अस्पतालमा कार्यरत महेश्वरको पिताको पुराना मित्रले उपचार गरिरहेका थिए। केही दिन पछि गणेश अस्पताल पुग्छ। महेश्वरको पितालाई वार्ड्बाट आइ.सि.यु मा सिफ्ट गरेको थियो। नजिकका आफन्त र चिन्जानका मानिस कतै थिएनन् । कोहि भेटिन्छन् कि भनेर गणेश चारैतिर चाहर्छ। चमेना गृह, औषधिपसल ... अह... चरो मुसो नभेटेपछि बुवा भेट्न् सरासर आइ.सि.यु तिर हानिन्छ। महेश्वरको बाउलाइ गणेश पनि बुवा भनी सम्बोधन गर्छ, उनले पनि गणेशलाई छोरा भनी बोलाउथे। जुत्ता फुकालेर हरियो रङ्गको गाउन पहिरिन्छ। बिरामीको छेउ पुग्छ... बुवा... कस्तो छ हजुरलाइ? बिरामीको अवस्था गम्भीर देख्छ। भेन्टिलेटर   लगाएर कृतिम स्वास दिइएको थियो। बुवाको आँखा बन्द थिए , निदाएको होला । गणेश सुस्त सङ हात छुन्छ ... पुन.. बुवा कस्तो छ ... हजुरलाई? आँखा गढिसकेको थियो, डिल वरिपरि कालो धब्बा थिए। अनुहारको रङ पहेलो थियो। पिर्लिक्क आँखा उघारेर गणेशलाई नियाल्छ! छोरा बोलाइ देउ! गणेशलाई लाग्यो अन्तिम क्षणमा महेश्वरको अनुहार हेर्ने धोको हुनुपर्छ । हस ... म सरलाई लिएर आउछु। जुस खाने बुबा? मौन स्वीकृति आउँछ... बाहिर निस्केर महेश्वर सिल्पकारलाई फोन गर्छ ...घण्टी जान्छ ... आवाज आउँछ  भन गणेश...! सर ! तपाईं छिटो अस्पताल आउनुपरयो । महेश्वर के भन्न खोज्दै थियो गणेश ले फोन काटिदियो। फलफूल पसलबाट फ्रेस मिक्स जुस लिएर सिल्पकार बुवा कहाँ पुग्छ। बुवा जुस ... आवाज शुन्य ... फोनको घण्टी बज्छ... हस.. म आइहाले सर।  हतारिदै बाहिरिन्छ। अस्पतालको मुल ढोकामा महेश्वर भेट हुन्छ। किन माथी नआउनु भाको सर! बुवा तपाईंलाई भेट्न खोज्दै हुनुहुन्छ। जानुस सर। महेश्वर - जाउला नि.. कस्तो छोरा होउ सर तपाई ... ल म हिडे ,तपाई जेसुकै गर्नुस गणेश जङिन्छ। गणेश रिसाएको ठान्यो । तिमी बस है .. म हेरेर आउछु.. महेश्वरलाई रत्तिभर पिर छैन ।करैले बुवा भेटभेट्न जान्छ । मुल ढोका नजिकै रहेको मन्दिर छेउ पुदा नपुग्दै गणेश ...महेश्वरको आवाज आउछ। गणेश -भेट्नु भो? अं... कुरा गरे.. ठिक छ अहिले! ए...! महेश्वर लाई मुख फोरेर गाली गर्ने मन थियो गणेशको ..सोच्यो के भन्नू यस्ता ... कुपुत्रलाइ ,मन थामेर बस्यो। महेश्वरले बुवालाइ नभेटी आएको गणेशलाई थाहा थियो। महेश्वर चुरोटको बट्टा झिक्छ। अस्पताल परिसर भित्र धूम्रपान निषेध थियो महेश्वर चुरोट पिउन बाहिर निस्कन्छ । एक पटक बुवालाइ भेटेर अफिस फर्कने निधो गरेर गणेश आइ.सि.यु तिर लाग्छ । भित्रबाट बुवालाइ हेरचाह गरिरहेको डाक्टर निस्क्यो। गणेश- कस्तो छ.... म प्रसाशनमा डिस्काउन्ट गरिदिन्छु, बाकी मिलाउनु होला। सिल्पकारजी अब हामीबिच हुनुहुन्न। गणेश हतारिदै महेश्वर खोज्न थाल्छ। दायाँबायाँ कतै देख्दैन। चिया पसलमा चिया र पप खाएर बसिरहेको थियो महेश्वर  । अतालिदै सर बुवा बित्नु भो! महेश्वरलाई कुनै पर्वाह थिएन न कुनै चिन्ता। अघि पछि झै सामान्य। चियाको घुड्की सक्छ ।  