Tuesday, March 14, 2017

SPIDER STORY

                                   माकुरा र जाल 

एउटा माकुरा थियो।  उ आराम संग बस्न चाहन्थ्यो त्यसको लागि एउटा सानदार जालो बनाउने बिचार गरयो। राम्रो जाल बन्यो भने त्यसमा किरा ,झिंगा फ़स्छन र त्यसैलाई आहार बनाएर मजा संग बस्ने सोच्यो र त्यसको लागि कोठाको कुना रोज्यो र जाल बनाउन सुरु गरयो। निकै मेहनत गरेर आधा जालो बनायो।  आफुले गरेको काम प्रति निकै खुशी थियो। अचानक माकुराको नजर एउटा बिरालोमा परयो जो माकुरालाई हेरेर हासिरहेको थियो। माकुरालाई रीस उठ्यो र बिरालोलाई सोध्यो -  किन हासेको ? न हासौ त के  गरु ?
 जवाफ दियो। यहा झिंगा छैन ,यो स्थान त सफा सुघ्घर छ। तेरो जालमा केहि पर्दैन।
बिरालोको कुरा माकुरालाई ठिक लाग्यो। राम्रो सल्लाहको लागि बिरालोलाई धन्यबाद दियो र आधा बनिसकेको जाललाई  छाडेर दोस्रो ठाउ खोज्न थाली। यता उती खोज्ने क्रममा झ्यालमा नजर परयो। उसले त्यसैमा जाल बुन्न सुरु गरि। केहि समय जाल बुनिरहयो। त्यसै बखत एउटा चरी आई र माकुरालाई गिज्याउन थाली र भनि - हे माकुरो त कति मुर्ख छस है ! किन , माकुराले सोध्यो। चराले सम्झाउन थाल्यो - हेर यहा त जोड संग हावा चल्छ ,हावाले तिमि सहित जालो पनि उडाई दिन्छ। माकुरालाई चरीको कुरा पनि उचित लाग्यो र बनिरहेको अधुरो जालो छाडेर सोच्न लागि , अब कहा जालो बनाउने ? समय धेरै बितिसकेको थियो। भोकले रन्थनि सकेको थियो। त्यसै बखत एउटा दराज खुलाई देखी र त्यसैमा आफ्नो जाल बुन्न थाली। जालो बनिरहेको थियो। दराज भित्रएउटा साङ्ग्लो देखी ,साङ्ग्लो माकुरालाई हेरिरहेको थियो।
माकुराले सोध्यो - के हेरिरहेको एकटकले यसरी ?
साङ्ग्लो बोल्यो - यहा भित्र जाल बुनिरहेको, यो त बेकारको दराज हो। अहिले यहा छ ,केहि दिन पछि यसलाई बेचिदिन्छन  अनि तेरो मेहनत बेकार खेर जान्छ। साङ्ग्लोको कुरा सुने पछि माकुरा पछि हट्यो। बारम्बार प्रयास गर्दा गर्दा माकुरा थाकिसकेको थियो। माकुराले अब घर भित्र जाल बनाउने बिचार नै त्याग गरयो। भोकले लखतरान भैसकेको थियो। आफ्नो कार्य प्रति पश्चाताप गरयो सबै शक्ति गुमेको थियो ,केहो गर्न सक्ने हिम्मत थिएन। नजिकै एउटा कमिला हिडिरहेको थियो।  हिडिरहेको कमिलालाई मद्दत गर्न आग्रह गरयो। कमिलाले भन्यो - मैले निकै समय देखि तिमीलाई नियाली रहेको थिए। तिमि बार-बार काम सुरु गरी छाड्दै हिड्यौ । अरुको लहडमा लाग्दा यस्तै हुन्छ। यति भनेर कमिला आफ्नो बाटो लाग्यो। माकुरा पछुत्याएर एउटा कुनामा बसिरहयो।
हाम्रो जीवनमा पनि कैयौ पटक यस्तो भोगेका छौ र देखेका छौ। हामि कुनै कार्य सुरु गर्छौ ,हामि निकै उत्साहित हुन्छु तर अरुको प्रतिक्रियाको कारण उत्साह गुमाउदै जान्छौ र आफ्नो काम बिचमै छाड्छौ पछि थाहा पाउछौ हामि सफलताको नजिक हुदा हुदै पनि अरुको कुरा सुन्दा पछि पर्छौ। पश्चाताप बाहेक बाकि केहि रहदैन।
                                                                                  - lalit dhoj khadka

No comments:

Post a Comment

स्वयम्बर

 देवता र दानव बिच युद्ध पश्चात् यौटा सम्झौता हुन्छ समुन्द्र मन्थन बाट प्राप्त अमृत बराबर बाड्ने। समुन्द्र मन्थनको लागि बिष्णु भग्वानले गरुड ...