Tuesday, January 24, 2017

STORY- NIYATI

                                                          कथा -नियति  !
                                                                                                                                       ललित खड्का
                      साईबरको सुरुवाती दिन थियो I राजधानीमा साइबर केन्द्रहरु यत्रतत्र खुलेका थिए I युवा युवती
हरुको इन्टरनेट प्रतिको लगाब बढ्दो थियो I समाज परिबर्तन सिल छ I जमाना अनुशार केहि न केहि परिबर्तन भैरहन्छ I मानिस समय अनुसार हिडेन भने पछाडी धकेलिन्छ र युग अनुसार चल्नु पर्छ भन्ने हेक्का प्रतापलाई थियो I प्रताप अफिस समय पछि इन्टरनेट चलाउन साइबर जान थालेको थियो I गूगलको सर्च इन्जिनमा नेपाली हस्तकलाको अवस्था  विश्व बजारमा के छ भनेर सर्च गर्दै थियो I सर्बर जाम … रिलोड गर्छ I टिरिङ्ग … टिरिङ्ग … मोबाइलको घन्टी बज्छ। सुची दर्ता नभएको नम्बर थियो। नेपालमा मोबाइल बोक्नेको संख्या निकै कम थियो। पोस्टपेड सेवा मात्र उपलब्ध थियो। मोबाइलमा घन्टी बज्दा दायाँ बायाँका मान्छेले हेर्थे , मोबाइल बोक्नेको फुर्ति बेग्लै थियो। प्रतापले फोन नउठाउने प्रश्नै थिएन। हेल्लो…महिलाको आवाज थियो। महिला… को बोलेको ?  प्रताप हो ? हजुर म प्रताप बोल्दै छु.… तर को बोल्नु भो, मैले चिनिन ! के हो.….म निता बोलेको … के जिस्किराको ! प्रताप - कति नम्बरमा गर्नु भाको ? निता -तपाइँ प्रताप शाही होइन। म त प्रताप थापा परे निताजी। ला.… सरी है। प्रताप - केहि छैन.। प्रतापले फोन काट्छ । धेरैबेर कुरा गर्नु पैसा गुमाउनु थियो आगमन कलको पनि पैसा लाग्थ्यो।
  प्रतापलाइ मन परेको केटिको अन्तै बिहे हुदै थियो।कोपिलाको हतारो र चटारोमा बिहे होला भनेर प्रतापले सपनामा पनि सोचेको थिएन।  उमेर नै कहा पुगेको थियो र पन्ध्र पुगेर सोह्र टेकेकी थिई। प्रताप र कोपिला बीच पांच बर्ष को भिन्नता थियो।कोपिलाको पढाइ लेखाईमा कम्जोर थिइ,पढाईलाइ निरन्तरता दिन सकिन। घरको धन्दा सबै गर्थी, आफु भन्दा मुनिका दुई बहिनि र एउटा भाईलाई सम्हाल्थिई र भ्याएको समयमा नेपाली  कागज  कारखानामा लोक्ता सफा गर्न जान्थी। प्रताप त्यहि कारखानाको मालिक थियो। कोपिलालाइ देखे देखिनै आकर्षित भएको थियो। अव्यक्त प्रेम प्रतापले कोपिलाको आखाको भाव बुझिसकेको थियो। दुबैको आखा आखा  बोलिरहेको  थियो। कोपिलाको ओठमा हास्ने र आखामा नाच्ने रहर.