गणेश ... डेड बडिलाई के गर्ने ? कसैले नसोचेको र कल्पना गर्नै नसकिने वाक्य बोल्छ। गणेश प्याच्च बोल्छ... के गर्ने .. घरमा लगेर राखिदिउ। त्यो बाक्यले महेश्वरलाई झटका लाग्यो। पैसा छैन... कसरी ? त्यसो भन्नुस न त, तपाई बुवाको छेउ गएर बस्नुस म ब्यवस्था मिलाउछु। गणेशले खबर गर्नुपर्ने जति सबै लाई फोन गर्यो। भण्डारी सरले रकम जुटाइ दिने भए पछि लास निकाल्ने प्रबन्धमा लाग्यो। सम्पुर्ण खर्चको  पच्चीस प्रतिशत मात्र तिरयो। बाकी रकम डाक्टरले मिनाह गरिदिएका रहेछन्। बिल तिरेर फर्कदै गर्दा गणेशलाई महेश्वरको दिदि पर्नेले भेट्छे। महेश्वरले तपाईंलाई भेट्नु भनेको छन। किन..गणेश प्रश्न गर्छ । महेश्वरको व्यबहार र ब्यहोराले गणेश को दिमाग हल्लिएको थियो। पैसा दिन आउनु भाको हो... बिल दिदी तिर तेर्सिन्छ। दिदी अक्मकिन्छे... आवाज दबाएर हैन ...महेश्वरले सबै तपाईलाई अर्हाएको छ भन्थ्यो। गणेशको पारो चढ्छ। जवाफ फर्काउन उचित ठानेन। शवबहान खोज्न तिर लाग्छ । 
   दुइचार जना आफन्त र अफिसका स्टाफहरु मलामी बनेर आर्यघाट पुग्छन् । दाहसंस्कार सम्पन्न हुन्छ।महेश्वरलाई काजकृया गर्ने खर्चको पुरै ब्यबस्था गणेशले जोहो गरिदिछ।
  मुलुककमा सरकार र भुमिगत समूह बिचको सशस्त्र द्वन्द्व शिखरमा थियो । अपिल महिनौं सम्म उपत्यका बाहिर जिल्ला घुमिरहन्थ्यो। कम्पनीको काम ज्यानको बाजी लगाएर गर्दथ्यो। परिबार र बालक छोराको साथ गुमाउनु पर्दाको पीडा छँदैथियो। शहर केन्द्रित कामको खोजीमा थियो । त आट म पुर्याउछु भने जस्तो भयो । अपिलको पुकार भगवानले सुने। कम्पनीले केही महीनाको लागि एउटा बिदेशी प्रोजेक्टमा पठायो। बिदेशीसङ काम गरे पछि अपिल पुरानो कम्पनीमा फर्केन। सम्बन्ध चिसियो, सम्पर्क टुटेको थियो। 
निकै अन्तराल पछि पाँच तारे होटेलमा अपिलको गणेश  सङ  भेट हुन्छ। पहिलेको भन्दा हाउभाउ र चालढाल गणेशको फरक थियो। समाज परिवर्तनशिल छ स्वभाविक हो मानिस परिबर्तन हुन चाहन्छ र समय सङ चल्न सक्नु पर्छ । महेश्वरले कम्पनी छाडेको महिनौ  भैसकेछ। महेश्वरले छड्नु गणेशको राम्रो दिनको शुभारम्भ थियो। हाकिमको बिस्वासिलो पात्र भएर नै महत्त्वपुर्ण जिम्मेवारी प्राप्त गरेको थियो। हुदैन र सक्दिन जस्ता शब्द बोल्न जानेको थिएन । म गरिहाल्छु नि, भै हाल्छ नि हजुर भनेरै हाकिम साबहरुलाइ मख्ख बनाएको थियोे । मेसिनका अपरेटर, हेल्पर र सुपरभाइजरहरुको गणेशको नामले सात्तो जान्थ्यो।  गणेशको ब्यत्तित्व हत्तपत्त कसैले हेप्न नसक्ने खालको थियोे । अग्लो कद, मिलेको शरीर, सिपाइको जस्तो कपाल कटाई र स्पष्ट बिचारले गणेशलाई अगाडी बढाउन मद्दत पुगेको थियो।
