Monday, January 22, 2024

ईश्वरले के गर्न सक्छन् !

 इश्वर छन कि छैनन,  के गर्न सक्छन? 


मुगल साम्राज्य मा अकबर निकै प्रतापि राजा थिए!  उन का नौ रत्न थिए,  ति नौ रत्न मध्य बिरबल एक थे!  उनि प्रधानमन्त्री पनि थिए! उनको ख्याति मुगल बाहेक इरान जस्लाई पहिला फार्सि भनिन्थ्यो!  फार्सि का सम्राट ले बिरबल लाइ भ्रमण को निम्तो दिए!  बिरबल अकबर को अनुमति लिएर गए! बिरबल को फार्सि मा भब्य स्वागत भयो!  निकै सुख सयल सङ समय बिताए!  केहि समय पछि बिरबल लाई आफ्नै देश फर्कन मन लग्यो र फार्सि राजा लाई बिदा मागे!  फार्सि राजा ले बिरबल लाई बिदा दिनु अघि उनको बुद्धि जाच्ने बिचार आयो!  राजाले एउटा सभा बोलाए र बिरब्ल लाई नि लिएर गए!  सभा मा स्वागत गर्दै भने!  बिरबल तपाईं को बुद्दि को तारिफ निकै सुनेउ!  मेरो मन मा एउटा प्रश्न ले पिरोलिराको छ!  यदि उत्तर दिनु भो भने मुगल साम्राज्य मा भन्दा बढि सम्मान दिन्छु !  राजाको कुरा सुने पछि बिरबल ले मर्जि होस सरकार भने! इश्वर छन कि छैनन , छन भने किन देखिदैन र के गर्छन? बिरबल भन्छन- इश्वर सर्बत्र छन, महसुस गर्नु पर्छ! हामिले स्वास लिन्छौ हावाको माध्यम बाट तर देखिदैन !  तेतिकै मा बिरबल ले एक ग्लास तातो दुध मगाए!  दुध मा औला चोबेर हेरे र राजा लाई प्रश्न गरे ! सरकार - दुध बाट घ्यु निस्कन्छ भन्थे !  घ्यु त आएन?  सभामा सबै हासे!  राजाले भने हे बिरबल तपाईं बिद्द्वान भन्य त कस्तो मुर्ख कुरा गर्या! दुध बाट घ्यु आउन त दुध लाई तताउनु पर्यो, दहि जमाउनु पर्यो,  नौनि निकाल्नु पर्यो अनि तेस्लाइ मेहनत गरेर पकाए पछि घ्यु निस्कन्छ! बिरबल मुसुक्क हास्छन अनि भन्छन- हो सरकार !  जसरी दुध बाट घ्यु  निकाल्न मेहनत गर्नु पर्छ! इश्वर लाई पाउन पनि साधना गर्नु पर्छ सरकार !   सभा का सबै ले बिरबल को जय जयकार गरे!  राजाले फेरि सोधे!  बिरबल अनि इश्वर ले के गर्छन?  सरकार तेस्को लागि सरकार मेरो ठाउ मा आउनु पर्छ!  राजा श्रीपेच खोलेर बिरबल भएको ठाउ मा आउछन ,  बिरबल श्रीपेच लाएर राज गद्दि मा बस्छन!  सरकार हजुर जस्तो प्रतापि राजा लाइ त्याहा पुर्याए !  म जस्तो भिकारी लाई राजा बनाए!  भङान ले जे नि गर्न सक्छन सरकार!  त्यस पछि राजा खुशि भए ! सम्मान सहित इनाम सहित बिदा दिए! 


No comments:

Post a Comment

स्वयम्बर

 देवता र दानव बिच युद्ध पश्चात् यौटा सम्झौता हुन्छ समुन्द्र मन्थन बाट प्राप्त अमृत बराबर बाड्ने। समुन्द्र मन्थनको लागि बिष्णु भग्वानले गरुड ...