Sunday, March 26, 2017

GOAT CHASE THE TIGER

                     बोकाले  बाघ भगाएछ 


कुनै ठाउको एउटा जंगलमा बाघले जथाभाबी मृग,खरायो,बादर जे भेटिन्छ मार्दै खादै गर्दथ्यो। खाने जति खाएर बाकि फाल्ने गर्दथ्यो। एक एउटी बुढी बाख्रीको दुई बोका निकै फुरफुर गर्दै हिड्ने गर्थे। बुढी बाख्रीले पाठाहरुलई भनिछ ,बाबु हो! जथाभाबी नडुल बाघ,भालुले हामीलाई खाई दिन्छ।जुम्ल्याहा बोका आमाको कुरालाई अटेर गर्दै झन् डुल्न थाले।एकदिन जुम्ल्याहा मध्ये एउटा बोका बनमा डुल्न जादा बाघले फेला पारेर खाई दियो । दाजु बोकालाई बाघले खाएकोले भाई बोकालाई औधि झोक चलेछ। मेरो दाजुलाई कसले या कुन बाघले मारेर  खाएछ  भन्दै बाघ बस्ने ओढार तिर खोज्दै हिड्दा त्यहि दाजु मारेर खाने बाघ फेला पर्यो। बाघले भनेछ -आईज आईज बोका त जस्तै बोका हिजो खाको थिए। त्यस्तै पाइयो भन्दा नभन्दै बोकाले भनेछ -मा यमराजको दुत हु …. अब तलाई नमारी छाड्दिन। बाघले तुरुन्तै हात जोड्दै भनेछ। हैन प्रभु मेरो ज्यान बचाइदिनु होला। लौ हुन्छ भनेर बोका बाटो लाग्यो। त्यतिकैमा स्याल आईपुग्यो। हत्तेरी त्यो जाबो बोकाले भन्यो भनेर डराउने हो ,बोकाको गेडा चाहि मलाइ अरु तपाईलाई लौ जाउ बोका समाउ भनेर स्यालले भने पछी बाघने भन्यो। जानेनै भए पुच्छर गाठो पारेर जाउ  परे तिमि  सुइकुच्चा ठोकिहाल्छस। लौ हुन्छ भनेर दुबले पुच्छर गाठो पारेर गए। बोकाले पछाडी फर्केर हेर्दा दुवै एक भएर आएको देख्यो।  बोकाले स्याललाई भन्यो।  स्यास्बास स्याल दाई यो बाघलाई अघिनै मार्ने थिए , माफ मागेर छाडेको  थिए  ,तिमीले ल्याईदियौ अब ठिक पार्छु भनि दुई खुट्टा उफार्ना साथ् बाघ कुलेलाम ठोक्यो।  पुच्छर गाठो पारेकोले स्याल घिस्रिएर मरयो। -
                        जो लाउछ चुक्ली
                        उही जान्छ फुक्ली।
                                                             - ललित (lalit khadka)