  अपिलले पुरानो कम्पनी छाडेको पुरै दशक बितेको थियो भने बिदेशी प्रोजेक्ट पनि बन्द भएको थियोे। सयोग.... अपिल पुरानै कम्पनीमा फर्कन्छ। कामको जिम्मेवारी पहिलेको भन्दा फरक  थियोे। अनुभवको आधारमा महत्त्वपूर्ण पद हासिल गरेको थियो। साइट्लाइ चाहिने सम्पुर्ण गाडी घोडा गणेशले पठाउनु पर्ने हुँदा दैनिक कुराकानी भैरहन्थ्यो। बहत्तर साल बैशाख १२ को महाबिनासकारी भुकम्पको  कारण काम लगभग ठप्प थियो। मजदुर, अपरेटर् कर्मचारीहरु प्राय सबैले राजधानी त्यागेका थिए । कोलाहल शहर शुन्यतामा परिणत भएको थियो। काम नभए पछि समय  कटाउन अपिललाई मुस्किल भयो। गणेश काम भए पनि नभए पनि अफिस पुग्ने गर्थें । 
हेल्लो....! अपिलले गणेशलाई सम्बोधन गर्‍यो। गणेश  ईन्टरनेटमा समाचार पढ्दै थियोे ओहो .. नमस्कार सर। कुर्सीबाट उठेर एकाआपसमा हात मिलाउछन। सर कालो चिया पिउ ? अपिल ... अघिल्तिरको कुर्सीमा बस्दै ... हुन्छ ।  सर एकछिन है..अफिसमा कोहि नभएकोले चियाको अर्डर गर्न आफैं जान्छ । 
  साइट् बन्द हैन त सर.. गणेश आफ्नो कुर्सीमा बस्दै प्रस्न गर्छ । ठप्पै हो नि। हैन त... गणेशको थेगो। चिया लिउ सर ... । चिया पसलेले टेबलमा राखेर जान्छ। चिया पिउदै भुकम्पका विषयको कुरा हुन्छ । अपिललाई महेश्वरको बारेमा जान्ने उत्साहित  थियो। अं .. साच्चै महेश्वर सर कता हो, के गर्दै हुनुहुन्छ?
   कुरा नगरौं सर.. भनिसाध्य भए पो ! सुनेको.. आफ्नै एक्साभेटरहरु छन रे नि... अपिलले उत्प्रेरित गराउछ। 
थिए... अहिले छैन। गर्नु जति सबै गर्‍यो। गणेशको शब्दमा आक्रोश भरिएको थियो। यही बसिरहेका भए काहा पुग्थ्यो। अफ्सोच... दुख पायो। त्यसलाई बाउको सराप लाग्यो। हाम्रो कन्पनी चाहिँ किन छडेको रे ? अपिल सोध्छ? सनक चडेको.. भनेको जति तलब पाए बस्छु नत्र छाड्छु .. महेश्वरको कुरा पूरा नहुदै... भण्डारी सरले ओके यु क्यान लिभ, फैसला गरिदिए। अरुको लहड्मा महेश्वर बहेको थियो। परिणाम उल्टो भयो। कम्पनी छाड्नुको बिकल्प थिएन । 
   महेश्वरले काम गरिरहेको अफिस तुलनात्मक रूपमा पहिलो जस्तो राम्रो थिएन । गणेशलाई बारम्बार फर्कनको लागि भनिरहेको थियोे। गणेशको सिफारिसमा महेश्वर पुरानै अफिस फर्कियो। आफू सङ रन्जित थैब नाम गरेको असिस्टेन्ट पनि साथै ल्याएको थियो। महेश्वर पहिलेको महेश्वर थिएन। उ को जोस,जागर नासिसकेको थियो। रन्जितले महेश्वरको काम गर्दथ्यो। महेश्वरको शैली र व्यबहार अफिसका सबैले निहाली रहेका थिए।समयले यो जगतमा कसैलाई पर्खदैन। समय आफ्नै गतिमा हिडिरहन्छ।  महेश्वर समयसङ हिंड्न् सकेन अथवा चाहेन। पछाडी धकेलिदै गयो । रन्जितले लगभग सबै काम जानीसकेको थियो भने महेश्वर गणेशको खटनमा सिमित थियो। साझ पाँच बजेको थियो, महेश्वर गणेशको अफिसमा गफ गरेर बसेको थियो। रन्जितको प्रवेश हुन्छ। सर.. भोलिबाट तपाईंलाई अबकास दिने रे! गणेश छक्क पर्छ। कस्ले दिने.. गणेशले प्रश्न गर्छ। प्रधान सरले भन्नुभएको। रन्जितको त्याहाबाट प्रास्थान हुन्छ। एक्कासि ... त्यस्ले मलाई निकाल्नु भन्दा पहिले म रिजाइन दिन्छु। महेश्वर मुर्मुरिन्छ.. इमेल गरिहाल्छु। आबेगमा नाआउ सर... म प्रधान सरलाई फोन गर्छु। अलि नर्मल हुँदै महेश्वर .. ही.. हे... फोन नगर । म आफै कुरा गर्छु । 
