Tuesday, February 20, 2024

स्वयम्बर

 देवता र दानव बिच युद्ध पश्चात् यौटा सम्झौता हुन्छ समुन्द्र मन्थन बाट प्राप्त अमृत बराबर बाड्ने। समुन्द्र मन्थनको लागि बिष्णु भग्वानले गरुड लाई सुदर्शन चक्र दिई मन्दराचल पर्बत काटेर सागरमा राख्न आदेस दिनु हुन्छ। गरुड र बाशुकि नागले आदेशानुसार पर्बत लाई सागर बिच राख्न कोशिस गर्छन तर सागरको गहिराई धेरै भएको हुदा मन्थन गर्न असम्भब थियो। देवता हरुलाई अमृत बढी आवस्यकता थियो स्वयम् बिष्णु भगवानको सदिछ्या पनि यहि थियो। चिन्तित देवताहरु बिष्णु भगवान समक्ष प्रार्थना गर्न पुग्छन् । बिष्णु भगवान भन्नू हुन्छ- हे देव राज मानव कल्याणको लागि समुन्द्र मन्थन आवस्यक छ तसर्थ म कुर्मा अथवा कछुवा अवतारमा आउछु, निस्चिन्त भएर प्रस्थान गर्नुस। 

माता लक्ष्मी चिन्तित हुँदै भन्नू हुन्छ - हे नाथ अब फेरि हजुर संग बियोग हुने भयो।अब कति समय एक्लै बस्न पर्ने हो प्रभु? भगवान भन्नू हुन्छ - हे प्रिया ! यो बिछोड पछि को हाम्रो मिलन अत्यन्त आनन्दित र सुखमय हुनेछ। तत्पश्चात लक्ष्मीलाई आफ्नो पाखुरामा समाहित गरि कछुवा अवतार लिई मन्दराचल पर्बतलाई आफ्नो ढाड्मा बोक्नुहुन्छ। पर्बतलाई तान्नको लागि बाशुकि नाग डोरी बनेका हुन्छन। मन्थन प्रारम्भ हुनु पुर्ब शेष नागको शिर र पुच्छर कता पट्टी कस्ले तान्ने बिषयमा देवता र दानव बिच बिबाद हुन्छ। दुबै पक्ष पुच्छर तान्न होड चल्छ। दानव पक्ष आफुले भने जस्तो नभए युद्ध लड्ने र सहमती भंग गर्ने निर्णयमा पुगे पछि नारद मुनि उपस्थित हुन्छन। नारदजी दुबैको बिबाद सुने पछि भन्नू हुन्छ- देब राज शरीरको शिर श्रेष्ठ हुन्छ कि पाउ? अवस्य शिर श्रेष्ठ हुन्छ इन्द्र भन्छन। नारदजी भन्छन -दानव राज काल्केतु जसरी शरीर को शिर श्रेष्ठ हुन्छ श्रीष्टिमा पनि देवाताहरु श्रेष्ठ छन तेसैले देवाताको मागलाई मान्नु सहि हुन्छ। क्षमा गर्नुस नारद्जी देवराज इन्द्रलाई त मैले युद्धमा हराइसके तसर्थ देवता भन्दा श्रेष्ठ म हु। काल्केतुको कुरा सुने पछि नारद्जी भन्नू हुन्छ- काल्केतु तिमी युद्ध जिते पश्चात् सर्ब श्रेष्ठ मान्छौ भने नागको श्रेष्ठ भाग तिम्रो भयो। नारदजीको तर्क दुबै पक्षलाई स्विकार्य भयो र समुन्द्र मन्थनलाई आरम्भ गरे।        