Tuesday, March 14, 2017

UPCOMING CONFLICT

अबको युद्ध ( UPCOMING CONFLICT)
युद्धको शुरुवात किन र कसरी हुन्छ ? जब मानबले आफु माथी अत्याचार भयो,थिचियो-मिचियो ,हेपियो,भेदभाबपूर्ण ब्यबहार भयो भन्ने लागेमा यस्तो कुरा आमरुपमा सम्झियो भने नै युद्ध (द्वन्द )बिष्फोट हुन्छ। उग्ररुप लिन पुग्छ र यस्तो युद्ध (द्वन्द ) हिंसात्मक र विध्वंसात्मक हुनपुग्दछ। वास्तबमा युद्धको शुरुवात पुर्बिय दर्शनमा रामायण पहिलो हुनु पर्छ। महाभारतलाई युद्धको कारण खोज्ने र परिणामको बारेमा बिबेचना गर्ने पहिलो काव्यको रुपमा लिन सकिन्छ। दोस्रो बिश्व युद्ध पछि गरिएको एक अध्यनले बिश्वमा बिगत पाच हजार बर्षमा चौध हजार पाच सय वटा युद्ध भएको गणना गरिएको थियो र त्यसमा दुई सय पचास बर्ष मात्र युद्ध नभएको पहिचान भएको थियो। यस अबधिमा तीन अर्ब मानिसहरु मारिएका आकलन गरिएको थियो भने यसबाट भएको भौतिक क्षेति गणना बाहिर रहेको निचोड निकालिएको थियो। दोस्रो बिश्व युद्धपछि विश्वमा थप एकसय पचास भन्दा बढी युद्ध भएका छन र हाल पनि झन्डै सतचालिस मुलुकहरुमा युद्ध भैरहेका छन। यी युद्धहरु गृह युद्धको रुपमा , शसस्त्र विद्रोहको रुपमा वा अन्य प्रकारको रहेका छन। सन् १९९० पछिका बर्षहरुमा प्रतेक बर्ष लगभग तीन लाख मानिसहरु युद्धका कारणबाट मारिएको भन्ने राष्ट्रसंघको प्रतिबेदन रहेको छ। 
    दोस्रो युद्ध पछि भयाबह स्थिति देखेका दार्शनिक आइन्स्टाईनले एक जना पत्रकारको जवाफमा तेश्रो बिश्व युद्धको स्थिति कस्तो हुनेछ भनि सोधेकोमा आइन्स्टाईन्ले तेश्रो बिश्व युद्ध कस्तो हुन्छ भन्ने कुरा मलाई थाहा छैन तर चौथो बिश्व युद्ध भएमा मानिसहरुले लाठी र ढुंगाले युद्ध गर्नेछन भन्ने बिचार ब्यक्त गरेका थिए। अर्थात अबको बिश्वयुद्धमा सम्पूर्ण सभ्यता नै नष्ट हुने उनको अभिप्राय रहेको थियो। 
   द्वन्दले बिश्व ग्रस्त छ नेपाल पनि त्यसबाट अछुतो छैन। युद्ध र शक्ति चुनौतिका बिषय भएका छन। हिंसात्मक युद्ध र सशस्त्र युद्धबाट हत्या हिंसा हुनेको संख्या बढ्दै गएको छ। यी बाहेक सन् २०११ मा "जस्मिन रिभोल्युसनको" लहरबाट ट्युनिसिया ,ईजिप्ट,यमन,सिरिया,लिबिया,बहराईन,आदि देशहरुमा सुरु भएको युद्धमा हजारौ बिस्थापित भएका छन। सामाजिक संजाल फेसबुकको प्रयोगबाट द्वन्द चर्किएको भनिएको छ। विश्वमा मानिसले कल्पना गरेको भन्दा पनि बढी द्वन्द, युद्ध भए।  द्वन्दको नाममा अरबौ डलर खर्च भई सक्यो।  बिकास निर्माणमा खर्च गर्नु पर्ने रकम द्वन्द सिर्जना गर्न, दमन गर्नमा उपयोग भई रहेकोले जनताको जीवन झनै असुरक्षित र गिर्दो अवस्थामा पुग्नु चिन्ताको बिषय भएको छ। हामीले विश्वमा अहिले सम्म भएका द्वन्द र यसबाट भएका क्षतिका बारेमा चर्चा गर्यो।  द्वन्द धेरै किसिमका हुन्छन यसका पनि कारण धेरै छन। अब मानब जातिले विश्वमा कस्तो द्वन्दको  सामना गर्नु पर्नेछ भन्ने चर्चा गर्नेछौ। अबको प्रमुख युद्ध भनेको मुख्यत:खान पाउने र नपाउने बीचको द्वन्द, धनि र गरिब बिचको द्वन्द , खाध्य सुरक्षाको द्वन्द आदि। सन् २०२० सम्ममा यहि खाध्य सुरक्षाको कारणबाट विश्वमा अनेकन युद्धहरु हुने स्थिति तर्फ बिश्व बढिरहेको छ। अर्को जटिल द्वन्द पानीको लागि। हुनेछ। जलश्रोतको भण्डार रहेको मुलुक जस्तै नेपाल,ब्राजिलमा समेत पिउने पानी तथा  लागि पानीको अभाव हुनेछ। त्यस्तै जल प्रदुषणले संकट उत्पन्न हुने खतरा बढेको छ। त्यस्सैले २०३० सम्ममा पीउने पानीको लागि युद्ध चर्कन सक्ने सम्भावना प्रबल देखिन्छ। २०४५ सम्ममा विश्वको प्रमुख युद्ध नै पिउने पानीको लागि हुने बिस्वास गरिएको छ। त्यसै गरी अर्को युद्ध उर्जाको लागि हुनेछ। बढ्दो उर्जाको खपत तथा श्रोतहरुमा हुदै गएको न्युनिकरनले गर्दा विश्वले उर्जा संकट भोग्नु पर्ने छ भने अर्को तर्फ पेट्रोलियम पदार्थको रितिदो भण्डारले गर्दा उर्जा संकट बेहोर्नु पर्ने अवस्था अगाडी छ।सन् १९७९ मा अमेरिकाको तीन माईल दिप, सन् १९८७मा चेर्नोभिल र सन् २०११मा जापानको फुकुसिमामा भएको पारामाणिक दुर्घटनाले गर्दा परमाणु उर्जा समेत सुरक्षित नरहेको अवस्थाले गर्दा बैकल्पिक उर्जाले पनि संकट टार्न नसक्ने देखिन्छ। त्यसै गरी जर्नानिले सहारा मरुभूमिबाट ४० हजार मेगावाट सौर्य उर्जा उत्पादन गर्ने योजना गरेकोमा यसको प्र्भाबकारितामा संकट उत्पन्न भएको छ भने ग्यासको आपूर्तिमा समेत कठिनाई उत्पन्न भएकोले अब हुने युद्ध उर्जा युद्ध हुनेछ। त्यसै गरी अर्को युद्ध जलबायु परिबर्तनका कारण बिकशित र विकासोन्मुख मुलुकहरु बिच सुरु भै सकेको छ। यी द्वन्द मध्ये लहरको द्वन्द पनि प्रमुख द्वन्द मानिएको छ। एल्मिंन ताफ्लार्ले उर्जाको तश्रो लहरको सिद्दान्त प्रतिपादन गरेर बर्तमान अवस्थामा यिनै उर्जाको लहर वा छालहरू बिचको द्वन्द भएको उल्लेख गरेका छन। बिधुतिय तरंगको उर्जा शक्तिको प्रयोग पछि सुरु भएको साइबर प्रबिधिका कारणले हिजोका सम्पूर्ण सरचनागत र कार्यात्मक प्रणालीलाई बिस्थापित गरी सबैमा परिबर्तन हुदा नया किसिमका द्वन्द भएको उनको धारणा छ। संचार साधनको असामुहिकरंले गर्दा संचार क्षेत्रमा नया द्वन्द उत्पन्न भएको छ। मानिसको दिमागको ठाउ मेसिनले लिने अवस्थाले बौद्दिक द्वन्द उत्पन्न गर्दै छ। यसको साथ् -साथै नया -नया रोग ब्यादी ,बाताबरण तथा अन्य क्षेत्रमा बढ्दै गएको संकटले बिस्व सामु थप चुनौतीहरु उत्पन्न भएको छ।    समाप्त।

                                                                           -ललित ध्वज खड्का (lalit khadka)