भोलिपल्ट बिहान आठ बजे गणेशको फोन को घण्टी बज्छ... हेलो गणेश! नमस्कार हजुर .. त्यो महेश्वरले त इमेलबाट रिजाइन गर्‍यो त.. के भएछ? खै .. थाहा भएन सर.. गणेश अन्जान बन्यो। 
   प्राबिधिकहरु लाई काम पाउन गार्हो हुदैन। उनीहरुको हतियारनै सर्टिफिकेट हो। ख्यातिप्राप्त जापानी मोटर कम्पनीमा महेश्वरको प्रवेश हुन्छ।नेपालको एक मात्र आधिकारिक मोटर बिक्रेताको मेकानिकल प्रमुख भए पछि महेश्वरको भुइँमा खुट्टा हुदैन। पर्याप्त सुबिधा पाउछ। बिलासी कार, सेक्रेटरी आदि। कामकै सिलसिलामा युबराज पन्त सङ महेश्वरको हिमचिम बढ्छ। उ पेशाले सिभिल इन्जिनियर र ब्यबसायी हो। बिलासी जीवन जिउन कस्लाइ रहर नहुदो हो। महेश्वरले  घर बेच्छ। काठमाडौबाट ल.पु फेरि काठमाडौको चल्तीको ठाउँमा आवास खरिद गर्ने रहर। नयाबानेश्वोर पेरिफेरीमा दुई करोडको आलिसानक भवन आफ्नै नाममा खरिद गर्छ।
महेश्वर गणेशको लागि भालुको कन्पट भैसकेको थियो।मेकानिक र पार्ट्स को हिसाब महेश्वरले तिरेको थिएन। भोलि ..भोलि भन्दै टारेको थियो। कम्पनीको रकम भएकोके गणेशलाई अप्ठेरो परेको थियो।  रकम उठाउनु थियो। सिधा औलाले घिउ निस्कने सम्भावना न्यून थियो। महेश्वरको अफिसमा गणेशको भेट हुन्छ। गणेशको कडा प्रस्तुति... महेश्वरको अनुहारमा रङ परिबर्तन, बिबस भएर.. फोन गर्छ.. रिना.. गणेशलाई पाँचलाखको चेक देउ। चेक तयार भयो। चेकमा सहि रिनाकै... गणेश तीनछक पर्छ। महेश्वरको खाता रिनाले चलाएको उसलाई चित्त बुझेन। दायाँबायाँ कतै नहेरी गणेश बैंक जान्छ। केही दिन अघि महेश्वरलाई भेट्न् जादा रिनालाइ महेश्वरको कोठामै देखेको थियोे। सोच्यो बिहे गरेछन्। 
  जय गणेश .. जय गणेश .. मोबाईल बज्छ। गणेशजी .. युबराज पन्तको आवाज। निकै अत्तलिएको थियो आवाज। हजुर सर.. त्यो काले कहाँ छ? मलाई बर्बाद बनायो। कस्लाइ भन्नुभएको सर.. गणेश जान्न खोज्छ । महेश्वर डाका । युबराज नवलपरासीको फ्याक्ट्री जादै गर्दा डिसिबिएल बैंकको फोन आउँछ। एक बर्ष देखि एक करोड बीस लाखको सावाँ र ब्याज तिर्न आउनु होला। खबर सुने लगत्तै युबराजलाई भनन रिंगटा लाग्छ । गाडी साइड लगाएर सासै नफेरी बोतलको पानी घट..घट पिउछ। गणेशले सान्त्वना दिन्छ.. सर .. चिन्ता नलिनुस म हजुरलाई अफिस देखाइदिन्छु। बिस्तारै फर्कनुहोला। ॠण महेश्वरले लिएको थियोे बङगला खरिद गर्न युबराजको फर्मबाट। फर्म संचालकलाई पत्तो थिएन। गणेशको सहयोगमा युबराजको महेश्वरसङ भेट भयो। युबराजले ऋणको कुरा गर्‍यो। तिरौला नि.. केही नभएको जस्तो साधारण व्यबहार महेश्वरले प्रस्तुत गर्छ।  बिस्तार -बिस्तारै महेश्वर सम्पर्क बिहिन हुन्छ भने युबराज चिन्तित। खाइ न पाई छलाको टोपी लाई जस्तो भयो युबराजलाई। युबराजले गणेश बाहेक कसैलाई कुरा गरेको थिएन। पतिको अवस्था देखेर श्रीमती पन्तले रहस्य पत्ता लगाइन। एकाएक महेश्वर अपहरण हुन्छ। एक हप्तापछि अपहरण मुक्त पनि ... युबराजको ऋण चुक्ता भयो भने महेश्वर सडकमा .. न घर न डेरा । खातामा भएको बीस लाख रकम लिएर रिना पनि अर्कै केटा सङ फरार भएकी थि। 