    समुन्द्र मन्थन गर्दा पहिलो पटक काल्कुट बीष प्रकट हुन्छ। काल्कुट बिषको असर भयावह हुन्छ । देवता र दानवको भागाभाग हुन्छ। दानबहरु दैत्य गुरु सुक्रचार्यको आश्रममा पुग्छन भने देवताहरु बैकुण्ठ धाममा भने धर्तीमा मानव हरु मरिरहेका थिए। देवताहरु बिष्णुलाई पुकार गर्दै थिए। भगवान पनि काल्कुट बिषको असर देखेर चिन्तित हुनुन्थ्यो। बिष्णु भग्वान बाट पनि समाधान निस्केन । यस्को  निराकरण देबादिदेब महादेबले मात्र सक्नु हुन्छ भनी ब्रम्हा सहित सबै देवतालाई लिएर कैलास लाग्नु भयो। ब्रम्हा बिष्णु इन्द्र सहित सबै को अनुरोध पछि महादेबले काल्कुट बिष पिउनु भयो त्यस पर्यन्त महादेबलाई निल्कण्ठ पनि भनिन्छ। महादेवको बिषपान पछि पुन मन्थन हुन्छ ।दोश्रो मन्थनमा समुन्द्र बाट अत्यन्तै सुन्दर नारी निस्किन्छ जो माता लक्ष्मी हुनुन्थ्यो। माताको सुन्दरताले काल्केतु मन्त्र मुग्ध हुन्छ र आफ्नो सम्पत्ति भएको घोषणा गर्छ। यो कुरा इन्द्रलाई चित्त बुझ्दैन र भन्छन यिनी देबि भएको ले देवताकै समिपमा बस्छिन भनी दाबी गर्छन। लामो बिबादले पनि टुंगो नलागे पछि दुबै  युद्ध गर्न सहमत हुन्छन। माता लक्ष्मी अचम्मित हुनुका साथै चिन्तित हुनुभो।आफ्नो कारण्  ले देब र दानव एकापसमा लड्न तयार भए। यो सबै बिष्णु भगवानकै खेल हो भन्ने ज्ञात थियो र स्तुति गर्न थाल्नु भो। भग्वान प्रकट हुनु भो। माता भगवानलाई देखेर भन्नू हुन्छ नाथ यो कस्तो मिलन ? मेरो कारणले रक्तपात हुदैछ। मेरो उद्धार गर्नुस प्रभु। भगवान भन्नू हुन्छ यस्को समाधान ब्रम्हाजीले गर्नुहुन्छ प्रिय भनी जानुहुन्छ। ब्रम्हाजी को स्तुति गर्नु हुन्छ। देवता र दानव युद्ध गर्न सुरु मात्र के गर्दै थे ब्रम्हा प्रकट भैइ रोक्नु हुन्छ। ब्रह्मा भन्छन - हे देबराज इन्द्र  हे दानबराज काल्कुट तपाईहरुको दाबी गलत र तर्कहिन छ । समस्त नारी शक्ति कि देबि हुन । यिनी मेरि बहिनी हुन । कस्लाई वर रोज्ने अधिकार सिर्फ नारीलाई मात्र छ। म आज घोषणा गर्छु । भोलि ब्रम्हालोकमा स्वयम्बरको आयोजना हुन्छ तपाईहरुलाई निमन्त्रणामा छ पाल्नु होला  भनी  ब्रम्हालोक प्रस्थान गर्नु हुन्छ। लक्ष्मी मातालाई आपत पर्छ । सोही बखत नारद आई माता किन निराश भनी सोद्धा भए। माता आज्ञा हुन्छ हे मुनि भोलि ब्रम्हाले मेरो स्वयम्बर आयोजना गरेका छन । बिष्णु स्वामीलाई निमन्त्रणा छैन ,म  मेरो स्वामी बाहेक अरुलाई कसरी बरमाला पहिर्याउन सक्छु?  हे मुनि तिमी जाउ र श्री बिष्णु समक्ष मेरो आर्तनाद राखिदेउ। नारद्जी भन्दा भए - म खबर मात्र गर्न सक्छु तर निमन्त्रणा नभएको हुदा भन्न सकिन्न माता भनी जादा भए। 