SPIDER STORY

                                   माकुरा र जाल 

एउटा माकुरा थियो।  उ आराम संग बस्न चाहन्थ्यो त्यसको लागि एउटा सानदार जालो बनाउने बिचार गरयो। राम्रो जाल बन्यो भने त्यसमा किरा ,झिंगा फ़स्छन र त्यसैलाई आहार बनाएर मजा संग बस्ने सोच्यो र त्यसको लागि कोठाको कुना रोज्यो र जाल बनाउन सुरु गरयो। निकै मेहनत गरेर आधा जालो बनायो।  आफुले गरेको काम प्रति निकै खुशी थियो। अचानक माकुराको नजर एउटा बिरालोमा परयो जो माकुरालाई हेरेर हासिरहेको थियो। माकुरालाई रीस उठ्यो र बिरालोलाई सोध्यो -  किन हासेको ? न हासौ त के  गरु ?
 जवाफ दियो। यहा झिंगा छैन ,यो स्थान त सफा सुघ्घर छ। तेरो जालमा केहि पर्दैन।
बिरालोको कुरा माकुरालाई ठिक लाग्यो। राम्रो सल्लाहको लागि बिरालोलाई धन्यबाद दियो र आधा बनिसकेको जाललाई  छाडेर दोस्रो ठाउ खोज्न थाली। यता उती खोज्ने क्रममा झ्यालमा नजर परयो। उसले त्यसैमा जाल बुन्न सुरु गरि। केहि समय जाल बुनिरहयो। त्यसै बखत एउटा चरी आई र माकुरालाई गिज्याउन थाली र भनि - हे माकुरो त कति मुर्ख छस है ! किन , माकुराले सोध्यो। चराले सम्झाउन थाल्यो - हेर यहा त जोड संग हावा चल्छ ,हावाले तिमि सहित जालो पनि उडाई दिन्छ। माकुरालाई चरीको कुरा पनि उचित लाग्यो र बनिरहेको अधुरो जालो छाडेर सोच्न लागि , अब कहा जालो बनाउने ? समय धेरै बितिसकेको थियो। भोकले रन्थनि सकेको थियो। त्यसै बखत एउटा दराज खुलाई देखी र त्यसैमा आफ्नो जाल बुन्न थाली। जालो बनिरहेको थियो। दराज भित्रएउटा साङ्ग्लो देखी ,साङ्ग्लो माकुरालाई हेरिरहेको थियो।
माकुराले सोध्यो - के हेरिरहेको एकटकले यसरी ?
साङ्ग्लो बोल्यो - यहा भित्र जाल बुनिरहेको, यो त बेकारको दराज हो। अहिले यहा छ ,केहि दिन पछि यसलाई बेचिदिन्छन  अनि तेरो मेहनत बेकार खेर जान्छ। साङ्ग्लोको कुरा सुने पछि माकुरा पछि हट्यो। बारम्बार प्रयास गर्दा गर्दा माकुरा थाकिसकेको थियो। माकुराले अब घर भित्र जाल बनाउने बिचार नै त्याग गरयो। भोकले लखतरान भैसकेको थियो। आफ्नो कार्य प्रति पश्चाताप गरयो सबै शक्ति गुमेको थियो ,केहो गर्न सक्ने हिम्मत थिएन। नजिकै एउटा कमिला हिडिरहेको थियो।  हिडिरहेको कमिलालाई मद्दत गर्न आग्रह गरयो। कमिलाले भन्यो - मैले निकै समय देखि तिमीलाई नियाली रहेको थिए। तिमि बार-बार काम सुरु गरी छाड्दै हिड्यौ । अरुको लहडमा लाग्दा यस्तै हुन्छ। यति भनेर कमिला आफ्नो बाटो लाग्यो। माकुरा पछुत्याएर एउटा कुनामा बसिरहयो।
हाम्रो जीवनमा पनि कैयौ पटक यस्तो भोगेका छौ र देखेका छौ। हामि कुनै कार्य सुरु गर्छौ ,हामि निकै उत्साहित हुन्छु तर अरुको प्रतिक्रियाको कारण उत्साह गुमाउदै जान्छौ र आफ्नो काम बिचमै छाड्छौ पछि थाहा पाउछौ हामि सफलताको नजिक हुदा हुदै पनि अरुको कुरा सुन्दा पछि पर्छौ। पश्चाताप बाहेक बाकि केहि रहदैन।
                                                                                  - lalit dhoj khadka

Friday, March 10, 2017

GOD AND MAN

                                                          मलाइ चिन्न सकेनौ 

 एक जना बिष्णु नाम गरेका भक्त बसमा तिर्थ जादै थिए। दुई दिनको बस यात्रामा भगवानको मात्रै नाम जपिरहन्थे। पहाडको बाटो सानो र निकै घुमाउरो थियो। साउनको महिना थियो, पानि  परिरहेको थियो। अचानक बस रोकियो। अघिल्तिर पहिरो खसेको थियो।  बस भित्रका सबै मानिश बाहिर निस्किए। बिष्णु मन्त्र जपेर भित्रै बसिरहे। एक जनाले बिष्णुलाइ बाहिर निस्केर सुरक्षित स्थानमा जान भन्यो। विष्णुले भन्यो - मेरो भगवानले मलाइ बचाउन आउछन भनि बसिरहे।   बस बिस्तारै नदीमा खस्यो। बस एकातिर खस्यो ,बिष्णु उछिट्टिएर नदीमा पुगे । बिष्णुको उद्दार गर्न डुंगा आयो।  मलाइ मेरो भगवानले  रक्षा गर्छन तिमि जाउ। डुंगा फर्कियो। बिष्णु नदीमा डुब्दै थिए , आकाशबाट हेलिकप्टरले डोरी झार्यो। मलाई प्रभुले बचाउन आउछन भनेर डोरी समाएन। हेलिकप्टर फर्कियो अन्तत बिष्णुको डुबेर मृत्यु भयो। 
 मृत्यु  पश्चात स्वर्गमा बिष्णुलाइ  भगवानले दर्शन दिन्छन। बिष्णु रिषले चुर हुदै भन्छ - म जस्तो भक्त यो संसारमा को छ ?  मेरो भगवान ले मलाइ बचाउन आउछन  भनेर तेत्रो बिश्वास गरेको ब्यर्थ भो। 
भगवान मुसुक्क मुस्काउदै भन्छन- हेर बिष्णु… म यत्रा तत्र छु, तिमिले मलाई चिनेनौ। तिमि  बसबाट खस्ने बेलामा बाहिर निस्क भनेर बोलाउने मा नै थिए। डुंगा लिएर आउने मा नै थिए र हेलिकप्टरबाट डोरी समाउ भनेर भन्ने पनि मा नै थिए। अब भन दोष कसको ? म  हरेक रुपमा मेरा भक्तहरुको सहयोग गर्न पुग्छु। केबल मलाई चिन्न सक्नु पर्छ भक्त । 
                                      -ललित (lalit khadka)
  