…रहर मै सिमित हुदै थियो.। कोपिला फक्रे पछि घरजमको सोच बनाएको थियो प्रतापले …एकाएक परिस्थिति फेरियो। तपाई जसरी नि आउनु  पर्छ है सर ,प्रतापलाई  बिहेको निम्तो फोन बाट  आउछ। कोपिलाको बिशेष आग्रह  थियो। बिबाह बनेपाको चंडेशोरी मन्दिरमा थियो। कोपिलाको सिउदो अरुले रङगाएको हेर्ने साहस प्रतापमा थिएन।  बिबाहको दिन बिहानै दुलहीको घर पुग्छ , बिबाह घर सामान्य थियो कुनै झकिझकाउ र सजावट थिएन।  छेवैमा एउटा माइक्क्रो बस अडिएको थियो।  सयद… दुलही लिएर बनेपा जादै थियो। प्रताप सरासर दुलहीको कोठामा पुग्छ। दुलहीलाइ सजाउने काम हुदै थियो। दुलहीको भेषमा कोपिला धपक्कै बलेकी थिइ। कोपिला … ढोकाबाट बोलाउछ। हातमा भएको खाम तेर्साउदै भनछ… बधाई छ है.…  कोपिलाले खाम समाउदै भन्छे धन्यबाद बासु न! अब एक छिनमा जाने … मा त भ्याउदिन पछि भेटौला नि …. कहा हुन्छ …कोपिलाको जवाफ पुरा नहुदै प्रताप त्यहाबाट निस्कंछा। कोपिला उठेर ढोका बाहिर सम्म प्रतापलाई बोलाउदै निस्किन्छे।  प्रताप ओझेल परिसकेको थियो।
कोपिलाको बिहे हुदै थियो। कोपिला प्रतापको पर्खाइमा आखा बिछ्याएर बसेकी थिई …तर प्रताप आएन। बिहे सकियो। नमिठो सम्झना बोकेर कोपिला अन्मी। काठमाण्डौमा हुर्केकी केटि ढुङ्ग्खर्क गाउमा भित्रिएकी थिई। पहिलो पटक पाइला टेकेको गाउ.…. देखेरै कोपिलालाई उदेक लाग्यो। काचो ईटा र माटोले बनेको सानो घर… आगनमा एउटा गाई ,दुइटा बाख्रा बाधिएका थिए। दुख जेलो गरेर मुस्किलले आधा पेट खान पुग्ने खेतीपाती थियो। बिहे अघि भनेका सबै कुरा झुठा साबित भएको थियो ।
            प्रताप र निताको फोनमा कुरा कानी बाक्लो हुदै थियो। म भित्र आउन सक्छु ? अचानक …. प्रतापको अफिसमा निताको प्रबेस हुन्छ। नितालाई आफु अघिल्तिर देखेर प्रताप अव्ह्म्मित हुन्छ। … ओहो।…  ….कस्तो सर्प्राइज , एक्कासि खबरै   नगरी  ? प्रतापको नजर नितामा अडिएको थियो। हल्का निलो रंगको कुर्था , सर्लक्क परेका लामा केश ,गुलाबी ओठ , छिनेका कम्मर, पुष्ट देखिने नितम्ब न अग्ली न होची आकर्षक बनावट जो कोहि लट्ठ पार्ने रुप। निता- भित्र आउन मिल्छ सर?ओ सरि ! प्रताप कुर्सिबाट उठेर निताको नजिक पुग्छ। प्लिज….. अफिस कोठा सानो भए पनि आकर्षक र चिट्टिक्क मिलेका थिए। आगन्तुक बस्ने लचकदार लेदरका सोफासेट र कुर्सीहरू राखिएका थिए। सोफामा आसन जमाए पछि , निताको आखा वरी परि नाच्न थाल्छ। भित्तामा बुद्ध र साइबाबाका तस्बिर टागिएका थिए। टेबलमा सामानहरु असरल्ल छरिएका थिए। खबरै नगरी एक्कासि आउनु भयो, अफिस कसरि पत्ता लाग्यो , के छ हालखबर ? प्रतापले एकतर्फी प्रश्न गरिरह्यो तर निताको ध्यान गुम थियो। निताजी ! नजर प्रताप् तिर घुमाउदै मसिनो स्वरमा बोल्छे … हजुर ! निताको नजर प्रतापको आखामा अडिनछ। निताको हेराइमा मादकता मिसिएको थियो ,प्रताप मदहोस बन्यो। पहिलो भेटमै मन्त्रमुग्ध भयो। ढक -ढक …प्रतापको ध्यान भंग हुन्छ, निता एकोहोरिरहेकी थिई। .