ब्रम्हालोकमा धुम्धाम संग स्वयंवर चलिरहेको थियो। माता लक्ष्मी बरमाला लिई देब गण र दानव गण सामुन्ने धिमा गतिमा पाइला  चाल्दै  श्री बिष्णुको पर्खाईमा बस्दा भए। नजर मुख्य द्वारमा अडिएको थियो। समयले नेटो काटिसक्या थ्यो। ढड्कन बढिरहेको थ्यो।आखाबाट बलिन्द्र आशु बगिरहेको थ्यो।श्वास अड्केला जस्तो महसुस माताले गर्दा भए। काल्केतु बरमाला आफुलाई लाउन दबाब दिदै थिए! अचानक माताको कर्णमा प्रिया ... आवाज पर्छ। द्वारमा श्री बिष्णुको आगमन हुदा भए! माता हर्ष बिभोर भैइ दौडिदै श्री बिष्णुको गलामा बरमाला पहिर्याई दिनुहुन्छ। कस्तो महसुस भयो प्रिया ? अन्यन्त सुखद र आनन्दमय स्वामी । ब्रम्हा सहित देब गण कर्तलध्वनीले ताली बजाउदा भए! ब्रम्हाबाट घोषणा हुन्छ , आजपर्यन्त यस सृष्टिमा वर रोज्ने अधिकार केबल नारीलाई मात्र हुनेछ । स्वयम् वर छान्ने हुदा स्वयम्बर मानिनेछ। 


Tuesday, January 23, 2024

खै भिजनरी नेता?

 खै भिजनरी नेता?

          

  न्याय नपाए गोर्खा जानू भन्ने प्रचलित उक्ति सुन्दै आएका हौ ।राम शाह तत्कालिन समयका न्यायप्रेमी राजा र न्यायका प्रतिमुर्ति थिए। राजा महेन्द्रका पुर्खा राम शाह पछिका शाह बंशिय राजाहरुमा राजा महेन्द्र न्यायप्रेमी,बिकासप्रेमी  राजामा अब्बल ठहरिए। म मरे पनि मेरो देश बाचि रहोस्  भन्ने उक्ति यथार्थमा सार्थक भएको पाइन्छ। बेथिति र बिसङतिलाई चिरेर नेपाललाई उन्नति र बिकास पथमा अग्रसर बनाउने राजा महेन्द्र नै थिए।

साधारण र नियमित जीवन बाचेका राजा महेन्द्र को बिनम्रता र शालिनताले  स्वदेश तथा बिदेशमा ख्याती कमाएको थियो। मातृभूमि प्रती प्रेम अनि उत्कट सेवाभाव रहेको थियो।

" देशको स्वतन्त्रता ,राष्ट्रियता र प्रजातन्त्र कुनै ब्यक्ति या दलको पेवा हैन, यो नेपाली मात्रको पुँजि हो अत: प्रजातन्त्रको फाइदा सबै नेपालीले पाउन पर्छ।बिश्वास तथा डर रहित र बिस्वास तथा सद्भावना साथ असल छिमेकी भै सहिष्णुता अपनाई बस्नु हो भन्नु  पन्चशिल वा सहअस्तित्वका पाँच सिद्धान्तको सार पनि यहि हो।'' असंलग्न नितिले कुनै शक्ति गुट्को पक्ष लिने प्रस्न नै उठ्दैन भन्ने दर्शन, सिधाान्त र आदर्शको मार्ग राजा महेन्द्रमा थियो। 