Thursday, March 9, 2017

BOATMAN AND MAN

                             लघु कथा
दुईजना विद्धान डुङ्गामा सयर गर्दै थिए। माझि डुङ्गा खियाउदै  थियो। दुई मध्ये एक विद्धान 
ले माझीलाई सोध्यो -तिमीलाई यो पानीको बारेमा के थाहा छ , पानीमा के-के तत्व हुन्छ? माझीले भन्यो खै हजुर, के थाहा मा जस्तो अनपढलाई ! पानीमा हिडिरहनेलाइ त्यति पनि थाहा छैन ?
  अर्को विद्धानले सोध्यो - तिमीलाई पानि जहाजको बारे के थाहा छ ? 
थाहा  छैन हजुर -माझीले जवाफ दियो। 
विद्धान - डुङ्गा चलाउने माझि रे, त्यति पनि थाहा छैन ?
डुङ्गा नदीको बीच तिर सयर गर्दै थियो , अचानक हुरी बतास चल्यो। कुइरी मण्डल भएर आकाश पुरै ढाक्यो। डुङ्गा ढलपल गर्न थाल्यो।दुई बिद्धान आत्तिन थाले। माझीले ति दुईलाई सोध्यो -तपाइहरुलाइ पौडी खेल्न आउछ ? बिद्धान द्द्वले भने - आउदैन 
माझीले भन्यो - त्यति नि आउदैन , अब आफै तैरिनुस। 
                                                                                    -  ललित (lalit khadka)

DO OR DIE

  लघु कथा

 छ बर्ष र दश वर्ष उमेरका दुई बालक औधि मिल्दथे। गाउमा बदमासी गर्दै हिड्दथे। एक दिन दुवै खेल्दा- खेल्दै दस वर्षको केटा ईनारमा खस्यो। साथि इनार भित्र छट्पटाइ रहेको देखेपछि गाउले संग गुहार माग्यो। उसलाई सहयोग गर्ने कोहि थिएन। चिच्यायो …. करायो , वरि परि कोहि मान्छे देखेन।  छेवैमा एउटा बाल्टिनमा डोरी बाधिएको थियो। जुन ईनारबाट पानि तान्ने गरिन्छ। बालकले बाल्टिन ईनार भित्र खसाल्यो। यसलाई राम्ररि समाएर माथि आइज भन्यो। छ बर्षको बालकले डोरीमा पुरा बल लगायो। तानेको - तान्यै गरयो। ज्यान  पुरै डोरी तान्नमा लगायो। साथि बाहिर नआउन्जेल तानिरहयो।  साथीको ज्यान बच्यो। दुवै खुशी भए। यो घट्ना घरमा भन्यो भने उल्टै कुटाइ खाइञ्छ …नभनौ। दुबैको सल्लाह भयो।
    दश बर्षे केटाको मन मानेन र गाउलेलाई घट्ना बारे भन्यो। गाउलेले उसको कुरा पत्याएनन। त्यस गाउमा एक जना बृद्ध गोबिन्द बाजे थिए। गाउका सबैले उनलाई आदर गर्थे र बाजेले भनेको मान्थे। गाउले उनि सामु पुगे र वृतान्त सुनाए। …बाजे पत्याउनु हुन्छ  ….  यिनीहरुको कुरा , के भन्नु हुन्छ यो बिषयमा … ? बाजेले बोले- के भन्नु मैले ,यिनीहरुले भनिसके पछि पत्याउनु पर्छ। गाउले सोध्छन -छ बर्षको बालकले आफु भन्दा दोब्बर वजन भएको केटालाइ तान्न सक्छ? बाजेले भने-  एउटा कुरा …त्याहा उसलाई रोक्ने कोहि थिएन, तैले सक्दैनस भन्ने कोहि नभएकोले उसले आफ्नो बिबेक प्रयोग गरयो र सम्भब भयो। 
                                                                                                      -ललित (lalit khadka)

Wednesday, March 8, 2017

STORY AGHORI (BABA)

                                 अघोरी  
                                                                                              (ललित खड्का )