ढोकामा कार्यालय सहयोगी महिला ट्रे मा चिया बोकेर उभिएकी थिईन। सहयोगीलाई चिया टेबलमा राखेर जाने आदेश दिन्छ। पाखुरामा च्याप्प समाउदै प्रताप बोल्छ  चिया लिनुस निताजी। निताको ध्यान भंग हुन्छ , झस्किन्छे। हजुर  हस …पहिले हजुर लिनुस न। मैले भर्खर पिएको, मा चिया कमै पिउछु। निता लाडिदै बोल्छे। . जुठो खायो भने माया बढ्छ क्या ! कपलाइ प्रतापको ओठमा जोड्छे। प्रताप मुसुक्क मुस्कुराउदै एक सुर्को पिउछ। अब माया बढ्यो त? निता चियाको सुर्को लिदै मुन्टो हल्लाउछे।
   कोपिलाको बिहे भएको बर्षदिन बितिसकेको थियो। बर्षदिन सम्म कोपिला र प्रतापको भेटघाट भएको थिएन। माघको अन्तिम दिन, मध्यान्ह प्रताप अफिस बाहिर घामको तापमा पत्रिका पढेर बसेको थियो। नमस्कार !आवाज नजिकै बाट आएकोले प्रतापको नजर मोडिन्छ। नमस्कार गर्ने कोपिला थिइ। कोपिलाको साथमा एउटा केटा पनि थियो। खिरिलो शरीर ,श्यामबर्ण रंग उछिट्टेका दात , तोरीको तेल दलेर चप्चिल्लो बनाएको कपाल भएको केटा लाई मेरो पति श्याममणि … नमस्कार गर्नु पर्दैन सरलाई ! प्रताप आफैले नमस्ते भनि बस्न आग्रह गर्यो। प्रताप र कोपिला बिच घर व्यवहारका लामै कुराकानी भए। श्याममणिको मुखबाट कुनै शब्द निस्किएन  गाउमा बस्न कठिन भएर शहर पसेका रे. बाकि जिबन यतै बिताउने सल्लाहले गाउ छाडेका थिए। श्याम्मणी लाई कुनै काममा लगाइदिनु पारयो भनेर प्रतापलाई आग्रह गरी। प्रतापले आस्वासन दियो।
  प्रताप र निताको सम्बन्ध झाँगिदै थियो। भेटघाट कम हुन्थ्यो भने फोनमा कुराकानी बाक्लो थियो। पति पत्नी झैँ गफ गर्थे। नीताले सधै भन्ने गर्थी …. मेरो बिगत कहाली छ।  सुन्नु भयो भने बोल्नै   होला ?भन्न कर गर्यो। प्रतापले निताको कुरालाई हल्का रुपमा लिएको थियो।प्रतापको जिद्दी गराई पछी आफ्नो बिगत सबै बेलिबिस्तार लाई ,निताको बिहे भइसकेको थियो। बिबाह गर्नु पर्ने बाध्यता थियो। सशस्त्र द्वन्द ताका शंकाको भरमा प्रहरीले हिरासतमा राखेको थियो।  हिरासतमै रहेको बेला प्रहरी हवल्दार र एक जना जवानले बलात्कार प्रयास गरे। एउटाले मेरो खुट्टा समायो, अर्कोले कपडा खोल्ने प्रयास गर्द्थियो। म तिनीहरुको चुङ्गलबाट फुत्किने प्रयत्न खोज्दै थिए। चिच्याएर गुहार माग्नु ज्यान गुमाउनु थियो। उनीहरुकै हा मा हा मिलाएको जस्तो अभिनय गरे।  