राजा महेन्द्रको बारेमा अहिलेको पुस्ताले चासो लिईराखेको पाईन्छ। उनले लागू गरेको ब्यबस्थाको अगाडि गणतन्त्र फिका भएको मान्न सकिन्छ। बिदेशीको हस्तक्षेप रोक्न सफल भए। जब कि २० बर्ष यता सरकार निर्माण र विघटन बिदेशीले गर्छन भनेर पार्टीका शिर्षस्थ नेतालेनै बेलाबखत भन्दै आएका छन। ६५ भन्दा बढी स्थानमा सिमा बिबाद छ। बैज्ञानिक सिमा नक्साङकन , रेखांकन गरि बिबाद बार्ताको माध्यमबाट सुल्झाउन पर्ने कुरा सम्म गर्न सक्दैनन। महेन्द्रले  सिमाको सुरक्षा र अपराधिक गतिबिधी रोक्न मेची देखि महाकाली सम्म पुर्ब  सैनिकहरुलाई जमिन दिएर बसोबास गराए। नागरिकता दिए, नेपाली रुपैया प्रचलनमा ल्याए। 

सत्र बर्ष राज्यको बागडोर सम्हालेका राजा महेन्द्रले चौतर्फी  बिकासको लहर चलाए। नेपाललाई सयुक्त राष्ट्र संघको सदस्य बनाए। चीन, अमेरिका,बेलायत लगायत बिभिन्न मुलुक संग दौत्य सम्बन्ध स्थापना गरे। महेन्द्रको अदम्य साहस र कार्यले गर्दा आज नेपाली भनेर चिनिएका छौ,अन्यथा तिब्बत र सिक्किम बनिसकेको हुन्थ्यो। शिक्षा ,स्वास्थ्य ,संचार ,यातायातका अलावा सनातन,बौद्ध  र प्राचीन धर्मको संरक्षण मात्रै होइन कि कला साहित्य र संगीतको उत्थानका लागि प्रबासी नेपालीहरुलाई बोलाई नेपाल राजकीय प्रज्ञा प्रतिस्ठान ,सास्कृतिक संस्थान ,ललितकला क्याम्पस आदि निर्माण गरेर अतुलनिय योगदान दिए। सनातन धर्म, बौद्ध र प्राचीन धर्मको संरक्षक सरकार हो। बिडम्बना भन्नू पर्छ ८२ प्रतिशत जनता सनातन धर्म मान्छन तर पनि बिश्वको एक मात्र हिन्दु राष्ट्र भएको मुलुक आज धर्म निरपेक्ष छ। जनमत विरुद्ध पश्चिमाहरुको पैसामा बिकेर एकाध नेताले बेचिदिए।   पश्चिमाहरु एसियाभित्र  शिक्षा नीति आफ्नो अनुशार लागू गराएर धर्म मास्न चाहन्थे सफल भए र एसियाको धेरै मुलुकमा लागु गरे ।नेपाल पनि पश्चिमाहरुको सिकार बन्यो। मुलुक दिनप्रतिदिन संकटको भुमरीमा फस्दै गयो।  