   छुट्टीको दिन ,चाड पर्व वा नेपालबन्द जे भए पनि अधिकांस मानिस मन्दिर पुगेका हुन्छन्। कोहि रमाइलो हेर्न, कोहि समय कटाउन, भक्तहरु धर्म गर्न.. । बिशेष गरि पशुपतिमा बिहानै देखि भिड हुन्छ। मन्दिरको मुल ढोका, भुवनेशोरी मन्दिर ,कैलाश्को डाडो , आर्यघाट श्लेष्मान्तक को सिडि ,राम मन्दिर सुर्य घाट र ब्युटिफुल पार्क तिर सार्बजनिक बिदाको दिन युवा युवतीको उल्लेख्य जमघट हुने गर्छ । समीर र राजेश.. दुई व्यावसायिक साथी .. दुवैको घरजम बसिसकेको थियोे। पशुपतिनाथ वरिपरि घुम्यो, गङगा रामको चिया पसलमा चिया, माल्पुवा खायो र घर फर्कने समीरको बानी बसिसकेको थियो। पशुपतिबाट गौशाला आउँदा दायाँ पट्टी भुवनेश्वोरी मन्दिर छ। राजेशको नजर मन्दिरमा पुग्छ। समीरजी .. त्यो के को मन्दिर हो? समीर- भुवनेश्वोरी देवीको मन्दिर , अहिले सम्म जानू भा छैन? जाउ न... समीरलाई अनुरोध गर्छ । समीर - जाउ..। भुवनेश्व्ररी मन्दिरको क्षेत्र फल त्यतिको ठूलो छैन। एउटा प्रवेश द्वार ... प्यागोडा शैलीमा निर्मित दुई तले मन्दिर, अगाडि सानो कुन्ड रहेको छ। कुन्डको कन्चन पानी मा सल्बलाइ रहेका माछाहरु। वरिपरि ढुङाबाट कुदिएका  विभिन्न देवदेवीका मूर्तिकला र मन्दिरको पश्चिममा रहेको भजन मंडली..। मन्दिरलाई फन्को मारेर बाहिर निस्कने बेला समीरको नजर ढोकाको एक कुनामा कोल्टे परेर सुतेको कालो बस्त्रधारी मान्छे माथी पर्छ। सुतेको ब्यक्ति नजिक पुग्छ। ब्यक्तिको साथमा दुइटा भुस्या कुकुर पनि सुतेका थिए। वरिपरि झिंगा भन्किरहेको थियोे। नाकै थुन्नु पर्ने गरि रक्सीको गन्ध... । समीरको मनमा झस्का पस्यो .. कतै राम त हैन? अनुहार प्रष्ट चिनिदैन थियो। लट्टा परेका लामो र जिङरिङ्ग परेका कपाल, झ्याप्प पलाएको दारी जुघा थिए। कैयौं दिन देखि मुख नधोयको हुनु पर्छ । मैलो र लेग्रा लेग्री .. राम.. समीरले आवाज दिन्छ। आवाजको प्रतिक्रिया आउदैन । राजेश मुक दर्सक बनेर  हेरिरहेको थियो। राम... समीरले पुन बोलाउछ। को.. को.. ! समीरले त्यो ब्यक्तिको आवाज राम कै हो भनेर ठम्यायो। समीर - कहिले आएको .. तिमी त धनेश्वोर तिर थियौ हैन? राम पुरै मदहोस थियो। मुस्किलले आखा उघार्छ। समीर तिर दाहिने हात तेर्साएर बीस रुपैयाँ ले... । समीरले दोहोरो कुरा गर्नु ठिक ठानेन.. पर्सबाट पचासको नोट निकालेर हातमा हालिदिन्छ। पैसा पाउने बितिक्कै राम भित्ताको सहारा लिदै उभिन खोज्छ। उभिन कष्ट भएको देखेर समीरले साथ दिन्छ। रामको खुट्टा र जमिन बिच घनिष्ठता थिएन । लर्खराउदै मन्दीरको ढोकाबाट बाहिर निस्क्यो। समीर रामको हालत देखेर छक्क परेको थियो। समीरको आखाले रामलाई  पछ्यायो .... लर्खराएको पाइला केही बेरमै  ओझेल पर्यो सायद भट्टी तिर स्वाट्ट पार्न होला ।
रामको गतिविधि निहालिरहेको राजेशलाई कौतुहलता बढ्नु स्वोभाबिक थियोे। उसको बिगत जान्न इच्छुक थियो। चौबीस .. पच्चीस बर्षको युवाको त्यस्तो रुप ..देखेर . समीरलाई नसोधी रहन सकेन। समीरजी को हो उ... किन यसरी हिडेको.. तपाइँको चिनजानको मान्छे हो?