मैले लगाएको कमिज उतारे। हवल्दार को टाउको मेरो दाहिने गर्दनमा थियो।बेग संग स्वास फेर्दै थियो। उसको हातले छाती मुसार्दै थियो।  मेरो आखा बन्द थिए भने हात दाया-बाया बस्तु छाम्दै थिए। जवानको हात मेरो जाँघमा सल्बलाउदै थिए। यो भन्दा अघि कुनै पुरुषले मेरो अंग यसरी  खेलाएका थिएन। मेरो अस्मिता जसरी पनि बचाउनु थियो।  समय बित्दै थियो। एकाएक मेरो औलाले कुनै बस्तु छोयो। त्यो फलामे छड थियो। मनले केहि सोचेन छड च्याप्प समाते र औला गुप्ताङ्गमा ल्याउदै गरेको जवानको टाउकोमा छड प्रहार गरे।  जवान आइया गर्दै ढल्यो। गर्दनमा ओठ खेलाउदै गरेको   थियो।  घुडा ले त्यसको कम्मर मुनिको संबेदनसिल अंगमा हाने। हवल्दारको अंग समाएर थुचुक्क बस्यो। म त्यहाबाट उम्के।त्यो घटना पछि सुरक्षा कर्मीले  खोजि तिब्र पारे।  गाउमा बस्ने अवस्था भएन। जति सक्दो चाडो गाउबाट उम्कन घरबाट खबर आयो।  फुपुको छोरा दाई लाई पनि गाउमा सुरक्षा थिएन।  कमल दाई पनि काठ्मान्डु जाने तयारीमा थिए।  बाबाले उहा संगै जाने ब्यबस्था मिलाउनु भएको रहेछ।  दाई र म भेष बदलेर राता-रात काठमान्डू खाल्डो छिर्यो।
  कोपिला पति सहित माइतीमै बसेकी थिइ। ज्वाई ससुरालीमा बेरोजगार बसेको कोपिलाको पितालाई चित्त बुझेको थिएन। ज्वाईलाई महिनौ घरमा राख्नु भनेको जोरी पारी हसाउनु हो भन्ने हेक्का भएर ज्वाईलाई एउटा निर्माण सामाग्री बिक्रि कक्षमा साधारण काममा लगाई दिए। त्यस पछि कोठा खोजेर छोरी ज्वाईलाई काम गर्ने ठाऊ छेउमै सारिदिए। नयाँ कोठामा सरे देखि कोपिला बिरामी परी, छोरी थला परेको खबर सुन्ना साथ् आमा छोरी भेट्न पुगिन।  अस्पतालमा लगेर जचाईन। कोपिलाले गर्बधारण गरेकी थिइ। चिकित्सकले शाररिक अवस्था कम्जोर भएकोले बच्चा जन्माउन नहुने सल्लाह दिए। पहिलो सन्तान भएकोले बच्चा फाल्न कोपिलाको आमा तयार भईनन। कोपिलालाई आफूसंगै लिएर गईन। स्याहार गरी पोषिलो आहार खुवाईन।  केहि महिना मै कोपिला तन्दुरुस्त बनी।
     निता र दाई कमलेश इन्द्रचोकको एउटा गल्लीमा कोठा लिएर बस्थे। कमलेश वटु बहालमा कपडाको थोक बिक्रेतामा काम गर्दथ्यो।  निता बिहान बेलुकीको गरे धन्दा गर्दथी। कमलेश सधै राति मात्र कोठा आउदथ्यो। अन्जान शहर , अपरिचित अनुहारहरु …खुला आकाश मुनि खेलेर हुर्केकी निता … आठ फिटको मात्र आकाशलाई हेरेर खुम्चिनु पर्ने बाध्यता थियो। पुरानो नेवारी शैली बनेका घर, सानो कोठा ,आखि झ्यालबाटबाट मुन्तिर हेर्दा देखिने अनगिन्ती टाउकाहरु …  निताको समय दिनभर झ्यालबाट मुन्तिरको गल्लि निहारेर बित्ने गर्दथ्यो।