लघु कथा
छ बर्ष र दश वर्ष उमेरका दुई बालक औधि मिल्दथे। गाउमा बदमासी गर्दै हिड्दथे। एक दिन दुवै खेल्दा- खेल्दै दस वर्षको केटा ईनारमा खस्यो। साथि इनार भित्र छट्पटाइ रहेको देखेपछि गाउले संग गुहार माग्यो। उसलाई सहयोग गर्ने कोहि थिएन। चिच्यायो …. करायो , वरि परि कोहि मान्छे देखेन। छेवैमा एउटा बाल्टिनमा डोरी बाधिएको थियो। जुन ईनारबाट पानि तान्ने गरिन्छ। बालकले बाल्टिन ईनार भित्र खसाल्यो। यसलाई राम्ररि समाएर माथि आइज भन्यो। छ बर्षको बालकले डोरीमा पुरा बल लगायो। तानेको - तान्यै गरयो। ज्यान पुरै डोरी तान्नमा लगायो। साथि बाहिर नआउन्जेल तानिरहयो। साथीको ज्यान बच्यो। दुवै खुशी भए। यो घट्ना घरमा भन्यो भने उल्टै कुटाइ खाइञ्छ …नभनौ। दुबैको सल्लाह भयो।
दश बर्षे केटाको मन मानेन र गाउलेलाई घट्ना बारे भन्यो। गाउलेले उसको कुरा पत्याएनन। त्यस गाउमा एक जना बृद्ध गोबिन्द बाजे थिए। गाउका सबैले उनलाई आदर गर्थे र बाजेले भनेको मान्थे। गाउले उनि सामु पुगे र वृतान्त सुनाए। …बाजे पत्याउनु हुन्छ …. यिनीहरुको कुरा , के भन्नु हुन्छ यो बिषयमा … ? बाजेले बोले- के भन्नु मैले ,यिनीहरुले भनिसके पछि पत्याउनु पर्छ। गाउले सोध्छन -छ बर्षको बालकले आफु भन्दा दोब्बर वजन भएको केटालाइ तान्न सक्छ? बाजेले भने- एउटा कुरा …त्याहा उसलाई रोक्ने कोहि थिएन, तैले सक्दैनस भन्ने कोहि नभएकोले उसले आफ्नो बिबेक प्रयोग गरयो र सम्भब भयो।
-ललित (lalit khadka)
No comments:
Post a Comment