   पशुपति देखि गैरीगाउ सम्मको पैदल दुरी करिब एक घन्टाको थियो। राजनैतिक दलको घोषित बन्दले हिड्नुको विकल्प थिएन। समीरको मौनता देखेर राजेश केही बेर नबोली हिड्यो। सायद रामको हालत देखेर मन  कुडिएको अनुमान लगायो। समीरजी रामको घर चाहिँ कता हो? यहि हो.. समीर भावुक हुँदै उत्तर दिन्छ। आर्यघाट जाने बाटो......पशुपति मन्दिरको दक्षिण ढोका अगाडी बिदेशी पर्यटकलाई शुल्क उठाउने ठाउँ छ। त्यही स्थानलाई औल्याउँदै समीर... याहा रामको निकै ठूलो क्युरेड पसल थियो। दुबै रोकिन्छन् । दक्षिण ढोका सङै टासिंएको बज्र घर छ, जहाँ पहिले शारदा मा. बि थियोे । अहिले मन्दिरको सुरक्षा गर्न शसस्त्र प्रहरी बसेको छ। मैले त्यही स्कुलबाट प्रबेशिका परिक्षा उतिर्ण गरेको थिए। राम दसको टेस्टमै अनुत्तीर्ण भयो। रामले पढाईलाई कहिले महत्त्व ठानेन। बाउको अथाह सम्पत्ति थियो। आठ भाइ र एक बहिनी मध्येका जेठा राम थियो। राम पछिका सबै बर्सेनिका हुन। समीरजी बाउको पेशा के थियो। राजेशले समीरलाई पुन भन्नको लागि घच्घचायो। रामका पिता रुद्राक्षको ब्यापारी हुन। रुद्राक्षको ब्यबसाय भारत र जर्मनी सम्म फैलाएका थिए। आफ्नो पेशामा दत्तचित्त थिए। परिवारको खासै वास्ता गर्दैनथे।केदार नाथ बाजे भनेर चिनिन्थे। टुप्पी गाठो पारेर निधारमा चन्दन घसेर हिड्दथे। पहिरन कमिज र सुरुवाल.. गलामा रुद्राक्षको माला हमेसा हुन्थ्यो । हास्न उन्ले जानेका थिएनन् । सधैं गम्भीर मुद्रामा देखिन्थे। 
राजेश - बाजेले छोरालाई सस्कार सिकाएका रहेनछन ?
बाउ छोरा कहिल्यै बोलेको देखिएन। रामलाई चाहिएको बस्तु सबै आमाले पुराइदिन्थिन। जति पैसा माग्यो पाइहाल्थ्यो।रामले पैसाको महत्त्व बुझेन। निकै खर्चालु थियो। साथी भाइ बटुलेर सिनेमा देखाउने ख्वाउने पिलाउने। बिहानै देखि उसको पछाडी दुई चार जना हिडेकै हुन्थे। साथी भने पछि हुरुक्कै हुन्थ्यो। होचो कद, गोलो मुहार, छोटो ओठ माथी हिटलरको जस्तो जुँगा र हसिलो अनुहार। पशुपति क्षेत्रमा सबैको प्रीय थियो ।
पहिरनमा बिशेष रुचि थियो। बिदेशी पर्यटक को सङत ले पनि होला। समीर राम कहानी बताउदै जान्छ। बाउको लगाब भाइ लक्ष्मण प्रती थियो। फुर्सदमा बाबुलाइ लक्ष्मणले सघाउथ्यो। पढाई पनि रामको भन्दा अब्बल थियो। पर्यटकहरूलाई हाते व्यापारीले राम कै पसलबाट क्युरेड्का सामानहरु उधारो लाने गर्दथे। साझ बिक्रि गरेर रकम बुझाउथे। पढाई छाडेपछी रामको काम रकम सङकलन गरि पसलको सामान पुर्ती गर्नु थियो। सङ्गीतमा बडो चाख थियो। बासुरी र मेन्डोलिङमा पारङ्गीत थियो। बासुरी बजाउनेले चुरोट पिउनु हुन्न भनेर निकै सम्झाए... मानेन। चुरोट र बासुरी हमेसा साथमा हुन्थ्यो। 

   राजेशजी! पास्पत क्षेत्र यस्तो होला भनेर कल्पना पनि गरेको थिइनँ । गुहेश्वोरी मन्दिरको पारी पट्टी रामको नौ रोपनी जग्गा थियो। मुआब्जा दिने भनेर बिकास कोषले अधिग्रहण गर्‍यो। अहिले सम्म पाएका छैनन। त्यति मात्र लहा हो र कैलाशको डाडा उक्लने सिडि मै दुईवटा भवन थिए। त्यस्को चाहिँ थोरै दियो रे।
रामको बिबाह भएन? राजेश प्रश्न गर्छ ।
बिबाह भाको थ्यो।

   छोरी पनि  थिइन। पारिवारिक जीवन सुखद रहेन। पत्नी र छोरीलाई औधी माया गर्दथ्यो।माया धेरै भए, बिछोड हुन्छ भन्थे ... । समीरले भाबुक हुँदै अगाडी भन्छ। सङीतको मोह मलाई उत्कट थियो। गायन बिधामा बढी झुकाब। सिक्नको लागि रकमको अभाब थियो। बिहान कलेज, दिउँसो जागिर थ्यो। साङीतिक माहोलमा रमाउन एक जना दाइले अनामनगरमा सङगीत बिध्यालय खोल्नु भएको थियो। म साझ र छुट्टीको दिन सिक्न जाने गर्थे। नृत्य पनि सिकाइने हुँदा युवा युवतीको राम्रै उपस्थिति थियो। राम कहिलेकाही भेट्न् आउथ्यो। सङ्गीत बिद्यालयले सास्कृतिक कार्यक्रमको आयोजना गर्ने भयो। ब्यबस्थापनको जिम्मा मेरो थियो। जिम्मेवारीले गर्दा अफिस छुट्टी लिएको थिए । बिस्तारै रामको उपस्थिति बढ्न थालेको थियो। मलाई सहयोग पुग्ला भन्थाने ... तर नृत्य सिक्न आउने युवतीलाई मन पराउदो रहेछ । रश्मि र सन्ध्या पाटनका स्थानीय युवती थिए। उमेर सोर्ह .. सत्रका.. रश्मि काली भए पनि हिस्सी र बान्कि परेकी थिइ भने सन्ध्या गोरि, अलिक फुच्ची थिइ। रामको नजर रश्मि माथी थियो। रश्मिको लागि जति पनि खर्च गर्न तयार हुन्थ्यो। रेस्टुरेन्टको बिल ट्याक्सीको भाडा सधै रामले नै तिर्थ्यो।

   सास्कृतिक कार्यक्रममा रश्मिले निकै राम्रो नृत्य गरेकी थिइ। रामको त एक तर्फी माया रहेछ समीरजी? राजेश उत्साहित हुँदै प्रश्न गर्छ। एदाकदा दुई जना जिस्केको देखेको थिए । रामले एक दिन निकै गम्भीर भएर रश्मि संग बिहे गर्छु । कुरा चलाइदेउ भनेको थियो। रामको प्रस्ताव रश्मिलाई सुनाए तर उनले प्रस्ताव अस्विकार गरेकी थिइ। त्यस्तो डल्ले, कार्टुन सित कस्ले गर्छ बिहे! त्यही पनि त्यो बाहुन ... मान्छेको रुप हैन, उस्को मन हेर्नू पर्छ । मेरो घनिष्ट मित्र हो। मनको सफा छ। अलिकति खराबी पैसाको महत्त्व बुझ्दैन। बिचार गर।