राष्ट्रियता ,राष्ट्रिय स्वाभिमान ,बिकास,शान्ती,एकता र राष्ट्रको अस्तित्व रक्षाका लागि राजा महेन्द्रको योगदनबट प्रेरणा लिएर अघि बढ्न सकेको भए नेपाल समृद्ध हुनेथियो। एउटा कुशल चिकित्सकले हजारौं बिरामीको उपचार गर्ला, इन्जिनियरले गुणस्तरीय  पुर्बाधार निर्माण गर्ला तर एउटा सक्षम नेताले सिङ्गो राष्ट्रलाई एउटै धागोमा उन्न सक्छ साथै बिश्व राजनीतिमा प्रभाब जमाउन सक्छ। उदाहरणका लागि मण्डेला,महाथिर,लि क्वान यु,गान्धी,केनडी,माओ,पृथ्वीनारायण,महेन्द्र,मोदि जस्ले इतिहासमा स्वर्ण अक्षरले नाम लेखाईसकेका छन। संस्था  र ब्यक्ति फरक पाटो हो। महान भनिएका ब्यक्तिहरु पनि सर्बगुण सम्पन्न हुदैनन् । माथी उल्लेख गरिएका हस्तीहरुको पनि कमि कमजोरी थिए। जुद्ध शम्शेर कै समयमा मृत्यु दण्ड कानुनबाट हटिसकेको भएता पनि उनैले १९९७ मा धर्मभक्त, गङ्गालाल, दशरथचन्द र शुक्रराज शास्त्रीलाई फाँसी दिए। राजा महेन्द्रले पनि दुर्गानन्द झा लाई मृत्यु दण्ड दिए भने जगतप्रसाद शाह लगाएत मान्छेहरुलाई चितवनमा मारेको घट्नाले जुद्ध शम्सेर कै सिको गर्दै क्रुरता देखाएको मान्न सकिन्छ। २०१७ सालमा जननिर्वाचित प्रधानमन्त्री बिपि को सरकारलाई अपदस्त गरि सत्ताको बागडोर सम्हाले पश्चात् काङ्ग्रेस कै बिश्व बन्धु थापा,डा. तुलसी गिरि ,ऋषि केश शाह साथ लिई सरकार निर्माण गरेका भएता पनि एजेन्डा चाहिँ बिपि कै आत्मसात गरेको मान्न सकिन्छ।  एजेन्डा ,भिजन बिपि कै भए पनि राजा महेन्द्र्को राष्ट्र प्रेम र बिकास प्रतिको लगाब सर्हानिय छ। देश प्रति उच्च सम्मन, भक्ति र सेवा भाब भएका सपुतको राष्ट्रलाई खाचो छ।शिशिर योगिको गितले भने झै यो देशले एउटा मानिस खोजिरहेछ ।दृढ संकल्प भए एक जना ब्यक्तिले नै इतिहास निर्माण गर्न सक्छ। बिश्व इतिहासमा यस्ता  थुप्रै उदाहरण छन। गणतन्त्रले खासै उपलब्धी हासिल गर्न सकेन। पहिले एउट भाको राजालाई घाँडो सम्झियो। अहिले छोटे राजाहरुले विध्वंस मच्चाउन थालेका छन्।सयौं राजा पाल्नु भन्दा बरु एउटै राजा ठिक थिए भन्ने जन आवाज बलियो बन्दै छ।

Monday, January 22, 2024

ईश्वरले के गर्न सक्छन् !

 इश्वर छन कि छैनन,  के गर्न सक्छन? 


मुगल साम्राज्य मा अकबर निकै प्रतापि राजा थिए!  उन का नौ रत्न थिए,  ति नौ रत्न मध्य बिरबल एक थे!  उनि प्रधानमन्त्री पनि थिए! उनको ख्याति मुगल बाहेक इरान जस्लाई पहिला फार्सि भनिन्थ्यो!  फार्सि का सम्राट ले बिरबल लाइ भ्रमण को निम्तो दिए!  बिरबल अकबर को अनुमति लिएर गए! बिरबल को फार्सि मा भब्य स्वागत भयो!  निकै सुख सयल सङ समय बिताए!  केहि समय पछि बिरबल लाई आफ्नै देश फर्कन मन लग्यो र फार्सि राजा लाई बिदा मागे!  फार्सि राजा ले बिरबल लाई बिदा दिनु अघि उनको बुद्धि जाच्ने बिचार आयो!  राजाले एउटा सभा बोलाए र बिरब्ल लाई नि लिएर गए!  सभा मा स्वागत गर्दै भने!  बिरबल तपाईं को बुद्दि को तारिफ निकै सुनेउ!  मेरो मन मा एउटा प्रश्न ले पिरोलिराको छ!  यदि उत्तर दिनु भो भने मुगल साम्राज्य मा भन्दा बढि सम्मान दिन्छु !  राजाको कुरा सुने पछि बिरबल ले मर्जि होस सरकार भने! इश्वर छन कि छैनन , छन भने किन देखिदैन र के गर्छन? बिरबल भन्छन- इश्वर सर्बत्र छन, महसुस गर्नु पर्छ! हामिले स्वास लिन्छौ हावाको माध्यम बाट तर देखिदैन !  तेतिकै मा बिरबल ले एक ग्लास तातो दुध मगाए!  दुध मा औला चोबेर हेरे र राजा लाई प्रश्न गरे ! सरकार - दुध बाट घ्यु निस्कन्छ भन्थे !  घ्यु त आएन?  सभामा सबै हासे!  राजाले भने हे बिरबल तपाईं बिद्द्वान भन्य त कस्तो मुर्ख कुरा गर्या! दुध बाट घ्यु आउन त दुध लाई तताउनु पर्यो, दहि जमाउनु पर्यो,  नौनि निकाल्नु पर्यो अनि तेस्लाइ मेहनत गरेर पकाए पछि घ्यु निस्कन्छ! बिरबल मुसुक्क हास्छन अनि भन्छन- हो सरकार !  जसरी दुध बाट घ्यु  निकाल्न मेहनत गर्नु पर्छ! इश्वर लाई पाउन पनि साधना गर्नु पर्छ सरकार !   सभा का सबै ले बिरबल को जय जयकार गरे!  राजाले फेरि सोधे!  बिरबल अनि इश्वर ले के गर्छन?  सरकार तेस्को लागि सरकार मेरो ठाउ मा आउनु पर्छ!  राजा श्रीपेच खोलेर बिरबल भएको ठाउ मा आउछन ,  बिरबल श्रीपेच लाएर राज गद्दि मा बस्छन!  सरकार हजुर जस्तो प्रतापि राजा लाइ त्याहा पुर्याए !  म जस्तो भिकारी लाई राजा बनाए!  भङान ले जे नि गर्न सक्छन सरकार!  त्यस पछि राजा खुशि भए ! सम्मान सहित इनाम सहित बिदा दिए! 