धन्दा सकेर झ्यालबाट बाहिर हेर्ने बितिकै पहिलो नजर सामुन्नेको घरमा पर्यो। एउटा युवक नितालाई नै हेरिरहेको थियो। नितालाई लाग्यो युवकको नजर पहिले देखिने आफूतिर थियो। युवक मुसुक्क हास्यो।  निताले अप्ठेरो महसुस गरि र झ्यालबाट ओझेल परि। केहि समय पछि पुन झ्यालमा पुगी , युवक त्यसै गरि एकटकले हेरिरहेको थियो। नीताले अघिल्लै तरिका पछ्याई । दिनभरी लुकामारीको खेल चलिरह्यो। नितालाई निन्द्रा परेन। आखा वरी परि युवक नाचिरहयो। शहर चकमन्न भैसकेको थियो। कोलाहल थिएन। कुकुरहरु भुकेको आवाज आइरहेको थियो।  एक पटक युवकको घर तिर नहेरी निताको मन मानेन।  बिरालाको चालमा झ्यालमा पुगी , अघिल्तिरको झ्याल बन्द थियो। निताको मन खिन्न भयो। एकछिन टोलाएर बसिरही।कोपिलाको छोरा बर्ष दिन पुगेको अवसरमा माइती मा सानो कार्यक्रम आयोजना गरेका थिए प्रताप पनि बोलाइएको थियो। बर्ष दिन देखि प्रताप र कोपिलाको सम्पर्क थिएन। कोपिलामा निकै परिबर्तन देखिन्थ्यो। खिरिलो शरीर पोटिलो भएछ। जिउ डाल मिलेको देखिन्थ्यो ।बोलिचाली र हाउभाउमा पनि भिन्नता थियो। तपाईं सङ कुरा गर्नु छ ... खाना भित्रै बसेर खाउ। कोपिलाले प्रतापलाई कोठामा लिएर गई। कोठा सनो भए पनि चिट्टिक्क परेको थियो। प्रताप बस्ने ठाउँ खोज्छ। कोपिलाले भेउ भुझी र खाट्मै बसाई । आफू पनि सङै बसि। कोठामा मौनता थियो। कुराको थालनी कहाँ बाट र कस्ले गर्ने ... अन्योल्ता.. । कता हराएकी ... प्रतापले कुराको शुरुआत गर्यो। हुजुरलाई कति भेट्न खोजे.. नम्बर पनि चेन्ज गर्नु भएछ। शिर झुक्याएर बसेकी कोपिला बोली । प्रताप ..के थ्यो र तेस्तो .. नभेटि नहुने ? कोपिला..के के भो ... के के नि। प्रताप-  के भयो र? बुढा सङ खट्पट पर्‍यो ? हजुर मलाई भोलि भेट्नुस न । भ्याए भने भेटौला । कोपिला - सल्लाह गर्नु छ। 
कोपिलाको कुराले प्रतापको मनमा अनेक प्रस्न उब्ज्यायो। भेट्न उचित ठानेन। नदुखेको कपाल डोरी लगाएर किन दुखाउनु ..। 
निताले सार्‍है कर गेरेर प्रताप भेट्न राजी भयो। भोटेबहालमा बस्छु भन्थी ... भेट्न बोहराटारमा बोलाइ ... किन त्यहा बोलाएको यतै भेटौ न .. यहाँ कोहि छैन हजुर र म मात्रै ... मजाले....! निताको कुरा सुने पछि .. प्रतापको आङ जिरिन्ङग गर्यो। स्वास बढ्यो। मुटुको चाल बढ्यो। फोनमा दुई बिच भएको कुरा सम्झन थाल्यो। प्रताप र निता बिच सबै कुरा फोन सम्बादमा भएको थियो। प्यास मेटाउने रहर ...