   कलेजको जाँच नजिकै  आउदै थियो। पढाईलाई समय दिन परेकोले सङ्गीत बिध्यालय न गएको महिनौं भएको थियो। सबै सित सम्पर्क टुटेको थियो। महिनौं दिन पछि जाच सकिएकोले बिहान अबेरसम्म ओछ्यान मा लुट्पुटी रहेको थिए । मेरो नाम लिएर कोहि तलबाट बोलाउदै थियो। समय बिहानको आठ बाजेको थियो ।

   झिजार मान्दै समीर बाहिर निस्कन्छ । बार्दलीबाट मुन्तिर नियाल्छ। मुन्तिरको दृश्यले समीर अचम्मित हुन्छ। राम र रश्मि एकै साथ थिए। रश्मि हल्का शिर निहुराएर बसेकी थिइ। हठी स्वभाब कि केटीको मुहार लाजले रङ परिबर्तन भएको थियोे। राम हर्शित मुद्रामा थियो। समीरले  दुबैलाई माथी आउन आग्रह गर्छ। हामी बाहिर जान लाग्या ! तिमीलाई भेट्न मात्रै आएको ! रामको कुरा सुनेर समीर तल झर्‍यो। कहाँबाट आज ... अचम्मै भो त, दुई जना सङै छौ ? हामीले त बिबाह गर्यो  ... रामको कुरा सुनेर समीर तीन छ्क्क पर्यो। हो रश्मि? रश्मि टाउको हल्लाउँदै सहमती जनाउछे। अनि राम घरमा भन्या हो? हामी दुबैले एक अर्कोको घरमा खबर गरेनौ। जात मिलेन भनी हाल्छन। पछि जे होला हेरौला।  राम निर्धक्क सङ बोल्दै थियो। समीरले भन्नू पर्ने बाकी केही थिएन । ल तिमीहरूलाई शुभकामना, बैबाहिक जीवन सफल होस। जोडी बाटो लाग्छन। समीर हेरिरहन्छ। जोडीँ सुहाउँदो थियो। समीरलाई कता कता रामले गलत गरेको आभास हुन्छ। बिबाह जस्तो संबेदनसिल कुरा .....हतारमा निर्णय गरि फुर्सदमा पछुताउला जस्तो समीरलाई लाग्यो।

   राम र रश्मिको बिबाह पछि समीर सम्पर्कमा थिएन । जागिरले गर्दा विभिन्न स्थानमा गैरहने हुदा पशुपती जाने क्रम रोकिएको थियो। समीरको बिबाह भैसकेको थियो।  बिबाहमा बोलाउदा पनि रामको परिवार आएनन। त्यस्तो अभिन्न मित्र बिबाहमा सामेल नहुदा समीरलाई खल्लो महसुस भएको थियो। सम्बन्ध चिसिएको थियो। राजेश प्रस्न गर्छ .. परिवारले स्वीकार गरेछ त? छोरी जन्मे पछि बेग्लै घरमा दुइटा कोठा पाएछन तर रासन पानीको बन्दोबस्त आफ्नै थियो रे.. । रामले गाजाको  सेवन थालिसकेको थियो। गजेडी भए पछि छोरी र रश्मिको ख्याल गरेन। एक दिन नसोचेको खबर सुनियो। रश्मि प्रहरी चौकीमा छे रे। म उपत्यका बाहिर थिए। रामको सम्पर्क नम्बर थिएन। जसो तसो एक जना किरण भन्ने साथीलाई फोन गरेर बुझे। रश्मि को त्यतै तिरको स्थानीय युवक सङ हिमचिम थियो रे .. त्येसै बिच घरै छेउको पाटीमा यौन क्रिडा गरिरहेको अवस्थामा स्थानीय मानिसले रङगे हात प्रहरीको मा बुझाएछन।  त्यस पछि के भयो ? राजेश जान्न इच्छुक हुन्छ। तपाईं रामको ठाउँमा भएको भए के गर्नु हुन्थ्यो ... समीरले राजेशलाई प्रश्न गर्छ। त्यस्तो नकचरीको अनुहार पनि हेर्ने थिइन। राजेशले फ्याट्ट जवाफ दियो। आआफ्नो सोचाइ र माया गर्ने तरिका हो। हामी सायद त्यो हद सम्म जान्थ्योउ होला तर रामले त्यसो गरेन। घट्ना थाहा पाउने बित्तिकै चौकी पुग्यो। प्रहरीको कारबाही रोक्यो। मेरो पत्नीले बिराइ ,उस्को तर्फबाट माफी माग्छु।  मिलापत्रको कागजमा सहि गरेर रस्मिलाइ घर लग्यो। रामले  निकै माया गर्दो रहेछ है.. राजेश कुरा थप्छ।त्यस पछिको दिनहरु राम र रश्मिका लागि असहज हुँदै गयो। समाजले उनीहरुलाई हेर्ने दृष्टिकोण फेरिएको थियो। रश्मि पशुपति तिर कमै देखिन थालेकी थिइ। राम नसामा लटठीन थालेको थियो। घरबाट खर्च बन्द थियो। राम दिन भर नशामा झ्याप। यदाकदा रामको आमाले खर्च दिने गरेकी थिइन । रश्मिको सामु काम गर्नुको बिकल्प थिएन। बिजोग भएछ नि समीरजी .. त्यै बिजोग थाहा पाएर राम भेट्न् गएको थिए। राम भेटिएन। रश्मिले निकै गुनासो पोखी। सम्झाउनु पर्यो, मेरो वास्ता नगरे नि कमसेकम छोरी लाई देखाउदै यस्को भबिस्य बिगार्नु भएन नि! एउटा काम खोजदिनुस दाइ। छोरीलाई राम्रोसँग एक छाक ख्वाउन नि मुस्किल पर्यो। रश्मिको कुरा सुने पछि मेरो मन कुडियो। कस्तो परिवार कस्तो भयो। बाउ पनि कस्ता आफ्नै रगत भोकै मर्ने अवस्था  आउदै थियो। टुलुटुलु हेरेर कसरी बस्न सकेका.. । पिर नगर म तिमी हरु दुबैलाई काम खोजिदिउला। आश्वासन दिएर फर्के । केही दिन पछि रस्मिलाई छापाखानामा काम लगाइदिए । रश्मिले काम गरेको हप्ता दिन पछि राम गाडी सर्भिसिङ गर्ने ठाउमस लाग्यो। केही महिना बाताबरण सहज थियो। रस्मिले छापाखाना छोडी। केटी राम्री हुनु पनि अभिसाप हो भन्थे बुज्रुकहरु... मालिकको गिद्दे दृश्टि म परेन।