समाजमा नदेखिने अपराध: भ्रष्टाचार

 समाजमा नदेखिने अपराध: भ्रष्टाचार 

                    

नेपाल एकीकरणका नायक पृथ्वीनारायण शाहले घुस लिन्या र दिन्या दुबै राष्ट्रका शत्रु हुन भनेका थिए। नेपालका प्रथम प्रधानमन्त्री भिम्सेन थापाले घुस प्रथाको बिरोध गर्दै -दूध खाने,घ्यु खाने चलनलाई बन्द गरि कुनै अधिकार प्राप्त ब्यक्तिले घुस लिने र कसैले आफ्नो कामको सिलसिलामा घुस दिन नपाउने ब्यबस्था गरे। माना पाथी र बजार भाउमा एकरुपता कायम गर्दै ब्याजदर निश्चित गरे।

 उनी राष्ट्र प्रती बफादर थिए,राष्ट्र भक्त थिए। जनता प्रती उदार हुनु नै उनको पतनको कारण मान्न सकिन्छ । एक कुशल प्रशाशक भ्रष्ट शासकको चुङलमा पर्दा भिम्सेन थापा राष्ट्रका लागि सहिद भए। नेपालको इतिहासमै चतुर प्रधानमन्त्री कहलिएका जंगबहादुरको पाला देखि भ्रष्टाचार मौलाउदै गएको पाइन्छ। त्यसैको निरन्तरता हाल सम्म चली आएको छ । आज कुनै क्षेत्र भ्रष्टाचारबाट अछुतो छैन। जताततै भ्रष्टाचार ब्याप्त छ।भ्रष्टाचार मुलुककै भाइरस हो,  भ्रष्टाचारी ले देश लाइ खोक्रो बनाइसके । स्थानीय तह ,मन्त्रालय देखि लिएर राजनैनिक तह सम्म व्यापक भ्रष्टाचार मौलाउदा नागरिकको भान्सामा चुलो बल्न छाडिसक्यो। पद्मा पुगे पछि आर्थिक लाभ  अनिबार्य जुट्ने र जुटाउने मनस्थिति बोकेको पार्टीका नेताहरु आफ्ना कार्यकर्ताहरुलाई विभिन्न आर्थिक लाभ हुने यातायात ,निर्माण ,भन्सार  बिभाग ,विद्युत प्राधिकरण , टेलिकम,साल्ट्ट्रेडिङ,राजस्व अनुसन्धान ,कोष तथा लेखा नियन्त्रण ,जिल्ला प्रशासन कार्यालाय, माल्पोत,स्वास्थ्य कार्यलय,शिक्षा कार्यालय ,सडक बिभाग,सिचाई बिभाग जहाँ बजेट को करिब पैतिस प्रतिसत रकम बिनियोजन हुन्छ। साधारण जनताले यसलाई कसरी बुझेका छन अध्ययन बाकी छ।