समयको प्रतीक्षामा थिए। पाँच किलोमीटरको बाटो तय गर्न प्रतापलाई हम्मेहम्मे पर्‍यो। निक्कै टाढा भएको महसुस गर्‍यो। पहिले- पहिले नि हिडेको बाटो .. यशपाली लामो लाग्यो। निताले फोनमा दिएको घरको लोकेसन अनुसार प्रताप ठ्याक्कै पुग्छ। बाइक साइड च्यापेर राख्छ.. फोन गरेर आएको जानकारी दिन्छ। नुहाउदै छु.. माथी कौसीमा आउनु न। माथी जानू अघि बाइकको साइड ऎनामा अनुहार हेर्छ.. हेल्मेटले थिचेको कपाल दुबै हातले मिलाउछ। मुसुक्क मुस्काउछ। माघ महिनाको अन्त्य.. कौसीमा पारिलो घाम लागेको थियो। भर्‍याङ उक्लदैको बायाँ पट्टी दुइटा कोठा थिए ।प्रतापलाई लाग्यो निता त्यही बस्छे। निता भिजेका कपाललाई स्याहर्दै प्रताप छेउ आई... निताको भिजेका कपाल र अर्धनग्न शरीर ... बृक्ष स्थल देखि तिघ्रासम्म रुमालले बेरिएका थिए । कामुक रुप देखेर प्रताप मदहोश भयो। के हेरेको खाउला जसरी ? खान मन लागेर हेरेको नि...एक टकले हेरिरहेको प्रतापले जवाफ फर्कायो। एक छिन कपाल सुकाउछु है ..प्रताप मुन्टो हल्लाउछ। भर्‍याङबाट कोहि आउदै थियो। रुपेश...निता झस्की... प्रताप दाइ मेरो हस्बेन्ड . .  रुपेश ! उहाँ मेरो दाइ । प्रतापको रहर ... रहरमै सिमित भयो। निताले रुपेशको भावना बुझी .. म लुगा फेरेर आउछु तपाईं हरु गफ गर्दै गर्नुस भन्दै अघिल्तिरजो कोठामा पसि। रुपेश पनि पछि पछि पस्यो। कोठाको ढोका बन्द भयो। प्रतापको मनमा कौतुहलता बढ्यो। ढोकामा उभिएर भित्रको आवाज सुन्ने प्रयास गर्छ । चकमन्न ... आवाज बिहिन। दस मिनेट बितिसक्दा पनि कोहि निस्केन। प्रतापको मनमा इर्स्या.. आक्रोश बड्दै थियो। निता..! प्रतापको आवाज निताले सुनिन। उत्सुकता र मनको रहर बोकेर गएको मान्छे निराश भएर फर्क्यो।  प्रताप निताको फोनको पर्खाइमा थियो। सातौ दिनमा घण्टी बज्यो ...  खुशी हुदै प्रताप बोल्यो.. हेल्लो... दाइ नमस्ते, निता तपाइको मा छे? चार दिन भयो.. खोजेको । प्रतापको गला अबरुद्द भयो। टेबुलमा भएको पानी पिउछ। सम्पर्क नभएको निकै भयो रुपेश जी। त्यहा आईन भने खबर गर्नुस है दाइ। हुन्छ .....। प्रतापको भित्री मनले बोल्यो.. अब निता भेट्टिन्न.. । हप्ता ,महिना, बर्ष बिते रुपेश सङ निताको बारे जानकारी लिन प्रयास गरेको। रुपेश पागल हुन मात्रै बाकी थ्यो ... कहाँ मात्र भौतारेन। रुपेशको क्षमताले भ्याए सम्म भर मग्दुर प्रयास गर्‍यो ... केही सीप लागेन। अन्ततोगत्वा .. रुपेश थला पर्‍यो ... निता बेखबर र बेपत्ता भई।
प्रतापको धेरै केटिसाथी थिए .. दुई चारवटी सङ प्रेमको रफु चक्कर पनि चले ... प्रेम सफल भएन । बिबाहको लागि घर परिवारबाट दवाब दिइए .. बिबाह प्रस्ताव अस्विकार गर्‍दथ्यो। परिवारलाई सधैं एउटै उत्तर दिन्थ्यो ... आजिवन बिहे नगर्ने।