   रामले कहिले शारीरिक काम गरेको थिएन। दुख के हो थाहा पाएन। समयले सबै कुरा सिकाउछ। मानिसमा कि शिक्षा हुनु पर्यो कि प्राबिधिक ज्ञान। उच्च शिक्षा नभए पनि प्राबिधिक काम सिकोस भन्नाको खातिर गाडी मर्मत केन्द्रमा काम लगाइदिएको थिए । मोटरसाइकलको लामो यात्राले थकित थिए। भोकले पेट निमोठेको थियो।  साझ पर्दै थियो, त्रिपुरेश्वोरको एउटा गजल रेस्टुरेन्टमा पसे। टेबलमा बसेर गजल सुन्दै बियर अर्डर गरे। बियर टेबलमा राख्ने परिचित अनुहार ... रश्मि थिइ। एक्कासि देख्दा अकमक्क परि! आफू पनि छक्क थिए। सोधेँ.. कहिले देखि ? अप्ठेरो मान्दै उसले भनी महिना दिन हुन लाग्यो । कति बजे सम्म हो नि ड्युटी ? घर पुग्दा लग्भग बार्‍ह बज्छ। यहिको गाडीले पुर्‍याई दिन्छ। तपाइँको अर्डर लिएर आउछु भनेर गई। अघिल्तिर स्टेजमा गायकले तेरे नाम बोलको गीत गाइरहेका थिए । मेरो सामुन्ने अर्डर अर्कै वेटर्सले ल्याई... सोचे.. सायद रश्मिलाई मेरो उपस्थित असहज लाग्यो होला.. बिल तिरेर त्यहाबाट निस्के। खतरै रहेछ राम कहानी । त्यसपछि के भयो समीर जी? राजेशजी .. म आफ्नै काममा ब्यस्त थिए। प्रायः काठमाडौ बाहिर हुन्थे। त्यति चासो पनि राख्न छाडेको थिए। रामलाई एक पटक गाडी वर्कशप नजिक भेटेको थिए। साहुले चिया लिन पठाएको रे.. । त्यो शब्दले मलाइ पोल्यो। तर राम सधै झै प्रसन्न मुद्रामा देखिन्थ्यो। हसमुख... मुसुक्क हास्ने बानी .. । के छ परिवारको खबर ? मैले रश्मि र बच्चाको बारेमा जान्न खोजे तर हमेशा उस्ले बोल्ने शब्द .. सबै राम्रो छ। जाउ तिम्रो चिया अर्डर गर्ने ठाँउमा ...केही खाने राम ? चिया खाउ। पुन कुरा खोतल्ने प्रयास गरे। बुवा आमा , भाइहरु र बहिनीको बारे सोधेँ । जवाफ उहीँ थियोे .. राम्रो छ । कति हो ? चियाको पैसा दिन खोजे, रामले मेरो हात च्याप्प समायो। मरे पैसा तिर्न  दिएन। उसैले तिर्यो। मैल राम लाई भेटे देखि एक कप चिया को पैसा तिरेको छैन ।  सके सम्म अरुको नखाने , कसैको मन नदुखाउने । जस्तो नाम उस्तै व्यवहार थियो।  समीरजी .. राम अघोरी कसरी भयो? राम अघोरी भएको खबरले त म आफै स्तब्ध भएको थिए। नजिकैको आफन्त परलोक भएका थिए।  दाहसस्कारको लागि आर्यघाट लगिएको थियो। दागबत्ती दिए पछि एउटा भाइ सङ गङगाराम भन्डार गयौं। त्यहाँ रामको पाँचौ भाइ बुद्ध भेट भो। राम कहाँ छ बुद्ध ?  दाइ त धनेश्वोर मन्दिरमा छ। तपाइँलाई थाहा छैन? किन .. के भयो र? अनि रश्मि नि ? मेरो सास फुलेको थियो । अप्रिय खबर भन्ला भन्ने डर थियो। तर पनि सुन्न आतुर थिए । भाउजू छोरी लिएर अर्कै सङ भाग्नु भयो। दाइले आफू लाई सम्हाल्न सकेन अघोरी भयो। बिचरा साथी सार्‍है माया गर्‍थ्यो। केही सोच्नै सकिन। सरासर दाहासस्कार भैराको ठाउमा फर्के । जलेको लास हेरिरहे। आगो दन्दनी बलिरहेको थियो। धुवा आकाशमा बिलाउदै थियो। सधैं राम्रो मात्रै देख्ने बानीले , सायद राम एक्लो भयो। भताभुङ परिवार र लथालिङ्ग जीवन। मर्यादा पुरुष राम......समाप्त          -lalitkhadka

NACHANA MERI MAARUNI

                                       नाचन मेरी मारुनी आगनैमा छमछमी …
                                        नेपालि पन्चे बाजा
                                       भिडियो -ललित 

स्वयम्बर

 देवता र दानव बिच युद्ध पश्चात् यौटा सम्झौता हुन्छ समुन्द्र मन्थन बाट प्राप्त अमृत बराबर बाड्ने। समुन्द्र मन्थनको लागि बिष्णु भग्वानले गरुड ...