तर राजनीति गर्नेहरुले यसलाई अनेकन अर्थ लगाएर चतुर्‍याइँका साथ शब्दको जन्जाल द्वारा जनताको मन मस्तिष्कमा अल्मलिने किसिमका गलत व्याख्या गरेर अवसर छोपी रहेका हुन्छन। एकाध राष्ट्र भक्त कर्मचारी नेता ब्यापारीले सहि ढंगले आफ्नो कर्तव्यका साथ ब्यबसाय गरी राज्यलाई टेवा पुर्याएका छन।यसमा दुई मत छैन तर जस्को शक्ति उस्को भक्ति , मै खाउ मै लाउ भन्ने भावना बोकेका सिमित कर्मचारी ,ब्यापारी र राजनीतिज्ञ भनौदाहरुकै कारण देश आज ऋणमा चुर्लुम्म डुबेको यथार्थ छ। देश बिकास नहुनु मध्य प्रमुख  कारण कर्मचारीतन्त्र मा हुने भ्रष्टाचार हो। जसरि पानी माथि बाट तल झर्छ भ्रष्टाचार पनि माथि बाटै शुरु हुन्छ!  पानीको मुल सफा नभैइ शुद्ध हुन्न।  भ्रष्टाचार नियन्त्रण को जड माथि नै भएको ले माथिल्लो पद धारण गरेका नेता ,कार्यकता र कर्मचारी बाट गरिनु पर्छ। कर्मचारी तन्त्र को भ्रष्टाचार रोक्न सकियो र कर्मचारी लाई जनता को सेवक मात्रै हु भन्ने भावना जगाउन सक्नु ठुलो उपलब्धि हुनेछ। भ्रष्टाचारीहरु कमिसनलाई भ्रष्टाचार मान्न तयार छैनन। एकले भन्छ- कमिसन खानु भ्रष्टाचार हो। अर्कोले भन्छ - यो बिश्वब्यापी रुपमा स्विकार्य भएको हुदा भ्रष्टाचार हैन। यो विवादको टुंगो चाडो नलगाएमा भोलि गएर कमिसनको गलत ब्याख्या लगाएर नेताहरुले भोलि मुलुकलाई नै बिलय गराउन बेर लाउदैनन। यसबारे आम नागरिकले गम्भीरता पुर्बक चिन्तन गर्नु पर्ने भएको छ।

 बिश्वका बिकासोन्मुख मुलुकहरु भ्रष्टाचार जस्तो संक्रामक रोगले ग्रसित भएका उदाहरणहरु हामी सामु छर्लङ्गै छ।यसको निधान नभएमा बिकास रोकिने छ भन्ने बुझेर नै आज यसको निधानको लागि जागरुकता देखिएको छ। भ्रस्टाचार समाजको नदेखिने अपराध हो र यसबाट राज्य आतंकित बन्छ। भ्रष्टाचारलाई जरै देखि उखेलेर नफाले सम्म निर्मुल हुँदै हुदैन। सरकार नागरिकको अभिभावक भएको हुदा भ्रष्टाचार नियन्त्रण र निर्मुलिकरण गर्ने अभिभाराबाट पन्छिन पाइन्न। कडा भन्दा कडा कानुन् बनाई लागू गर्नु पर्छ। सम्पत्ति शुद्धीकरण र अख्तियार अनुशन्धान आयोगमा कर्मठ इमानदार ब्यक्तिलाई स्वतन्त्र ढंगले काम गर्ने बाताबरण बनाई सहजीकरण सरकारले गर्नु पर्छ। अबैध सम्पत्ति सरकारको मातहत ल्याई शिक्षा र स्वास्थ निशुल्क गरिनु पर्छ र बेरोजगार युवाहरूलाई आत्मनिर्भर हुने शिपमुलक तालिम दिई युवा बिदेश पलायन हुन बाट रोक्नु पर्छ। सुचना दिने ब्यक्ति र संचारकर्मीलाई जफत गरिएको सम्पत्ति बाट निश्चित प्रतिशत दिई सम्मानित गरिनु पर्छ।अतिले खती हुन्छ तसर्थ प्रतेक तह तप्काबाट भ्रष्टाचार निर्मुलिकरणमा सबै जनता एकजुट हुने बेला भएको छ।