पशुपतिनाथ मन्दिरमा ..धेरै समय पछि कोपिला आमासङ प्रतापको भेट हुन्छ। कोपिलाको हालखबर जान्न खोज्छ। आमा भावुक बन्छिन.. । सबै भताभुङग भयो प्रताप बाबू.. के भो र त्यस्तो। तपाईंलाई भेट्न निक्कै कोसिश गरि... हो र आमा .. म त बाहिर गाको थिए। आमा .. एक कप तातो चिया खादै गफ गरौ न हुन्न? हुन्छ बाबू ...। अनि आमा भाको के हो... कोपिला ठिक छिन् नि ..? अहिले त ठिक छे। ... दोष त त्यस्को पनि हो.. के गरिन र.. बच्चा भए पछि प्राय माइती तिरै बस्थी ... त्यतैको काजी भन्ने केटो शीत पिरेम गरिछ। कोठामा दुई जना ढोका लाएर बसिरहेका बेला ज्वाइँ पुगेछन। कोठा बाहिर अपरिचित ब्यक्तिको जुत्ता देखेछन। ज्वाईंले हाम्रा बुढालाइ बोलाए ... बुढाको रीस बाबूलाई नि थाहा छ नि .. कोपिला लाई कुट्नु कुटे ... यति कुटे कि कोपिला बेहो भई... अनि तपाइले रोक्नु भएन त त्यसरी कुट्न पाइन्छ... अपराधी बुढा। म भाको भए त छुनै दिन्नथे नि। मलाइ खबरै गरेनन। अनि... ...
त्यस पछि पुलिसकोमा मिलाउने प्रयास भयो। बरु मर्छु ... त्यो (ज्वाइँ) सङ बस्दिन भनेर अडान कसि। ज्वाइँ पनि राम्रो मान्छे त होईन बाबू ...। हाम्रोलाई मात्रै राम्रो लागेको। सोझो छ रे.. कम्ताको घुस्घुसे छ.. हामी आमा छोरीले चिन्या छौ। छोरी नै ज्वाइँ सङ नबस्ने भए पछि पारपाचुके गर्ने निधो भयो। बाबू... त्यो ज्वाइँ भनाउदो कस्तो साप भएर निस्क्यो भने.. त्यस्का बाउ र काकाहरु लिएर एका बिहानै घरमा आए.. मेरी माइली छोरीको हात माग्न... मैले आँखा देखिन र प्रतिबाद गरे। गल्ती हाम्रो रे ... उस्को नाति हेर्न माइली दिनु पर्‍यो रे।  माइलीसित नाति झ्याम्मिन्थ्यो। माइली पनि माया गर्थी। बाउ चाहिले हुन्छ भन्दे.. मैले एक पटक छोरीलाइ सोध्नु पर्छ भनेर टार्ने प्रयत्न गरे। ज्वाईं बिचमा बोले .. सोध्नै पर्दैन ,हामी बिच प्रेम सम्बन्ध छ। उसैले सल्लाह देकि हो। हाम्रो मुखमस बुझो लाग्यो। लाजमर्दो भयौ।  कोपिलाको बाउ जुरुक्क उठे.. पुजाथाली लिएर आए त्यही माइलीलाई टिको टालो गरेर मारे पस्प पाले पुन्य भनेर बिदा गरि  दियौ । 
अनि कोपिला नि आमा.. कोपिलालाइ काजीले लग्यो बाबू। अहिले दुबैको राम्रो छ.. काजीले सुख सङ राखेको छ। बाबुलाइ सधै सम्झिन्छे.. भेट्नु भयो भने फोन नम्बर मागेर राख्नुस भन्थी .. म फोन बोक्दिन आमा ।                                                                                  -lalit khadka




3 comments:

स्वयम्बर

 देवता र दानव बिच युद्ध पश्चात् यौटा सम्झौता हुन्छ समुन्द्र मन्थन बाट प्राप्त अमृत बराबर बाड्ने। समुन्द्र मन्थनको लागि बिष्णु भग्वानले गरुड ...