महेश्वरको आमाको निधन भएको खबर गणेशले थाहा पायो। बिरामी आमाको महेश्वरले कहिले वास्ता गरेन। अन्तिम क्षणमा पनि आमाले छोराको अनुहार देखिनन। सर .. तपाई कता हो... गणेशले फोनमा सोध्छ। महेश्वर - म त हेटौंडा तिर छु.. आमाको निधन भयो .. छिटो आउनुस।  म त आउन समय लाग्छ .. तिमी पशुपति लगेर जलाउदै गरन। हे भगवान .. कस्तो कुपुत्र जन्मेको रहेछ.. बरु गर्भमै तुहिएको भए हुन्थ्यो। रिसले अँखा देखेन.. गणेशले जवाफ दिन्छ। नेवारी परम्परा अनुसार गुठियार को सस्कार मान्नु पर्छ । बाहिरका मन्छेको अधिकार हुदैन ।तपाइको आमाको लास जे सुकै गर्नुस्  , म हिडे। गणेश निश्चिति थियो, फेरि पनि पैसाको प्रबन्ध गरिदिनु पर्छ। साथीहरूलाई खबर गर्छ। एक घन्टाको अबधिमा साथीहरूले पैंतालीस हजार रुपैया जम्मा गरि गणेशको हात मा दिए। जे भए पनि आमाको लास सबैले रुगेर बसे। साझ पख लुसुक्क महेश्वर आइपुग्छ। गुठीको वास्ता नगरी लास शवबहानमा राखेर आर्यघाट पुर्याउछ। महेश्वर मौन बस्छ। क्सो गर्ने के गर्ने ,कस्लाइ के भन्ने गुमनाम। मान्छे हो कि पशु .. शोक न सुर्ता.. बिन्दास। आर्यघाटको खर्च सहयोगको रकमले पुग्यो । आर्य,छेवैको क्रियापुत्री घरमा बस्ने चाजो पाजो मिलाए, बचेको नौ हजार गणेशले हातमा  हालिदिएर बिहान आउने बाचा गरेर सबै घर लाग्छन् ।
   गणेश एकाबिहानै पशुपति पौग्छ। कोठामा महेश्वरलाई  देख्दैन। आखा चारैतिर डुलाउछ कतै नभेटेपछि त्यहीँको कार्यलयमा बुज्दा राती नै मान्छे सुइकुच्चा ठोकिसकेछ। त्यो भन्दा सरमनाक कुरा अरु के नै हुन्थ्यो। गणेशलाई नाम सम्झदा पनि घृणा लाग्यो । खल्तीमा भएको मोबाइल निकाल्यो .. महेश्वर... आखा तिर्मिरायो। ...महेश्वरको नाम सधैंको लागि डिलिट गरिदियो।
अफिसमा महेश्वरलाई खोज्न आउनेको संख्या बढ्न थाले। काठमाडौमा जान पहिचानसङ ॠण नलिएको बिरलै थिए। गणेशको सबैलाई एउटै उत्तर थियो .. खै थाहा छैन ।  गणेशलाई महेश्वर माथी बिश्वास हटिसकेको थियो। मनमा एउटा डर थियो । के भर कतै छोराछोरी नै अपहरण गर्छ कि.. चिन्ताले चितामा पुर्याउन के बेर तीन दिन भित्र बर्सौ देखि बसिसएको स्थान छाडेर आफ्नो परिवार सहित डेरा सार्छ।
   अनि  सर अहिले कहाँ छन त महेश्वर ... अपिल पनि भावुक हुँदै सोध्छ। 
सुन्छु इन्डिया भौतारिरहेको छ रे....... ।                                            Story by- Lalit Khadka

स्वयम्बर

 देवता र दानव बिच युद्ध पश्चात् यौटा सम्झौता हुन्छ समुन्द्र मन्थन बाट प्राप्त अमृत बराबर बाड्ने। समुन्द्र मन्थनको लागि बिष्णु भग्वानले गरुड ...