Thursday, May 28, 2020

The art of saying "no" !


I can clearly recall that a day in an interview I sat where I was asked, what do you consider to be your biggest weakness in life! I paused to think for quite some time then came up with an answer saying, “I just can’t say “no” for an answer. I don’t want to come out as rude to anyone” to which the interviewer replied, “you’ll learn to as time passes by.” Maybe the reason was, I didn’t want any confrontations with that person on why I said “no”, or maybe I didn’t want be known as the person who is arrogant and unhelpful. I have come to realize this happens a lot especially when you are with your friends and if you have a bigger circle, it’s all hell loose. I am the type of guy who values friendship a lot and I really dig deep into how others feel, how I make them feel, saying no made me feel like I was straining the relationship with my friends, family and relatives.
I do know some people who can just say ‘no!’ with a straight face and I always wondered how do they do it, I wish I had that trait. Yes, you do need certain amount of courage to say it, it would have been easier if you had the upper hand. It’s easier to say “yes”, it just takes split seconds, but it takes time to say the word “no”, you have got to think of something to say so you can dodge your way out of it without hurting the person’s feelings at the same time. Now, I have come to realize that you have to speak the truth and be direct about it, never say “yes” if you can’t keep your word, you have to care less about what others think of you. Putting yourself first is the ultimate goal in your life and it’s not being selfish, the more you put yourself first, the more you’re about to honestly, genuinely, completely serve others. Saying “yes” is like a debt you have which you eventually have to payback, why would you want to be in one if can’t pay it back?
Every successful person in this planet knows the importance of saying “no” because they know what works best for them, if the “yes” they say is not leading them to their goals they are better of saying “no”, you see saying “yes” retains time and they know how important time is, like James Clear wrote in his article “no’ is a decision, ‘yes’ is a responsibility’. Once you say “yes” to something, it lands on your feet as your responsibility and one has to perform. The embodiment of the late Steve Jobs is an eye opener to itself, who said, “People think focus means saying “yes” to the thing you’ve got to focus on. But that’s not what it means at all. It means saying “no” to the hundred other good ideas that there are. You have to pick carefully.”
The main motive behind you saying “yes” to an opportunity is knowing whether that opportunity gives you the excitement or the adrenaline rush in your body that you can drop everything else and go for it, it’s a “yes”, otherwise you can just say “no”, or think about it twice.
Although this is a skill that is hard to master, at least for me, there will come time in your lives where you have to choose between a “yes” or a “no”, deciding what to choose can eat your brains out. When you are at that point in your life just ask yourself, is it worth the effort? Because there is absolutely no point in wasting your time and efforts to the things that don’t matter, if it does, great, if not, NOOOOOO!

-Ankeet Dhoj Khadka

स्वयम्बर

 देवता र दानव बिच युद्ध पश्चात् यौटा सम्झौता हुन्छ समुन्द्र मन्थन बाट प्राप्त अमृत बराबर बाड्ने। समुन्द्र मन्थनको लागि बिष्णु भग्वानले गरुड ...